नेपाली जनसम्पर्क समिति सिजुओकाको अध्यक्षमा पुलामी

ENGLISH

नेपाली जनसम्पर्क समिति सिजुओकाको अध्यक्षमा पुलामी

डंगोलले महामन्त्रीको उम्मेदवारी दिने

24 July, 2016 | Yadab Devkota | 2830 Views | comments

Janasamparka 1

वीरेन्द्र केसी, सिजुओका । प्रवासमा रहेका नेपाली कांग्रेस समर्थितहरुको संगठन नेपाली जनसम्पर्क समिति जापानको सिजुओकाको नयाँ नेतृत्व सर्वसम्मत ढंगबाट चयन भएको छ ।

आइतबार भएको दोश्रो अधिवेशनले आनन्द पुलामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा उदय बस्नेत र धर्मराज गुरुङ चयन भएका छन् भने सचिवमा विक्रम लामा तामाङ, सहसचिव मधुकर तामाङ र कोषाध्यक्षमा सविता श्रेष्ठ रहनुभएको छ ।

त्यसै गरी सदस्यहरुमा राजु डंगोल, डिल्ली श्रेष्ठ, सरोज खडका, सुवोध दवाडी, अर्जुन बस्नेत, प्रताप तामाङ र ललिता तामाङ रहनुभएको छ ।

अधिवेशनले रेशम डंगोल, रवीन अधिकारी, माधव उप्रेति, नविन पन्त, रुपक बस्नेत, अमृत तामाङ र राजकुमार लिम्बु रहेको ७ सदस्यीय सल्लाहाकार मण्डल समेत पनि चयन गरेको छ ।

यसअघि अधिवेशनको उदघाटन समारोहमा बोल्दै नेपाली जनसम्पर्क समिति जापानका केन्द्रिय सदस्य रेशम डंगोलले प्रजातान्त्रिक मूल्य मान्यता बोकेको कांग्रेसको विचार र सिद्घान्तलाई आत्मसात गर्दै हरेक नेपालीलार्इ एकताको सूत्रमा बाँधिराख्न सधै तत्पर रहनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै माधव उप्रेति, रवीन अधिकारी, नविन पन्त, रुपक बस्नेत लगायतकाले विदेशमा आआफना दैनिक गतिविधी गर्दै समयानुकूल विचारको राजनीतिका लागि संगठित हुनुपर्ने बताउनुभएको थियो ।

यसैबीच नेपाली जनसम्पर्क समिती सिजुओका कमिटीका संस्थापक सभापति तथा नेपाली जनसम्पर्क समिति जापानका वर्तमान केन्द्रिय सदस्य रेशम डंगोललाई आसन्न छैठौ महाधिवेशनमा महामन्त्री पदमा र रुपक बस्नेतलाई केन्द्रीय सदस्यमा उम्मेदवारी दिन नेपाली जनसम्पर्क समिती सिजुओका कमिटीले सर्वसम्मत निर्णय समेत गरेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK