नेपाली दूतावास अस्ट्रेलियाको भवन बनाउन जग्गा खरिद सम्झौता

ENGLISH

NRN GLOBAL

नेपाली दूतावास अस्ट्रेलियाको भवन बनाउन जग्गा खरिद सम्झौता

नारायण खड्का,अस्ट्रेलिया

3 March, 2018 | Sandeep Bhattarai | 2220 Views | comments

नेपाली दूतावास अस्ट्रेलिया

अस्ट्रेलियास्थित नेपाली दूतावासले शुक्रबार भवन निर्माणका लागि जग्गा खरिद गर्ने सम्झौता गरेको छ । क्यानबेरामा रहेको दूतावासमा सप्पन्न सम्झौताअनुसार ६१९८ वर्गमिटर क्षेत्रफल (करिब १३ रोपनी) जग्गा खरिद गर्ने सम्झौता सम्पन्न भएको हो ।

अस्ट्रेलिया सरकारको चिफ अफ प्रोटोकल लिन्डा सरचल्को उपस्थितिमा दुबै देशका अधिकारीबीच सम्झौता सम्पन्न भएको थियो।कार्यक्रममा नेपाली टोलीको तर्फबाट अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालगायत अधिकारीको उपस्थिति थियो।

दूतावासका लागि जग्गा खरिद गर्ने प्रक्रिया यसअघिका राजदूत रुद्र नेपालको पालामा अघि बढाइएको थियो। दूतावासका उपनियोग प्रमुख राजेन्द्र पान्डेका अनुसार नेपाल सरकारको अर्थ मन्त्रालयले जग्गा खरिदका लागि रकम पठाएपछि दोहोरो सम्झौताले पूर्णता पाएको हो।

कूटनीतिक प्रयोजनका लागि खरिद गरिने यस्ता सम्पत्तिहरुमा एक सरकारले अर्को सरकारसँग सिधै सम्झौता गर्ने प्रचलन रहेको छ। यो सम्झौता दुई देशको सरकारको बीचमा भएको हो। सम्झौतापश्चात् नेपाल सरकारले निश्चित समयभित्रमा आफ्नो भवन निर्माण गरिसक्नुपर्ने छ।

अस्ट्रेलियामा रहेको दूतावासको लागि जग्गा खरिद गर्नका लागि दूतावासका अधिकारीहरुले लामो समयदेखि पहल गरेका थिए।

कान्तिपुरबाट

अस्ट्रेलियामा रहेको नेपाली दूतावासका लागि जग्गा तयारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK