नेपाली जनसम्पर्क समिति बेल्जियमले स्व.कोइरालाको जन्म जयन्ति मनायो

ENGLISH

NRN GLOBAL

नेपाली जनसम्पर्क समिति बेल्जियमले स्व.कोइरालाको जन्म जयन्ति मनायो

विष्णु सापकोटा, बेल्जियम

7 July, 2017 | Sandeep Bhattarai | 865 Views | comments

स्व.कोइरालाको जन्म जयन्ति

नेपाली जनसम्पर्क समिति बेल्जियमले ३ जूलाई दिन लुभेनशहरमा नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ९४ औं जन्म जयन्ति कार्यक्रम एक समारोहका बीच समपन्न गरेको छ ।

नेपाली जनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि को रुपमा नेपाली कांग्रेस पार्टीका मुख्य सचिव कृष्ण पौडेल रहेका थिए ।

प्रमुख अतिथिको आसनबाट बोल्दै पौडेलले गिरिजा प्रसाद कोइरालाले प्रजातन्त्र तथा लोकतन्त्रका लागी बिभिन्न चरणमा गरेको योगदान बारे बताउदै सशस्त्र युद्ध गरेको नेकपा माओवादीलाई शान्ति प्रक्रियामाल्याउन महत्त्वपूर्ण भूमिका तथा ६२/६३ जनान्दोलन को मुख्य कमान्डर रही देशमा लोकतन्त्रस्थापना साथै उहाको अगुवाईमा नेपाली कांग्रेसले बिभिन्न काल खण्डमा प्रजातन्त्र र लोकतन्त्रका लागीगरेको भूमीका बारेमा बताएका थिए । साथै नेपालको बर्तमान ट्रान्जेक्सन पिरडमा संबिधान कार्यन्वयनको लागी बिभिन्न चरणको निर्वाचनलाई समयमै सम्पन्न गरि लोकतन्त्र लाईबलियो बनाउनु नेपाली कांग्रेसको जिम्मेवारी रहेको बताए ।

कार्यक्रममा अध्यक्षता गरिरहेकी सभापति सापकोटाले आफ्नो आसनबाट बोल्दै स्वर्गीय गिरिजाप्रसाद कोइराला प्रजान्त्रिक आन्दोलनका शिखर योद्धा रुपमा रहेको रनेपालमा शान्ति र लोकतन्त्र स्थापना का निमित्त देशका मुर्धन्य नेताको रुपमा बताउदै कांग्रेसले स्वर्गीय गिरिजाप्रसाद कोईरालाले गरेको योगदानलाई व्यवहारमा सदैव लागू गर्न स्मरण समेत गराएकी थिईन । जन्मजयन्ति समारोहमा नेजस बेल्जियमका संस्थापक अध्यक्ष ध्रुबराज पौडेलले गिरिजा बाबूको जीवनीको बारेमा चर्चा गरेका थिए भने कार्यक्रममा पुर्व अध्यक्ष ईन्द्रक्षेत्री पकवान, निबर्तमान अध्यक्ष सुवास जोशी ले समेत स्वर्गीय गिरिजा प्रसादकोईरालाको बारेमा आ-आफ्नो मन्तब्य व्यक्त गरेका थिए भने उपस्थिति सम्पूर्ण महानुभावहरुलाई बरिष्ठ उपाध्यक्ष देवेन्द्र शर्मा पौडेल देबूले मन्तब्यद्वारा स्वागत गरेका थिए ।

उक्त कार्यक्रमा नेजस बेल्जियमका पुर्व सल्लाहकार तथा पर्वतसमाजका अध्यक्ष झलक के. सी, नेपाली काँग्रेस पार्टी कार्यालय मुख्य सचिवकी धर्मपत्नी श्रीमती दुर्गा पौडेल लगाएत नेजस बेल्जियमका समिति पदाधिकारी तथा सदस्यहरु साथै अन्य बिभिन्न महानुभावहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम नेपाली जनसम्पर्क समिति बेल्जियमका महामन्त्री दिनेश भण्डारीले संचालन गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

मोना कतारद्वारा स्मार्ट टिभी सहयोग

बेनी, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पर्यटक सूचना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK