नेपाली जनसम्पर्क समिति साउदी अरबको प्रथम अधिवेशन २० जनवरी २०१७ मा

ENGLISH

NRN GLOBAL

नेपाली जनसम्पर्क समिति साउदी अरबको प्रथम अधिवेशन २० जनवरी २०१७ मा

31 December, 2016 | Sandeep Bhattarai | 1055 Views | comments

नेपाली जनसम्पर्क समिति साउदी अरब

नेपाली जनसम्पर्क समिति साउदी अरबको पहिलो अधिवेशन आगामी २० जनवरी २०१७ मा हुने भएको छ । प्रमुख आतिथ्यको रुपमा अधिवेशनलाई सम्बोधन गर्न नेपालबाट युवा नेता तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल आउने कुरा व्यवस्थापन उपसमितिका संयोजक श्री अर्जुन थापाले बताउनु भयो ।

यस समितिको मिति २३ सेप्टेम्बर २०१६ मा समितिका संरक्षक, कार्यसमितिका पदाधिकारीहरु, क्षेत्रिय सभापति, जनसम्पर्क निकट शुभेच्छुकहरुको विषेश भेला र बैठकले अधिवेशनको मिति तय गर्दै अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गर्ने निर्णय गरेको थियो ।

नेपाली काँग्रेसको विदेश स्थित प्रवासी भातृसंगठन नेपाली जनसम्पर्क समितिले आफ्नो संगठन विस्तार गर्ने क्रममा साउदी अरबमा पनि १० अगष्ट २०१३ का दिन राष्ट्रियता, लोकत्रन्त्र र समाजबादमा आस्था तथा विश्वास राख्ने साउदी अरबमा कार्यरत नेपालीहरु द्धारा एक दिवाभोज तथा भेटघाट कार्यक्रम आयोजना गरी नेपाली राजदूतावबास लगायत अन्य संघसस्थामा आवद्ध व्यक्तित्वहरु, सामाजबादी चिन्तनका व्यक्तित्वहरु, प्रत्रकार, समाजसेवीहरुको उल्लेखनिय उपस्थितिमा श्री चोला प्रसाद पाठक ज्यूको नेतृत्वमा एक तदर्थ समिति गठन गरेको थियो ।

साउदी अरब जस्तो भौगोलिक कठिनता, कानूनी व्याव्धान तथा धार्मिक भिन्नता भएको देशमा यसरी संगठन विस्तार र ससक्त बनाउनु त्यति सजिलो थिएन तर पनि यस तर्दथ समितिले आफ्नो लक्ष्य अनुसार कामहरु अगाडी बढाउदै सदस्याहरु बनाउने, विभिन्न खेलकुद तथा मनोरञ्जनका कार्यक्रमहरु गर्ने, धार्मिक तथा सांस्कृतिक परम्परालाई मनाउने, विभिन्न सामाजिक कार्यहरु गर्ने र यहाँ स्थिति नेपाली राजदूताबास सँग सहकार्य गर्दै विदेशी भूमीमा दुःख पाएका नेपालीहरुलाई प्रत्यक्ष तथा परोपक्षरुपमा सहयोग प्रदान गर्दै आइरहेको कुरा समितिका महामन्त्रि नमराज लामिछानेले बताउनु भयो ।

संगठनलाई वृस्तार र बिकशीत रुप दिनको लागि नयाँ नेतृत्वकको आवश्यकता पर्ने हुँदा यस समितिले आगामी २० जनवरी २०१७ का दिन आफ्नो ऐतिहासिक प्रथम महाधिवेशन गर्न गइरहेको छ । साउदी अरब जस्तो ठाँउमा संगठनलाई बृस्तार गर्नु त्यति सजिलो देखिदैन तर पनि सफलता पूर्वक अधिवेशन सम्पन्न गर्नमा हामी सबैजना लागि परेको छौ । यस ऐतिहासिक प्रथम अधिवेशन बाट योग्य, अनुशासित, जाजरुक, पार्टी प्रति निष्टावान र इमान्दार व्यक्तिको चयन हुने छ र आगामी दिनहरुमा पनि यस जनसम्पर्क समितिले साउदी अरबमा रहेका नेपाली श्रमीकहरु, नेपाली जनसमुदायहरु विच अझ बढी भन्दा बढी जिम्मेवार भई अगाडी बढ्ने कुरा का.वा सभापति दिपक रेग्मीले बताउनु भयो ।

जनसंपर्क समिती साउदीअरबको पहलमा रामचन्द्र तिमिल्सिना उद्दार समिति गठन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK