नेपाली जनप्रगतिशिल मन्च कतारको पाँचौं महाधिवेशन सेप्टेम्बर १५ मा

ENGLISH

NRN GLOBAL

नेपाली जनप्रगतिशिल मन्च कतारको पाँचौं महाधिवेशन सेप्टेम्बर १५ मा

नारायण रपाल विश्वकर्मा, कतार

24 July, 2017 | Sandeep Bhattarai | 880 Views | comments

नेपाली जनप्रगतिशिल मन्च कतार

नेपाली जनप्रगतिशिल मन्च कतारको महाधिवेशन आयोजक समितीको बैठक सम्पन्न भएको छ ।

पाँचौ माहाधिबेशन आयोजक कमिटी संयोजक रकम राईको अध्यक्षतामा जुलाई २१ का दिन कतारको औद्योगिक क्षेत्र सनैयाको एक लेबर क्याम्पमा सम्पन्न बैठकले महाधिवेशनलाई मध्यनजर राख्दै विभिन्न कार्यबिभाजन समेत गरेको आयोजक समिती सदस्य तथा पूर्व  सचिव महेश दहालले जानकारी दिएका छन ।

१० बर्षे महान जनयुद्ध तथा विभिन्न कालखण्डमा भएका आन्दोलनमा देश र जनताका खातिर ज्यानको आहुती दिने महान सहिदहरुप्रति श्रद्धाञ्जली स्वरुप एक मिनेट मौनधारण गर्दै सुरु भएको कार्यक्रमलाई सन्चालन मन्चका पुर्बसचिब तथा आयोजक कमिटी सदस्य महेश दाहालले गरेका थिए ।

बैठकले साँस्कृतिक विभागमा निकास घलान तामाङ, संगठन विभागमा मोहन कार्की, प्रचारप्रसार बिभागमा राज देबकोटा, व्यवस्थापन बिभागमा राजु डुम्रे, विधान शंसोधनमा टिकाराम भण्डारी, आर्थिक विभाग बुद्धि भण्डारी, यातयात विभागमा प्रेम परियार, यूवा विभागमा लक्ष्मण कंडेल, सांगठनिक प्रतिवेदनमा रकमध्वज राई संयोजक तोकेको छ ।

मन्चले कतारमा संगठनलाई ब्यवस्थित गर्दै अल्खोर रस्लाफान, ओखीर होमसाईड ओख्रा, सनैया, न्यूसैलिया सुपर सैलीया, दोहा मुर्रा र लेबर सिटि भरूवा सिटि गरि सात क्षेत्रीय समितिमा गठन गरेको छ ।

बैठकमा महाधिवेशन आयोजक समितीका सहसंयोजक राजु डुम्रेले सात पेजको लामो संगठनको अबधाराणा पत्र समेत प्रस्तुत गरेका थिए भने आयोजक समितीमा रहेका पदाधिकारीहरु रमेश भट्ट, मोहन कार्की, टिकाराम भण्डारी, प्रेम बिक, प्रेम लामा लगायतको उपस्थिति रहेको मन्चका पुर्बसल्लाहकार तथा आयोजक समिति सदस्य मोहन कार्कीले जानकारी दिएका छन ।

सोही बैठकमा रोजगारीको सिलसिलामा कतारमा रहेर आफ्नो बचेको समय मञ्च प्रति समर्पित गर्दै संगठनमा आबद्ध सदस्य शेर बहादुर शाहि कतारको बसाई बिट मार्दै मातृभुमी फर्कन लागेपछि बैठक अध्यक्ष रकमध्वज राईले खादा ओडाई ससम्मान बिदाई गरेका छन । उनी दुई बर्षदेखि कतारमा कार्यरत थिए ।

नेकपा माओवादी केन्द्र सम्बद्ध बिदेशस्थित संगठन नेपाली जनप्रगतिशिल मन्च कतारको जुलाई १४ मा सम्पन्न भएको राष्ट्रिय बिस्तारित भेलाले सेप्टेम्बर १५ मा मञ्चको पाँचौ महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोही भेलाले सबै प्रकारका पुराना समितिहरु बिगठन गर्दै रकमध्वज राईको संयोजकत्वमा राजु डुम्रे उपसंयोजक रहने गरि ५१ जना को पाँचौ महाधिवेशन आयोजक समिती गठन गरेको थियो ।

एनआरएनए कतारको शुभकामना कार्यक्रममा आयोजक संस्थाहरु जोडिने क्रम जारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एलियनको कथामा नेपालमा पहिलो पटक फिल्म बन्दै

नेपालमै पहिलो पटक एलियनको कथामा फिल्म निर्माण हुने भएको...

एनआरएनए कृषि प्रबद्र्धन समितिको बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कृषि प्रबद्र्धन समितिले आगामी...

केन्या

केन्याको ‘स्ट्रिट क्लब’ बाट २१ नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK