नेपाली चलचित्रमा बलिउड कलाकारको मुख्य भुमिका

ENGLISH

ENTERTAINMENT

नेपाली चलचित्रमा बलिउड कलाकारको मुख्य भुमिका

2 January, 2017 | Bhawana Pathak | 795 Views | comments

नेपाली चलचित्रमा चर्चित बलिउड कलाकार राजपाल यादव मुख्य भुमिकामा देखिने भएका छन् । रोज राणाले निर्माण गर्न लागेको चलचित्र मेरो पैसा खैमा उनी मुख्य भुमिकामा रहने छन् ।

rajpal

मेरो पैसा खै अभिनयका लागि अभिनेता राजपाल फाइनल भएको निर्माता रोज राणाले बताए । ‘चलचित्र मेरो पैसा खैमा एक कमेडियन भुमिका छ ’ रोजले भने ‘सो भुमिका चलचित्रको मुख्य भुमिका पनि हो ।’

रोजका अनुसार चलचित्रमा राजपालले सिचुयसन अनुसार हसाउँने भुमिका निर्बाह गर्नेछन् । चलचित्र बलिउड विवेश शर्माले निर्देशन गर्दैछन् । आगामी माघ १५ बाट छायाँकनमा जाने यो चलचित्र छायाँकनका लागि राजपाल माघको पहिलो साता टिम सहित काठमाडौ आउँदैछन् ।

राजपाल बलिउडका चर्चित हाँस्य कलाकार हुन् । चलचित्रमा उनले बोल्ने सम्बाद शैलीले उनी लोकप्रिय छन् । चार दर्जन माथीका बलिउड चलचित्र अभिनय गरिसकेका उनको यो पहिलो नेपाली चलचित्र हुनेछ ।

चलचित्रमा राजपालका अलवा बलिउड अभिनेत्री जुही चावला पनि रहने छिन् । उनको चलचित्रमा बिषेश भुमिका रहने छ । नेपाली कलाकारमा सौगात मल्ल, बर्षा सिवाकोटी, बर्षा राउत, सागर तिवारी, वुद्धि तामाङ, कमलमणी नेपाल, रविन तामाङ लगायत पनि छानिएका छन् ।

पैसाले हरेक ब्यक्तिको जीवनमा ल्याउने उतार चढाव चलचित्रको कथा हो । प्रेम र कमेडी बिषय पनि समेटिने छ चलचित्रमा । रेदाअंश सिने आर्ट्सको व्यानरमा बन्ने यो चलचित्रको निर्माण तयारी पुरा भएको रोजले बताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK