नेपाली झण्डाले बेलायतको तीन चुचुरा ढाकिए…

ENGLISH

NRN GLOBAL

नेपाली झण्डाले बेलायतको तीन चुचुरा ढाकिए…

3 May, 2017 | Bipin Acharya | 655 Views | comments

सन् १९५१ देखि संरक्षित इंग्ल्याण्डको उत्तर पश्चिम क्षेत्रमा अवस्थित लेक डिस्ट्रिक्ट राष्ट्रिय निकुन्ज ८८५ स्क्वायर माइलमा फैलिएको छ । समर शुरु हुंदै गर्दाब्रिटेनको एउटा आकर्षक पर्यटकीय स्थल ‘लेक डिस्ट्रिक्ट’ विश्वभरका पर्यटकले भरिन्छ । तर, शनिबार भिन्न स्वरुपमा देखियो उक्त क्षेत्र ।

लेक डिस्ट्रिक्टका तीन चुचुरामा सयौं स्वयंसेवक एकत्रित थिए । ब्यारो, स्टाइल इण्ड र आउटर साइड चुचुरामा करिब ७ सय स्वयंसेवक उकालो चढ्न तत्पर भइरहंदा सांझ परिसकेको थियो । इभेन्ट फोटोग्राफरहरु कारमेन नोर्मन, टोम म्याकनेली र निक ल्याण्डेल्स्ले त्यो भीडमा बलिरहेको प्रकाश क्यामेरामा कैद गरिहाले । स्वयंसेवकले बालेका टर्चलेनेपालको झण्डा आकृति दर्शाइरहेको थियो । ति स्वयंसेवक नेपालको भूकम्प पीडितलाई आर्थिक सहयोग जुटाउन तल्लिन देखिन्थे ।

तेश्रो ‘लेक ल्याण्ड फेस्टिबल अफ लाइट’ बाट नेपालका भूकम्प पीडितलाई दश हजार पाउण्ड उठाइएको लेकल्याण्ड माउन्टेन गाइड तथा कार्यक्रम आयोजक म्याट लि भोइले जनाए । ‘चुचुरोमा विभिन्न रंगले नेपाली झण्डा प्रतिनिधित्व गर्दा सांच्चिकै रमणीय देखिएको थियो’, म्याटले सुनाए, ‘कार्यक्रम सोचेभन्दा सफल भयो । अब फेज वल्डवाइड नामक च्यारिटी मार्फत भूकम्प पीडितलाई रकम पठाउने हाम्रो योजना छ ।’ म्याटले आगामी वर्ष पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

कार्यक्रमले भविष्यमा बेलायतबाट नेपालका लागि थप सहयोग जुटाउन प्रेरित गर्ने अपेक्षा छ । गत वर्ष यस्तै प्रकृतिको कार्यक्रम गरेर ११ हजार पाउण्ड संकलन गरिएको थियो । गत वर्षको क्याटबेल्स् फेस्टिबल अफ लाइटमा करिब ५ सय सहभागी थिए ।

भूकम्पपछि बेलायतबाट जनस्तरमा आर्थिक सहयोग जुटाउने क्रम निरन्तर छ । बेलायत सरकारले भूकम्पपछि नेपालमा राहत तथा पुनर्निर्माणमा १४ करोड पाउण्ड सहयोग गरेको छ ।

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK