नेपाली नयाँ वर्ष २०७३ शुभकामना सांझ कार्यक्रम संगीतमय हुने

ENGLISH

NRN GLOBAL

नेपाली नयाँ वर्ष २०७३ शुभकामना सांझ कार्यक्रम संगीतमय हुने

18 March, 2016 | Sandeep Bhattarai | 610 Views | comments

केही वर्ष देखी आफ्नै व्यक्तिगत खर्चमा चर्चित नेपाली कलाकारहरु ल्याएर नेपाली नयाँ वर्ष कार्यक्रम आयोजना गर्दै आउनु भएकी बिमला हायोज बस्नेतको आयोजनामा स्विट्जरल्याण्डको उस्टर सहरमा आगामी २४ अप्रील २०१६ आइतबारका दिन हुने नयाँ वर्ष शुभकामना सांझ कार्यक्रम संगीतमय हुने भएको छ।

sw

उस्टरमा आयोजना हुन लागेको उक्त नयाँ वर्ष शुभकामना सांझ कार्यक्रममा आफ्नो अमूल्य प्रस्तुति पस्कनका लागि नेपालबाट चर्चित र व्यस्त गायिका अञ्जु पन्त र नेपाली लोकसंगीतका सफल गायक राजु परियार आउनु हुने आयोजक हायोजले बताउनु भएको छ। साथै कार्यक्रममा नेपाली लोक पप गायक बिष्णु क्षेत्री पोर्चुगलबाट र स्थानीय कलाकारहरुको समेत सहभागिता रहने हायोजले बताउनु भयो।

आगामी २४ अप्रील २०१६ आईतबारका दिन आयोजना हुने “नेपाली नयाँ वर्ष २०७३” कार्यक्रम सम्बन्धी बिस्तृत जानकारी छिट्टै प्रकाशित गरिने जानकारी गराउनु भयो।गायिका अञ्जु पन्त नेपाली गायन क्षेत्रमा अञ्जु पन्तले विभिन्न चर्चित गीतहरू गाएकी छिन्। उनले धेरै नेपाली चलचित्रका लागि गीत गाईसकेकी छिन् भने सयौं सांगीतिक एल्बममा आफ्नो आवाजको जादु छरिसकेकी छिन्। गायिका पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा दरिएकी छिन्। उनको सर्वप्रिय गीत ‘न बिर्से तिमीलाई’ मोबाइलमा हजारऔं पटक डाउनलोड भएको छ। जुन मोबाइलबाट डाउनलोड गरिएको सर्वाधिक गीत हो। २००९ को डिसेम्बरमा भएको क्लोज अप हिट्स एफएम म्युजिक अवार्डको तेह्रौं संस्करणमा उनले उत्कृष्ट गायिका, बर्षको उत्कृष्ट रेकर्डेड गीत “नबिर्से तिमीलाई न पाए तिमीलाई” सहित अधिकांश अवार्डहरू जितेकी थिइन्।

कार्यक्रम हुने स्थान र मिति:

मिति: २४ अप्रील २०१६, आईतबार

स्थान:Stadthofsaal Theaterstrasse 1

8610 Uster, Switzerland

आयोजक:बिमला हायोज बस्नेत र बर्षा हायोज बस्नेत।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

salman-khan-visit-in-chandagiri

सलमान खान नेपाल आउँदा चन्द्रागिरिको भ्रमण गर्ने

माघ २०७४, चन्द्रागिरि । बलिउड इन्डष्ट्रिजका चर्चित अभिनेता सलमान...

chanchale-timro-bani

गायिका विश्वकर्मा र ताराकान्त वि.क.को “चन्चले तिम्रो बानी” बजारमा

निकै सुमधुर स्वरकी धनि लोक दोहोरी गायिक प्रतिमा विश्वकर्मा...

निगमको बोइङ जहाज

एनआरएनए अध्यक्ष भट्टले खरिद गरे निगमको बोइङ जहाज

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले १४ करोड...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK