नेपाली घरको छैठौ साघारण सभा सम्पन्न

ENGLISH

NRN GLOBAL

नेपाली घरको छैठौ साघारण सभा सम्पन्न

नातिबाबु भट्ट, कोलोराडो

29 May, 2017 | Sandeep Bhattarai | 665 Views | comments

नेपाली घर

कोलोराडोमा सक्रिय नेपालीहरुको साझा संस्था नेपाली घरको छैठौ साधारण सभा आइतबार एक समारोहबीच सम्पन्न भयो ।

नेपाल र अमेरिकाको राष्ट्रिय गान पछि, संस्थाका सल्लाहकार डा.बिष्णु श्रेष्ठद्धारा पानसमा बत्ती बालेर उद्धाटन गरिएको कार्यक्रममा यहाँ स्थित विभिन्न संघ संस्थाका प्रतिनीधी, बुद्धिजिवी, उद्योगी, व्यवसायी, गन्यमान्य, पत्रकार, नेपाली घरका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

वेस्ट मिनिष्टर स्थित याक एण्ड यती रेष्टुरेन्टमा सम्पन्न कार्यक्रमको सुरुमा संस्थाद्धारा गठित बिभिन्न समितीबाट हाल सम्म भए गरेका प्रगती बिवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । सोही क्रममा आर्थिक समितीमा संयोजक तथा संस्थाका सल्लाहकार डा.बिष्णुबहादुर श्रेष्ठबाट आर्थिक समितीको, डा. आनन्द पौडेलबाट स्पेसल समितीको, अर्जुन केसीबाट जग्गा खोज तथा ब्याबस्थापन समितीको, बासु दाहालबाट सरकार स्थानीय संघ संस्था र ब्याबसायीहरु समन्वय समितीे तथा निर्वाचन समितीको र कुमारजंग कार्कीबाट छात्रवृत्ति समितीको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

त्यस्तैगरी संस्थाका कोषाध्यक्ष जगदिशचन्द्र ढकालबाट आर्थिक प्रतिवेदन र अध्यक्षबाट योगराज गौतमबाट प्रगती प्रतिवेदन र भावीयोजना प्रस्तुत गरिएको थियो ।कार्यक्रमको दाश्रो चरणमा अतिथीहरुको सुझाव तथा शुभकामना मन्तब्य राखिएको थियो । शुभकामना तथा सुझाव दिदै अधिकांश वक्ताहरुले कोलोराडोमा नेपालीहरुको संख्या बढ्दै गएको हुनाले नेपाली घर अत्यावश्यक रहेको, संस्थाले घर निर्माण गर्दा सामाजिक सद्भाव नखल्बलिने खालको सबै नेपालीहरुको भेषभुषा, संस्कृती, रिती स्थिती, चालचलन झल्कने एक नेपाली घरको निर्माण गर्ने लक्ष्य पुरा गर्न सकोस भन्दै घर निर्माणको लागि संस्थाले वाताबरण बनाए आङ्खनो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

यसरी शुभकामना तथा सुझाव दिनेहरुमा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम बिक, ग्लोवल फोरमका अध्यक्ष तिर्थ बर्मा, ब्लड डोनर्स अफ अमेरीकाका केन्द्रिय सदस्य भुषणलाल श्रेष्ठ, रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष बिनोद त्रीपाठी, जनसम्पर्क समितीका कोलोराडोका अध्यक्ष गणेशराज भण्डारी, एनआरएन कोलोराडोका प्रतिनिधी तथा यूएस नेपालका बिकल पराजुली, ब्लड डोनर्स अफ अमेरीकाका कोलोराडो कोर्डिनेटर टिका पौडेल, अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेल, हिमालयज लायन्स क्लबका अध्यक्ष जोशन श्रेष्ठ, नोःवा खलका अध्यक्ष प्रेमकाजी श्रेष्ठ, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, तमुधिका अध्यक्ष चन्द्र गुरुङ लगायत रहेका थिए ।

नेपाली घर

नेपाली घरका अध्यक्ष योगराज गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष नारायण श्रेष्ठले शुभकामना मन्तब्य दिएका थिए भने महासचिव लक्षुमण रानाले कार्यक्रम संचालन गरेका थिए ।

नेपाली घरको निर्वाचन सम्पन्न गर्न निर्वाचन कमिटी गठन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

एनआरएनएको अध्यक्षमा आधा दर्जनको उम्मेदावारी ! कस्ले मार्ला बाजी ?

उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति...

सुदन थापा

थापाले एनआरएनए युवा संयोजकमा उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ एनआरएनए जापानका निवर्तमान अध्यक्ष सुदन थापाले...

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK