नेपाली क्रिकेको अबको बाटो

ENGLISH

नेपाली क्रिकेको अबको बाटो

सन्दीप भट्टराई

29 January, 2018 | Sandeep Bhattarai | 2790 Views | comments

sandeep bhattarai साँचिकै मान्ने हो भने नेपाली क्रिकेट अहिले इतिहासको त्यो कठघारामा उभिएको छ । जहाँबाट अघि बढ्ने आसाको अन्तिम त्यान्द्रो नामिवियाका रुपमा डिभिजन ‘टु‘को यात्रा बाँकी छ ।

दुई वर्ष लामो विश्व क्रिकेट लिग च्याम्पियनसिप अभियानमा नेपालले सँग विकल्प धेरै थिए । हरेक आठ टिमसँग होम एण्ड अवेका आधारमा दुई खेलको मौका थियो भलै दुबै खेल कहिले नेपालले आफ्नै मैदानमा खेल्यो त कहिले विपक्षीका मैदानमा तर अब त्यो नेपालका लागि इतिहास बनेको छ ।

कति इतिहासहरु चेतनाका पाठ बनेर अघि बढ्ने प्रेरणा बन्छन भने कतिपय इतिहासहरु फेरी पुग्नै नसक्ने गन्तब्यका रुपमा कालझैं उभिदिन्छन आस गरौं नेपाली क्रिकेटको डिभिजन च्याम्पियनसिपको यो दुई वर्षे यात्रा त्यो इतिहास बनोस जस्ले आत्माविश्वासलाई कायम राख्दै २०१९ को विश्वकपमा नेपाली टिमले एकदिवसीय अनुभव लियोस । यो त सब अपेक्षा गर्ने बाँकी रहेको ठाउँ भएकाले गर्ने आस हो ।

अब नेपालसँग नामिवियामा यहि फेब्रअरीमा हुने डिभिजन ‘टु’ को शिर्ष दुईमा रहँदै विश्वकप छनोटमा स्थान बनाउने अन्तिम मौका बाँकी छ । के अब त्यो मौकाले नेपाली क्रिकेटलाई फेरी एकपटक अन्तराष्ट्रिय स्तरमा चर्चा योग्य बनाउला त्यसको जवाफ मैदानमा नेपालले गर्ने प्रदर्शनले राख्ने छ ।

 

सबै कुराहरुको साँक्षी बन्दै गर्दा नेपाली क्रिकेटमा आसाको यो अन्तिम मौका हो । यसमा असफल भए फेरी एकदिवसीय विश्वकप नेपालका लागि पर धकेलिने छ । भने जुन उर्जा र उत्साह नेपाली क्रिकेट र समर्थकमा छ त्यो फेरी एकपटक सिथिल हुनेछ ।

एक ताका नेपाली फुटबलको चर्चा दक्षिण एसियमानै बलियो मानिन्थ्यो । साफमा संधै उपाधि दाबेदार मानियो तर अहिले नेपाली फुटबल फेरी एकपटक त्यो स्तरको थियो र ? भन्ने प्रश्न गर्ने समय आएको छ । इतिहासले फुटबललाई फेरी एकपटक सच्चिन भनेको छ । तर नेपाली फुटबल लिग विहिन भएको ३ वर्ष पुग्नै लागेको छ । जहाँ सयौ खेलाडी प्रतिभाका बाबजुत रोजगारीका लागि विदेश पलायन भएका छन् ।

समय र मौका संधै आउँदैन आएको बेलामा सदुपयोग गर्न सक्नु सबैभन्दा उत्तम हुन्छ । नेपालका लागि त्यो एउटा मौका थियो । डिभिजन च्याम्पियनसिपको दुई वर्षे यात्रा तर त्यहि समय नेपाली क्रिकेट प्रतिवन्धित बन्यो र पर्याप्त अन्तराष्ट्रिय एक्सपोजको मौका नपाउँदै आठ टिम मध्ये सातौं स्थानमा रहेर डिभिजन ‘टु’मा घटुवा भयो ।

फेरी पनि नेपाल डिभिजन ‘टु’ बाट माथि उक्लनेमा संका गर्ने प्रशस्त कारण छन् । नेपालले प्रतियोगिताका लागि अहिले सम्म एउटा पनि अन्तराष्ट्रिय एक्सपोज पाएको छैन साथमा महत्वपुर्ण खेलमा टेस्ट र एकदिवसिय खेल खेलेका देशका प्रशिक्षकबाट समेत बन्चित छ । त्यसैले समग्रमा भन्न्न सकिन्छ नेपाली क्रिकेट चुनौती बिच एक अर्को अवसरको संगारमा छ जसलाई सदुपयोगको कामना त गर्न सकिन्छ तर विश्वासका पर्याप्त आधार नहुँदा फेरी पनि संसयमानै नेपाली क्रिकेट रुमलिने छ त्यसैले भन्न सकिन्छ तत्कालका लागि नेपाली क्रिकेटको यो अन्तिम मौका हो । जसलाई चुकाए नेपाल फेरी केहि वर्ष डिभिजन स्तरमानै आफुलाई प्रतिष्पर्धामा सिमित गराउन बाध्य हुनेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नागपूजा

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने...

भद्रगोलकी रक्षा

भद्रगोलकी रक्षाले प्रेमीलाई छोडेर अर्कैसँग गरिन् बिहे(भिडियो सहित)

गायक बुद्ध राईको आवाज रहेको स्याड भर्सनमा रहेको नयाँ...

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल...

तेक्वान्दो

अनटिएफले तेक्वान्दो खेलमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने

युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेशन (अनटिएफ) ले आसन्न एसियन...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK