नेपाली घरद्धारा आयोजित देउसी भैलो कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

नेपाली घरद्धारा आयोजित देउसी भैलो कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट, कोलोराडो, अमेरिका

25 October, 2017 | Sandeep Bhattarai | 1515 Views | comments

देउसी भैलो

नेपालीहरुले दोश्रोे महान चाड तिहारको अवसरमा नेपाली समुदायको बाक्लो बसोबास रहेको शहर बोल्डर र लङमन्टमा देउसी भैलो खेल्ने कार्यक्रम सम्पन्न भयो । कोलोराडोमा क्रियाशील नेपाली घरको आयोजना तथा स्थानीय संघ संस्थाको सहयोगमा देउसी भैलो खेलिएको हो ।

यसरी देउसी भैलो खेलीएका स्थानहरुमा अक्टोवर १८ सांझ एभरेष्ट रेष्टुरेन्ट लङमन्ट र अक्टोवर १९ सांझ बोल्डर स्थित मीडोज कम्यूनिटी हल रहेको छ । देउसी भैलो कार्यक्रममा स्थानीय कलाकारहरुले आङ्खनो कला जोडदार प्रस्तुत गरेका थिए । त्यसैगरी सधै देउसी भैले खेलीने अरोरा शहरमा भने यसबर्ष बिशेष कारणले देउसी भैले हुन नसकेको महासचिव निर्मल श्रेष्ठले बताएका छन् ।

देउसी भैलो

देउसी, भैलो कार्यक्रममा कोलोराडोमा बसोबास गर्ने सबै समुदायका गन्य मान्य, कलाकार, पत्रकार, बुद्धिजिवी, ब्यापारी तथा सर्बसाधारणको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित कतिपय आ–आफ्नो जातीय पहिरनमा आएका थिए भने, छुट्टै जातीय पहिरन नहुनेहरुले पुरुषहरु दौरा सुरुवाल, महिलाहरु साडी चोलो लगाएर कार्यक्रममा सहभागी भएका थिए ।

नेपाली घरका अध्यक्ष लक्षुमण रानाले नेपालीहरुको भाषा, संस्कृती, रिति रिवाज, तथा भेषभुषा स्थानीयलाई पहिचाहन गराउन तथा अमेरीकामा जन्मे हुर्केका बाल बालिकाहरुलाई हाम्रो संस्कृती सिकाउने उद्धेश्यको साथ हरेक बर्ष देउसी भैलो लगायत बिभिन्न सांस्कृतीक कार्यक्रमको आयोजना गरिदै आएको बताएका छन् । अध्यक्ष रानाले देउसी भैलोबाट संकलित रकम खर्च कटाएर बाकी रहेको १ हजार ३ सय ३४ डलर नेपाली घरको खातामा जम्मा गरिने जनाएका छन् । उनले यो रकम नेपाली घरको मात्र नभएर संम्पूर्ण कोलोराडोबासीको हो र उक्त रकम नेपाली घर निर्माणको लागि मात्र खर्च गरिने प्रष्ट्याएका छन् ।

देउसी भैलो

कोलोराडोको बिभिन्न शहरमा देउसी भैलो खेलिने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK