नेपाली दूतावास मलेसियाद्वरा आर्थिक कूटनीति प्रवद्र्धन कार्यक्रम सञ्चालन

ENGLISH

NRN GLOBAL

मलेसिया नेपाल

नेपाली दूतावास मलेसियाद्वरा आर्थिक कूटनीति प्रवद्र्धन कार्यक्रम सञ्चालन

29 July, 2017 | Sandeep Bhattarai | 1065 Views | comments

मलेसिया नेपाल मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली दूतावासले आर्थिक कूटनीति प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको छ ।

नेपालको व्यापार, पर्यटन र कला संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले बिहीबारदेखि त्यहाँ त्रिदिवशीय ‘मिस्टिक नेपाल’ प्रदर्शनी जारी छ । नेपाल हस्तकला महासंघसँगको सहकार्यमा आयोजित उक्त प्रदर्शनीमा २५ वटा बिक्री कक्षमार्फत नेपाली उत्पादनको प्रवद्र्धन भइरहेको नेपाली दूतावासले जनाएको छ ।

क्रयविक्रयसमेतको व्यवस्था मिलाइएको उक्त प्रदर्शनीमा हस्तकलाका सामग्री, जैविक चिया तथा कफी, नेपाली चित्र, नेपाली कपडा, गरगहना र पश्मिनाका सामान राखिएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले मातृभूमिको कला, संस्कृति र उत्पादन प्रवद्र्धनमा दूतावास प्रतिबद्ध भएर लागेको बताउनुभयो । उहाँले निकट भविष्यमा यस्तै अन्य कार्यक्रम मलेसियाका अन्य शहरमा पनि आयोजना गरिने बताउनुभयो ।

उक्त दूतावासका अनुसार उद्घाटन समारोहमा त्यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, पदाधिकारी, मलेसियाली सरकारका उच्च अधिकारी, उद्यमी व्यवसायी र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

फुकेटमा नेपालको पर्यटन प्रवद्र्धन कार्यक्रम

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK