नेपाली जनसम्पर्क समिति फ्रान्सले पायो पूर्णता

ENGLISH

NRN GLOBAL

नेपाली जनसम्पर्क समिति फ़्रान्स

नेपाली जनसम्पर्क समिति फ्रान्सले पायो पूर्णता

3 July, 2018 | Sandeep Bhattarai | 2535 Views | comments

नेपाली जनसम्पर्क समिति फ़्रान्स

नेपाली जनसम्पर्क समिति फ़्रान्सले पूर्णता पाएको छ । समितिको जुलाई १, २०१८ मा विशेष कार्यक्रम आयोजना गरी संगठन पूर्णता दिएको हो ।

संगठनको संरक्षकमा मनोनीत किरणचन्द्र प्रधान, संस्थापक अध्यक्षमा निर्मल अर्याल, बिशेस सल्लाहकारमा तप्त भण्डारी र सुबर्ण बिक्रम हमाल तथा पूर्ण कार्यसमितिका लागि ३ जना सदस्य मनोनीत गरिएको हो ।

मनोनित कार्यसमितिका ३ जनामा कृष्ण गुरुंग, विकास केसी र टीकाराम सपकोटा रहनुभएको छ । उहाँहरुलाई विशेष सम्मानका साथ प्रमाणपत्र प्रदान गरिएको थियो ।

नेपाली जनसम्पर्क समिति फ़्रान्स महामन्त्री कमलबिक्रम के सीले संचालन गर्नुभएको कार्यक्रममा सभाका सभापति सुधीर रानाले मातृभूमिबाट टाढा रहेर पनि निरन्तर नेपाली कांग्रेसले बोकेको नीति राष्ट्रियता लोकतन्त्र र समाजवादको भावनालाई प्रवासी नेपालीहरु माझ फैलाउन महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिनुभयो ।

उहाँले नेपाली जनसम्पर्क समिति फ्रान्स स्थापित गर्न दिनरात खटेर र प्रथम तथा ऐतिहासिक महाधिवेशन सम्पन्न भएकोमा सबैको प्रशंसा गर्दै सबैको साथ पाएर संगठनको गरिमा बढ़ेको र सुभचिन्तकहरुकोा मार्गनिर्देशन र सुझावमा संगठन चल्ने बताउनु भयो ।

मन्तब्यकै क्रममा संस्थापक अध्यक्ष निर्मल अर्यालले संगठन भरखरै बिज़ारोपण भएको र यसले अझै धेरै हाँगाबिंग़ा सहित फैलिनु र झांगिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा संरक्षक किरणचन्द्र प्रधानले नेपाली कांग्रेसको इतिहास र समाजवादको बारेमा केही प्रकाश पार्नुभएको थियो भने सल्लाहकार सुबर्ण बिक्रम हमाल र मनोनीत सदस्य बिकास केसीले संगठनप्रतिको आफ्नो दायित्व र सुम्पेको ज़िम्मेवारी पूरा गर्ने र संगठनले आफूलाई मनोनीत गरेकोमा ख़ुसी ब्यक्त गर्दै धन्यबाद ज्ञापन गर्नुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मलेसियामा नेपाली युवाको विजोग : सांसद् लिङ्देन

मलेसियामा नेपाली युवाको विजोग : सांसद् लिङ्देन

राप्रपाका महामन्त्री एवम् झापा क्षेत्र नम्बर–३ का सांसद् राजेन्द्र...

जुनकिरी

गीतकार न्यौपानेको ” जुनकिरी ” बजारमा आउदै

लामो समय देखि लेखन विधामा निरन्तर रुपमा कलम चलाई...

नेपालगञ्ज विमानस्थल

नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप : टिकट नपाउँदा यात्रु अलपत्र

दशैँ आउन अब दुई मात्र बाँकी रहँदा नेपालगञ्ज विमानस्थलमा...

दशैं गीत

यो दशैं गीतले लाखौं परदेशीलाई रूवायो (भिडियो सहित)

सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यको ‘परदेशीलाई दशैं तिहार’ बोलको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK