नेपाली टोपी : कथा

ENGLISH

नेपाली टोपी : कथा

2 January, 2017 | Sandeep Bhattarai | 745 Views | comments

इन्जिनियर राकेश कार्की
लस एन्जेलस

राकेश कार्की“आज नेपाली टोपी दिवस, तैले नेपाली टोपी लगाइस त ?” एका विहानै विपीनले सेलफोन ठोक्यो।

“ए हो”मोहनले धुइ धुइति नेपाली टोपी खोज्न थाल्यो। एक वर्ष अगाडि उसले टोपी लगाए पछि त्यही घर्रामा राखेको थियो। आज भेट्दै भेटेन। दराजमा पनि सबै लुगा पन्छाएर हेर्यो। कतै छैन।“हनि, तिमीले मेरो टोपी देखिनौ ?“

“ए यहाँ लिभिङ रूममा पो छोडेछौ स्विटहार्ट”षोडशीले टिभीको स्वर सानो पार्दै भनिन्। मोहन श्रीमती भएको ठाउँमा गयो। “मेरी हनि, यो फिफ्टी सेन्ट लेखेको टोपी होइन। नेपाली टोपी पो खोजेको।““आय्यू”षोडशी खित्का छोडेर हास्न थालिन। “किन र फेरि नेपाली टोपी दिवस आइसक्यो।“भन्दै फेसबुक खोल्न सेलफोनतिर हात लम्काइन।

हो त नि, आज त जनवरी १ तारिक, अन्तराष्ट्रिय टोपी दिवस। “नेपाली पोशाक लगाऔँ, राष्ट्रियता जोगाऔँ”भन्ने नाराले सबैका फेसबुकका भित्ता भरिएका। फेसबुकमा सबैले नेपाली टोपी लगाएर थरि थरिका फोटाहरू राखेका। रङिगचङगी सबैजनाको फोटाहरुमा शिरमा नेपाली टोपी। कसैका पाल्पाली ढाकाको टोपी, कसैका भादगाउँले कालो टोपी। आजको दिन सबैले नेपाली राष्ट्रियता जोगाए जस्तो। यस्तो लाग्थ्यो सबै १००% नेपालकै नेपाली। अमेरिकासंग मिसिएका पनि नेपाली। अष्ट्रेलियासंग मिसिएका पनि नेपाली। बेलायत, न्यूजिल्याण्ड अनि जुनसुकै देशसंग मिसिए पनि ह्रदय भित्र चाहीँ उ शुद्ध नेपाली। कतै पनि नमिसिएका त देशमै रहेर पनि आजको दिन टोपी लगाएर सच्चा राष्ट्रका भक्त।

नेपाली टोपी पनि कसैले दायाँतिर ढल्काएका। कसैले बायाँतिर ढल्काएका। कसैले चुली पारेर लगाएका त कसैले निमठो पारेर लगाएका। कसैले दाहिनेतिर विट मारेर लगाएका, कसैले वायाँतिर विट मारेर लगाएका। कसैले आफूमात्र ढल्काएका। कसैका श्रीमतीले पनि साथै ढल्काएकि। कसैका त छोराछोरी सहितले ढल्काएका। कसैका टाउको घ्याप्पै छोप्ने टोपी। कसैका टाउको ठूलो देखिने, बल्ल बल्ल पसेको जस्तो भएर अडिएको टोपी। कसैका टोपीले आँखीभूँइ छोपेर चंख जस्तो देखिएका। कसैका तालु छोपिएर अझ राम्रो जवान देखिएका।

मोहनको लिभिङ रूममा एउटा ठूलो राम्रो पेन्टिङ थियो। नेपालको सुन्दर झलक। भरिया दाईले भारी बोकेका। अनि एक छाक खुवाइ परिवार पाल्न दु:खजिलो गरि परिश्रम गर्दा गर्दा शिरमा नाम्लोले रगडिएर कपाल खुइलिएको। तिनै भरियादाईको टाउकोमा कपाल खुइलिएको देखिने गरि च्यातिएको पसिनाले लपक्क भिजेको नेपाली ढाका टोपी।

“स्विटहार्ट, भरियादाईको जस्तो टोपी भए पो, साच्चैको नेपाली टोपी जस्तो सुहाउछ। हेर त भरिया दाईलाई, कति सुहाएको छ। हाम्रो नेपाल र नेपालीको साँचो प्रतिनिधित्व भएको छ।“षोडशीले भरियादाईको हृदयदेखि नै तारिफ गरिन। एकछिन भरियादाईलाई सम्मानपूर्वक हेरेर फेरि म तिर फर्किन।“तिमीले आज रमाइलो गर्न टोपी लगाउन खोजेको?”षोडशीले कटाक्ष गरेकि झैँ गरिन।

“हनि, आजको दिन नेपाली टोपी लगाएर म देश प्रति प्रेम दर्शाउन चाहन्छु। तिमी खिसी नगर।“मोहनले टोपी नभेटेको झोकमा अलि झर्केको जस्तो गर्यो।“मोहन, खै त तेरो नेपाली टोपी लगाएको फोटो? फेसबुको कुनकाप्चा सबै खोजिसकेँ। मेरो टोपी पहिरेको फोटाहरु पनि लाइक गरेको छैनस, छिटो गर्न ल”विपीनले फेरि सेलफोन ठोक्यो।

“यार त पनि। मेरो फोटो हेर्न खोजेको कि, आफ्नो फोटोलाई लाइक खोजेको। याँ टोपी नै भेटेको छुइन।“मोहनले हडबड गर्दै भन्यो।टोपी खोज्दा खोज्दै मोहनलाई उसको स्कूलको साथीको याद आयो। सुशील मोहनसंग एउटै क्लासमा पढ्दथ्यो। उसको बस्तिपुरमा नेपाली टोपी कारखाना खोलेको थियो। स्कूलको शैक्षिक भ्रमणमा उनिहरूलाई घुमाउदै सुशीलको कारखाना देखाउन पनि हरिविनोद सरले लिएर जानु भएको थियो। उसको कारखाना देखाउन लैजादा सुशील फुरूङ परेर अघि अघी हिँडेर हामीलाई घुमाएको थियो।

त्यतिखेर नेपाली राष्ट्रिय पोशाकको साह्रै महत्व थियो। आर्मीमा होस, पुलिसमा होस, सरकारी कार्यालयहरूमा होस, अझ झन् गाउँ घरमा हरेकको शिरको शान भएर ढल्किन्थ्यो नेपाली टोपी। कारखानाको म्यानेजर झमकलालसंग हाम्रो सरले कारखानाबारे जानकारी लिएर हामी संपूर्ण विद्यार्थीलाई जानकारी गराउनुहुन्थ्यो। साच्चै नैसुशीलको कारखानाको ठूलो कारोवार हुँदो रहेछ। धेरै मानिसहरूले त्याहाँ टोपी बनाउने कामको लागि रोजगारी पाएका रहेछन्। नेपाली टोपीको यति धेरै माग हुँदो रहेछ कि व्यापारिक कारोवारमा पूरै कारखाना, सबै कामदार र कारखानाका धनिहरू सबै नै एकदमै व्यस्त हुँदा रहेछन्। स्वदेशमा मात्र नभएर विदेशमा पनि संसारको छानो सगरमाथाको प्रतिक हाम्रो नेपाली टोपीको धेरै नै ठूलो महत्व रहेछ। विदेशी पर्यटकहरूले पनि नेपालबाट भ्यालुएबल गिफ्टको रूपमा नेपाली टोपी आफ्नो देशमा आफन्त र साथीभाइको निमित्त लिएर जाँदा रहेछन्। नेपाली टोपी हाम्रो देश नेपाल र हामी सारा नेपालीको महान गौरव रहेछ।

तर राष्ट्रमा भएको राजनीतिक उथलपुथलसंगै विभिन्न दलहरूको आ-आफ्नै हठ र चाहना बढ्दै गएपछि हाम्रो राष्ट्रिय पोशाकको महत्व घट्दै घट्दै गयो। राष्ट्रको पहिचान हराउदै गयो। अरू त अरू संसदमा पनि नेपाली पोशाकको एकरूपता, नेपाली भन्ने चिनाउने संपूर्ण देशको एउटै ड्रेस, हिड्दै छ पाइला मेट्दैछ जस्तो भएर समयसंगै ओझेलमा पर्दै जान थाल्यो। बिस्तारै बिस्तारै लोप हुँदै जान थाल्यो।

एकदिन मोहनले उसको साथी सुशीललाई काठमाण्डौँमा भेटेको थियो। उसको त्यत्रो चहल पहल भएको टोपीको कारखाना, नेपाल राष्ट्रकै राजश्व बढाउने आम्दानिको श्रोत त घाटै घाटा भएर कारखानानै सुकेको खबर सुशीलले दु:खी हुँदै सुनाएको थियो। मोहनलाई पनि साह्रै खल्लो लागेको थियो। नेपालीले टोपी नै लगाउन छोडे पछि व्यापार पनि कसरी चलोस। नेपाली टोपीको महत्व गाउँ गाउँमा धेरै थियो। गाउँलेहरु प्राय सबै नै नेपाली टोपी लगाएर नै आफ्नो देशको ममतालाई शिरमा सम्मानसाथ राख्दथे। कारखानाहरुको त कुरै छोडौँ हरेक गाउँमा दमाईहरु भ्याइ नभ्याइ नेपाली टोपी सिलाईरहेका हुन्थे। विवाह, व्रतवन्ध, मेलापात, नाचगान र चाडपर्वमा त नेपाली टोपीले नै रौनक बढाइरहेको हुन्थ्यो। लाग्थ्यो खुशीयाली जो मनाउदैछन् हाम्रै नेपालीहरू नै मनाउदैछन किनकि उनिहरुको शिरमा नेपाली टोपी हुन्थ्यो। नेपाली टोपीले दर्शाउथ्यो कि सारा जातीले रमाईलो गर्दै मनाइरहेका नेपालीको नै संस्कृति हो।
सुशील र मोहन हिड्दा हिड्दै काठमाण्डौँको मध्य वजारमा पुगेका थिए।

“मोहन तलाई थाहा छ। यहाँ दौरा सुरूवाल सिलाउने पसल छ।“सुशीलले भनेको थियो।“कहाँ ?”मोहनले उत्सुकतावश सोधेको थियो।
“यही हो।“भनेर सुशीले देखाएको थियो। त्याहाँ त किराना दोकान पो रहेछ। किराना पसलका पसले पनि व्यापार नचलेर झोकराएर चिन्तित भएर बसेका थिए।

“के छ साहुजी हालखबर ?”मोहनले सोधेको थियो। “के हुनु झिङ्गा मारेर बस्नुपर्छ। देशको विकाश भएपो व्यापार फष्टाउछ। न विजुली छ, न पानी छ। नेपालीलाई चाहिने साधारण दैनिक भौतिक आधारकका कुराहरू नै सरकारले दिन सकेको छैन। खाली नेताहरुलाई मस्ती छ। देशमा काम नपाएर सबै विदेशिएका छन्। भएका ग्राहक पनि गरीबीले पिल्सिएका छन्।“हर्के दाईको कुरो सुनेर मोहन र सुशीललाई पनि खल्लो लाग्यो।

“अनि साहुजी, यहाँ त दौरा सुरूवालको पसल थियो हैन र ?” सुशीलले सोधेको थियो।“आ! बन्द भएर त मैले किराना पसल खोलेको त। अब कल्ले लाउछ र दौरा सुरूवाल। जब देखि राजा गए तबदेखि हरायो दौरासुरूवाल।“हर्के दाईको बुढेसकालमा चाउरेको अनुहारमा दु:ख झल्केको प्रष्ट देखिएको थियो।

त्यत्रो चहल पहल हुन्थ्यो यो पसलमा। दौरासुरूवाल सिलाउन पालो पाउन महिनौ पनि कुर्नुपर्थ्यो। काम गर्नेहरू कोही जिउको नाप नापेको नापै हुन्थे, कोही कपडा काटेको काटै हुन्थे, कोही लुगा सिलाएको सिलाई हुन्थे। कत्रो ठूलो व्यवसाय थियो। राष्ट्रिय पोशाकको शान थियो त्यतिखेर। यो पोशाक लगाउँदा जो कोही गर्व गर्दथे। संसारको सामु नै नेपाली पोशाक भनेर गर्व गर्ने ठाउँ थियो। नेपाली भनेर चिनाउथ्यो यो पोशाकले विश्वलाई। कसलाई थाहा आज यसरी महत्व हराउदै जान्छ भनेर। दिन प्रतिदिन लोप हुँदै जान्छ भनेर“सुशीलले सानो आवाजमा भन्दै गएथ्यो, मोहन दु:खी हुँदै सुन्दै गएथ्यो।

मोहनलाई थाहा थियो यो पीडामा सुशीलले आफ्नै पीडा पनि बोलिरहेछ भनेर। सुशीलले आँखा रसिलो पार्दै भनिरह्यो “मोहन, मेरो नेपाली टोपीको कारखाना पनि अब दौरासुरूवाल जस्तै छटपटाई रहेछ, आफ्नै वेदनामा।“सुशीललाई आफ्नो कारखाना भन्दा पनि नेपाल र नेपालीको एउटा पहिचानको प्रतिक हराउदै गएकोमा साह्रै दु:खीत तुल्याएको, मोहनले आफ्नो दु:खेको छातीमा पनि छामिसकेको थियो। मोहनको मनमा ननिको उम्लिरहेथ्यो, अनि सुशीलको मनको छटपटीएको भावनासंगै बग्दैगइरहेथ्यो।

“नेपाली टोपी यसरी दु:ख्दै छ कि अब यसको अस्तित्व रहला कि नरहला !”यति भन्दा सुशीलले खस्न लागेको आँसु पनि न थाहापाइकनै पुछेको थियो। त्यो आँसुले मेरो आँखाहरुलाई पनि छोएको थियो।आज यतिका वर्ष पछि पनि सुशीलको मनछुने त्यो भावनाले मोहन पनि एकदमै भावुक भयो। उसले नेपाल राष्ट्रलाई संसारकै सवभन्दा माथि राख्यो। यो आफ्नो प्यारो राष्ट्र भित्र सारा नेपालीहरूको शिरमा पाल्पाली ढाका टोपी र भादगाउँले कालो टोपी ढल्किएको कल्पना गर्यो। सगरमाथाको चुचुरोमा ठाँटले दौरा सुरूवाल अनि शिरमा नेपाली टोपी ढल्काएर, राष्ट्रिय झण्डा बोकेर, राष्ट्रियता पोखिरहेका राष्ट्रभक्त नेपालीहरूको भिँडमा उसले आफुलाई पनि उभ्यायो। अनि राष्ट्र प्रेमले ओतप्रोत भएर, छातीमा हात राखेर, सारा नेपालीहरूले उ संगै नेपालको राष्ट्रिय गान गाइरहेको कल्पना गर्यो।

मोहनलाई थाहा छैन, नेपाली टोपी अब नेपालको राष्ट्रिय पोशाक हो कि हैन भनेर। संपूर्ण नेपालीले आत्मसाथ गरेर शिरमा राखेको नेपाली टोपीको भविष्य के होला भन्ने चिन्ताले उसलाई एकदमै नरमाइलो लाग्न थाल्यो। उसले घर्रामा मिलाएर पट्याएर राखेको नेपाली टोपीले उसलाई नै हेरिरहेको थियो। मोहनलाई यस्तो लाग्यो त्यो उसको नेपाली टोपीले उसको माया खोजीरहेछ। मोहनलाई त्यो नेपाली टोपीको असाध्यै माया लाग्यो, हृदयदेखिनै नेपाली टोपी प्रति सम्मान जागेर आयो। खुब जतनले दुई हातले नेपाली टोपीलाई उचाल्यो, प्रेमपूर्वक मुटुमा छुवायो, अनि उच्च भावनाले माथि माथि उचाल्दै सम्मानपूर्वक शिरमा लगायो।

ढोकामा षोडशी उभिएर हेरिरहेकि थिइन। मोहनको नेपाली टोपी प्रतिको प्रेम र सम्मानले भावुक भएर उनको आँखामा हर्षको आँसु छचल्कियो। मोहनको आँखा पनि षोडशीको आँखामा गइ अडियो।
मोहन मुसुक्क हाँस्यो।
“खुब सुहाएको छ।“षोडशी पनि मुसुक्क हाँसिन।

नेपाली टोपी दिवस युएइमा पनि

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

म्याग्दीको घोडेपानी

म्याग्दीको घोडेपानी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी गाउँ र पृष्ठभूमिमा...

पप गायिका जोन्सले लगाइन् म्युजिकको नाममा वेश्यावृत्ति गराएको आरोप

  अमेरिकन पप गायिका काया जोन्सले ‘पुसीक्याट डल्स’ नामक...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK