नेपाली तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक मास्टर दिनेश श्रेष्ठ अमेरिकामा ब्यस्त

ENGLISH

NRN GLOBAL

नेपाली तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक मास्टर दिनेश श्रेष्ठ अमेरिकामा ब्यस्त

3 January, 2017 | Bipin Acharya | 725 Views | comments

बिजय थापा ,वरिष्ठ नेपाली प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक दिनेश श्रेष्ठ अमेरिकामा ब्यस्त रहेका छन् । करीब दुई महिना देखि अमेरिकाको विभिन्न राज्यहरुका शहरहरुमा आयोजना भैरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय निर्णायक को भूमिकामा अति ब्यस्त रहेका छन ।

unnamed

ईनेप्लिज सम्बाददाता संगको कुराकानीमा उनले भने यो मेरो अमेरिकाको दोश्रो भ्रमण हो । उनले पहिलो भ्रमणको स्मरण गर्दै पहिलो भ्रमणमा लगभग तीन महिना बसेको बताए ।

उनले अगाडी भने पहिलो भ्रमणमा पनि नेभादा को रेनो मा सम्पन्न २०१६ युएस खुला तेक्वान्दो प्रतियोगिता, भर्जिनियामा सम्पन्न २०१६ नेसनल क्यापिटोल खुला तेक्वान्दो प्रतियोगिता ,२०१६ भर्जिनिया स्टेट तेक्वान्दो प्रतियोगिता ,मेरिल्याण्डमा सम्पन्न २०१६ मेरिल्याण्ड स्टेट तेक्वान्दो प्रतियोगिता साथ साथै पोर्टल्याण्ड ओरेगन मा सम्पन्न युएस खुला तेक्वान्दो प्रतियोगितामा समेत आधिकारिक अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गरि स्वदेश फर्केको बताए ।

हाल पनि मेरो दोश्रो भ्रमणको दौरानमा अक्टोबर १४ -१५ २०१६ मा पोर्ट ल्याण्ड ओरेगनमा सम्पन्न ११ औ अन्तर्राष्ट्रिय खुला मैत्री पूर्ण तेक्वान्दो प्रतियोगिता साथै अक्टोबर २७ -३० ,२०१६ सम्म पोर्टल्याण्ड मै सम्पन्न प्रथम (डब्लु टि एफ ) प्रेसिडेन्ट कप तेक्वान्दो प्रतियोगिता र नोवेम्बर ११ ,२०१६ नर्थ क्यारोलिनामा सम्पन्न ३४ औ ली ब्रदर्स कप तेक्वान्दो प्रतियोगितामा समेत देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गरेर तीनै वटा प्रतियोगितामा उत्कृष्ट निर्णायक को पुरस्कार पनि हात पार्न सफल भएको बताए ।
हाल पनि उनि अमेरिकाको बिभिन्न राज्यहरुमा पुगी बिशेष अतिथि प्रशिक्षकको भूमिकामा तेक्वान्दो सम्बन्धि बिभिन्न प्रशिक्षण पनि दिदै आएका छन् ।

उनि आगामी जनवरी ३१ देखि फेब्रुअरी ३ ,२०१७ सम्म नेभादा को लस एन्जेलसमा हुन् गै रहेको २०१७ युएस खुला तेक्वान्दो प्रतियोगिता र मार्च २५ ,२०१७ मा भर्जिनियामा हुन् गै रहेको २०१७ नेसनल क्यापिटोल खुला तेक्वान्दो प्रतियोगिता मा समेत अन्तर्राष्ट्रिय निर्णायक को लागि छनौट भई सकेका छन् ।

श्रेष्ठ तेक्वान्दोका छैठौ डान ब्लाक बेल्ट (कालो फित्ताधारी ) ,अन्तर्राष्ट्रिय प्रमाणित निर्णायक तथा अन्तर्राष्ट्रिय प्रमाणित मास्टर / प्रशिक्षक को साथै नेपाली तेक्वान्दो को थोरै सक्षम प्राविधिक मध्यका उनि एक हुन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण...

गोल

विश्वकप २०१८ :स्विडेनद्वारा दक्षिण कोरिया पराजित

विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेन...

डा. उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको...

पदयात्री

पदयात्री

बागलुङको पर्यटकीय लेक घुम्टे चढ्ने क्रममा थकाई मार्दै पदयात्री...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK