नेपाली जनसम्पर्क समिति बेल्जियमको शुभकामना आदान प्रदान तथा मेलमिलाप कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

नेपाली जनसम्पर्क समिति बेल्जियमको शुभकामना आदान प्रदान तथा मेलमिलाप कार्यक्रम सम्पन्न

3 November, 2018 | Sandeep Bhattarai | 2665 Views | comments

नेपाली जनसम्पर्क समिति बेल्जियम

बेल्जियममा वसोवास गर्ने स्थानिय नेपालीहरुको वाक्लो उपस्थितिमा नेपाली जनसम्पर्क समिति बेल्जियमले दशैं तथा तिहार तथा छठ पर्वको उपलक्ष्यमा गत सोमबारका दिन शुभकामना आदान प्रदान तथा मेलमिलाप दिवस कार्यक्रम सम्पन गरेको छ ।

स्थापनाकाल देखि नै संस्थापक अध्यक्ष धुर्बराज पौडेलको संयोजकत्तवमा हरेक बर्ष मनाउँदै आईरहेको कार्यक्रम यस बर्ष पनि जनसम्पर्क समिति बेल्जियमले बिपि ले अँगालेको नीति स्वरूप दशैँ, तिहार तथा छठ पर्वको अवसर पारेर शुभकामना आदान-प्रदान तथा मेलमिलाप को रुपमा मनाएको हो ।

बेल्जियको आन्त्रोपेन शहरमा आयोजित कार्यकमा संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक ध्रुवराज पौडेलको अध्यक्षता र नेपाली जन सम्पर्क समिती बेल्जियमकी सभापति श्रीमती सीता सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा आमन्त्रित बेल्जियम स्थित बिभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

बेल्जियमका निवर्तमान अध्यक्ष सन्तोष जोशी “सुवास” को स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष लोक दाहालले देशको परिस्थिति जस्तोसुकै भएपनि प्रवासमा हामी नेपाली सधैं यसरीनै मिलेर लाग्नु पर्ने बताउनु भयो। त्यस्तै अन्य बेल्जियम स्थित बिभिन्न संघ-संस्थाका प्रतिनिधिहरुले आ-आफ्नो बिचार राख्नु भएको थियो । तमुधि बेल्जियका अध्यक्ष नबिन गुरुङ, जनप्रगतिशिल मोर्चा युरोपका अध्यक्ष बिष्णु भुजेल, चितवन सहायता कोष बेल्जियमका अध्यक्ष भुवन सुबेदी, किराँत समाज बेल्जियमकी संरक्षक श्रीमती मुना राई, ओनएफ बेल्जियमका महासचिव चन्द्र शर्मा, जनप्रगतिशिल मोर्चा बेल्जियमका अध्यक्ष मेख गुरुङ, नेपाली व्यवसायिक संघ बेल्जियमका अध्यक्ष सीपी भट्ट, बुर्गे समाज बेल्जियमका सदस्य जिवन शर्मा, नवलपरासी समाज बेल्जियमका अध्यक्ष बिजय मल्ल, गणेशमान प्रतिष्ठान बेल्जियमका अध्यक्ष योगेन्द्र श्रेष्ठ, जनसम्पर्क समिति बेल्जियमका बरिष्ठ नेता उल्का घिमीरे, मोना बेल्जियमका अध्यक्ष योगेन्द्र बि क लगाएत पत्रकार तथा संचारकर्मी ओम शर्मा, निलम घिमिरेले पनि आ-आफ्नो भनाई राखेका थिए।

अधिकांशको मुल भनाई नै नेपालीहरु विदेशकों भुमीमा मिलेर नेपाली- नेपाली एक ढिक्का हुनु पर्नेमा जोड़ दिएका थिए ।आयोजक संस्थापक अध्यक्ष धुर्बराज पौडेलले सबैलाई धन्यवाद दिदैं हामी बिचको भाईचारा अझ गाढा भएको आवास प्रकट गरेका थिए ।

नेपाली जनसम्पर्क समिति बेल्जियम

कार्यक्रमा जनसम्पर्क समिति बेल्जियमकी सभापति तथा कार्यक्रमकी प्रमुख अतिथी श्रीमती सीता सापकोटाले बिजया दशमी,दिपावली छडपर्व, नेपाल संवत लगायत सम्पुर्ण नेपाली पर्वहरुको अवसरमा देश तथा विदेशमा बस्नु हुने सबैमा शुभ कामना ब्यक्त गर्दै चियापान कार्यक्रममा उठेका केही जिज्ञासाहरुको जवाफ दिदै नेपाली जनसम्पर्क समिती बेल्जियममा संस्थापक अध्यक्ष देखी निवर्तमान अध्यक्ष सम्म हामी सबै एकै ठाउँमा छौँ, समितीमा कुनै बिबाद छैन, एकादो साथीहरुबाट जे जस्ता गतिबिधीहरु बाहिर आएका छन तिनीहरुलाई सच्याएर साथीहरु अन्तत: मुलघरमै फर्कनु हुनेछ भन्दै हामी मिलेर जानुको विकल्प नभएको बताएकी थिईन । उक्त कार्यक्रम बेल्जियमका महामन्त्री दिनेश प्रसाद भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।

नेपाली जनसम्पर्क समिति बेल्जियमको अध्यक्षमा सापकोटाको उम्मेदवारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK