नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा व्यवसायी गौचनको हत्या प्रति भर्त्सना

ENGLISH

NRN GLOBAL

नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा व्यवसायी गौचनको हत्या प्रति भर्त्सना

13 October, 2017 | Sandeep Bhattarai | 1675 Views | comments

नेपाली जनसम्पर्क समिति अमेरिका

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको नेपाली जनसम्पर्क समिति(नेजस) अमेरिकाले भर्त्सना गरेको छ ।

समितिका महासचिव मुनिन्द्र नेम्बाङले प्रेस विज्ञप्ती जारी गरी घटनाको भर्त्सना गरेका हुन् । विज्ञप्तीमा व्यवसायी गौचनको हत्याको खबरले आफूहरुलाई दुखित बनाएको भन्दै छिटो हत्यारा पता लगाउन माग गरिएको छ ।

विज्ञप्तीमा “यस्तो आततायी, कायरतापूर्ण तथा अमानवीय हत्याको नेपाली जनसम्पर्क समिति अमेरिका घोर भर्त्सना गर्दै, घटनामा सम्लग्न अपराधिलाई छिटो पहिचान गरीकडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछ” भनिएको छ । मुलुक क्रमशः राजनीतिक स्थायित्वतर्फ गइरहेको र व्यवसायले प्राथमिकता पाउँदै गरेको अवस्थामा यस्तो बर्बर घटनाले सिंगो व्यावसायिक क्षेत्रमा त्रास र संशयको अवस्था श्रृजना भएको भन्दै यसले गर्दा मुलुकमा विस्तारै बन्दै गरेको लगानीको वातावरण र समृद्धिमा ठुलो नकारात्मक असर पुग्ने ठहर व्यक्त गरिएको छ ।

आफ्नै मुलुकभित्र उद्योगी व्यवसायीको सुरक्षा नहुँदा वैदेशिक लगानीमासमेत नकारात्मक प्रभाव पर्न गई, सिंगो देशको आर्थिक समृद्धमा अवरोध हुने तर्फ सरकारको ध्यानाकर्षण समेत गरिएको छ । समितिले सर्वसाधारण नेपाली जनता र मुलुकको समृद्धिमा टेवा पुर्याउने सम्पूर्ण उद्योगी व्यवसायीको पूर्ण सुरक्षाको प्रत्याभूती गर्न, मुलुक भित्र शान्ति सुरक्षाको अवस्था मजबुत भएको आभास आम जनमानसमा दिलाउन माग गर्दै स्वर्गीय गौचनको आत्माको चिरशान्तिको कामना शोकसन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गरिएको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK