नेपाली दुतावास युएईले रेमिटेन्सबारे जनचेतनामुलक कार्यक्रम गर्दै

ENGLISH

NRN GLOBAL

नेपाली दुतावास युएईले रेमिटेन्सबारे जनचेतनामुलक कार्यक्रम गर्दै

31 December, 2016 | Bipin Acharya | 835 Views | comments

uae

नेपाली दुतावास युएईले रेमिट्यान्स र यसका असर बारे चेतना फैलाउन जनचेतनामुलक कार्यक्रम आयोजना गरेको जानकारी गराएको छ ।
उक्त कार्यक्रम २० जनवरी, २०१७ शुक्रबारका लागि रसअल खेमाहको माङ्गरोभ होटलको सभाहलमा आयोजना गरिएको कार्यक्रम संयोजक तथा नेपाली दुतावास युएईकी द्वितिय सचिव विष्णु अधिकारीले जानकारी गराइन् ।

रेमिट्यान्सलाई उत्पादनशिल क्षेत्रमा कसरी लगानी गर्ने, लगानीका आधार र बैधानिक माध्यमको बारेमा जनचेतना दिने उक्त कार्यक्रमको मुख्य उद्देश्य रहेको उनको भनाई छ ।

देशको अर्थतन्त्रमा रेमिट्यान्सले ठुलो प्रभाव पार्ने गरेको छ । अबैधानिक रुपमा हुने गरेका हुण्डी कारोवारले गर्दा नेपाली अर्थतन्त्रमा नकारात्मक असर पारेको र हुण्डी कारोबार रोक्नको लागि यसको प्रभाव र असरबारे जनचेतना नै पहिलो उपाय रहेकोले उक्त कार्यक्रम आयोजना गरिएको दुतावासले जनाएको छ ।

युएईबाट हुने रेमिट्यान्सको ठुलो हिस्सा हुण्डीबाट कारोबार हुने हुदाँ दुतावासले चासो लिएको छ । निकट भविष्यमै दुतावासले युएईका विभिन्न ४ ठाँउमा जनचेतनामुलक कार्यक्रम गर्ने जनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

डा. केसी

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK