नेपाली चेली अरुणा गुरुङ हङकङ सरकारको महिला आयोगमा नियुक्त

ENGLISH

NRN GLOBAL

नेपाली चेली अरुणा गुरुङ हङकङ सरकारको महिला आयोगमा नियुक्त

17 January, 2017 | Sandeep Bhattarai | 1440 Views | comments

अरुणा गुरुङ

हङकङको उच्च सरकारी निकाय महिला आयोगमा नेपाली चेली अरुणा गुरुङ नियुक्त भएकी छन्। हङकङ सरकारको प्रमुख (प्रमुख कार्यकारी) सि वाई ल्योङले गुरुङलाई महिला आयोगको सदस्यमा नियुक्त गरेका हुन्।

२१ सदस्यीय महिला आयोगमा अरुणा एक्ली विदेशी नागरिक हुन्। नेपाल सरकारले हङकङको महिला आयोगमा नेपाली चेलीको नियुक्तीलाई उच्च सम्मानको रुपमा लिएको छ। उनी २००६ देखि २०१२ सम्म हङकङ सरकारकै जातिय सद्भाव प्रवद्धन समितिको पनि सदस्य थिइन्। सन् २०१२ मा हङकङ सरकार प्रमुख ल्योङबाट ‘चिफ एक्जुकेटिभ कमेन्डेशन अवर्ड’बाट सम्मानित भएकी थिइन्। यो अवार्ड हङकङ सरकारले दिने उच्च सम्मान हो। उनले हङकङमा बसेर त्यहाँको सामाजिक कार्यमा गरेको योगदानको कदर गर्दै उक्त सम्मान पाएकी हुन्।

झण्डै तीन दशदेखि हङकङ बस्दै आएकी करुणा क्याथिया ड्रागन एयरलाईन्स कि ‘इन फ्लाईट सर्भिस म्यानेजर’ पनि हुन्। उनी हङकङबाट प्रकाशित हुने ‘नेपाल पोष्ट ओभरर्सिज’ पत्रिकाकी प्रकाशक पनि छन्।

हङकङको गोरखा हाईस्कुलमा अध्ययन गरेकी अरुणाले त्यसपछि पोखराको पृथ्वी नारायण र काठमाडौंको पद्म कन्य क्याम्पसबाट स्नातक अध्ययन गरेकी छन्। खेलुकदमा पनि रुची राख्ने उनले विरगंजमा भएको तेस्रो राष्ट्रिय खेलकुदमा पाँच हजार मिटर दौडमा कास्य पदक समेत जितेकी थिइन्।

 अन्नपूर्ण पोस्टबाट ।

नेपाली चेली इन्दिरा ‘व्यूटिफुल अफ बहराइन’को टप १० मा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

युरोपेली च्याम्पियन्स लिगको उपाधि रियललाई

स्पेनिस क्लब रियल म्याड्रिडले लिभरपुललाई ३–१ ले पराजित गर्दै...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK