नेपाली परियोजनालाई अमेरिकामा दुई करोड ४० लाखको पुरस्कार

ENGLISH

NRN GLOBAL

नेपाली परियोजनालाई अमेरिकामा दुई करोड ४० लाखको पुरस्कार

– दिनेशजंग शाह, न्युयोर्क

19 May, 2017 | Sandeep Bhattarai | 580 Views | comments

नेपाली परियोजना

जैविक विविधता एवम् वन्यजन्तु संरक्षणसम्बन्धी एक नेपाली परियोजनाले झण्डै दुई लाख चालीस हजार अमेरिकी डलर अर्थात् दुई करोड ४० लाख बढी रकम बराबरको पुरस्कार जितेको छ ।

केटिक बेल्ट इन्कको ‘भर्टिकल युनिभर्सिटी’ परियोजनाले ‘द क्राउडराईज अर्थ डे रोडम्याप कलाईमेट च्यालेन्ज’मा दोस्रो स्थान प्राप्त गर्दै सो रकम जित्न सफल भएको हो । पर्यावरणसम्बन्धी यो अनलाईन प्रतिस्पर्धामा विभिन्न मुलुकमा परियोजनाहरुले सहभागी हुन्छन् भने सबैभन्दा बढी चन्दा संकलन गर्ने परियोजना पुरुस्कृत हुने गर्छ ।

चार सय ४१ दाताहरुले ‘भर्टिकल युनिभर्सिटी’ परियोजनालाई एक लाख ५७ हजार सात सय ८२ डलर सहयोग गरेका थिए । जसमा सबैभन्दा धेरै अमेरिकाबाट सहयोग गरिएको थियो । दोस्रो स्थान प्राप्त गरेबापत परियोजनाले थप ७५ हजार डलर जितेको छ भने चार हजार डलरको मिनी च्यालेन्ज पुरस्कार र तीन हजार डलरको अफलाईन चन्दासहित कूल दुई लाख ३९ हजार सात सय ८२ डलर संकलन गर्न सफल भएको छ । च्यालेन्जमा इण्डोनेसियास्थित बालीको ग्रीन स्कुलले पहिलो स्थान प्राप्त गरेको थियो ।

जैविक विविधता र वन्यजन्तु संरक्षणलाई मध्यनजर गरिएको ‘भर्टिकल युनिभर्सिटी’ परियोजनाले नेपालको पूर्वी क्षेत्रको ६७ मिटरको कोसी टप्पुदेखि आठ हजार पाँच सय ८६ मिटरको कञ्चनजंगा क्षेत्र समेटेको छ । सन् २०१४ मा केटिक बेल्ट इन्कले यो परियोजना बनाएको थियो भने करिब एक महिनादेखि ‘रोडम्याप कलाईमेट च्यालेन्ज’ प्रतिस्पर्धी थियो । परियोजनाको सहसंयोजकद्वय प्रियंका विष्ट, राजीव गोयललगायत एघार देशका चालीस स्वयम्‌सेवकहरु परियोजनालाई जिताउन सक्रिय थिए । सांगीतिक कार्यक्रम, मम पार्टी, भेला, टेलिफोनमार्फत सहयोगको लागि आह्वान गरिएको थियो ।

राजील गोयलले कान्तिपुरसँगको कुराकानीमा भने ‘एक महिनामा अथक् टिमवर्क र परिश्रमले हामी दोस्रो स्थान हासिल गर्न सफल भएका छौं । यो सफलतालाई पूर्वनिर्धारित सातवटा प्रोजेक्टमा केन्द्रित गर्नेछौं ।’ लोपोन्मुख जैविक विविधताको संरक्षणको लागि स्थानीयवासीहरुलार्इ सहभागी गराउँदै भर्जिकल युनिभर्सिटीको परिकल्पनालाई मूर्तरुप दिने तयारी गरिएको गोयलले बताए ।

कान्तिपुरबाट

रोडम्याप क्लाइमेट च्यालेन्जको अन्तिम छनोटमा कोसीटप्पु प्रोजेक्ट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

एनआरएनएको अध्यक्षमा आधा दर्जनको उम्मेदावारी ! कस्ले मार्ला बाजी ?

उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति...

सुदन थापा

थापाले एनआरएनए युवा संयोजकमा उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ एनआरएनए जापानका निवर्तमान अध्यक्ष सुदन थापाले...

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK