नेपाली कामदारको हकहितका लागि कतारी अमिरले विशेष ध्यान पुर्याउने

ENGLISH

NRN GLOBAL

नेपाली कामदारको हकहितका लागि कतारी अमिरले विशेष ध्यान पुर्याउने

12 January, 2017 | Sandeep Bhattarai | 1125 Views | comments

नेपालीहरुको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारका अमिर थानीले त्यहाँ रहेका नेपाली कामदारको हकहितका लागि कतारले सधै विशेष ध्यान पुर्याउने बताउनुभएको छ ।

नेपाल–कतारबीच समझदारी

कतार भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशरण महतले बुधबार गर्नुभएको भेटवार्तामा अमिर थानीले सो कुरा बताउनुभएको हो । त्यस्तै मन्त्री महतले त्यहाँका विदेश र श्रममन्त्रीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।

भेटका क्रममा उहाँले कतारमा रहेका साढे तीन लाखभन्दा भन्दी बढी नेपाली श्रमिकहरूको सेवा, सुविधा र सुरक्षाका बारेमा चासो राख्नुभएको छ ।

मन्त्री डा महतले नेपाली श्रमिकको सेवा सुविधाका लागि कतार सरकार गम्भीर रहेको भन्दै यहाँ समस्यामा परेकाको सुविधाका लागि सुरक्षित आवास गृहको स्थापना गर्ने र मजदुरले पाउनुपर्ने सुविधा नपाई कानुनी समस्या झेल्नुपरेको अवस्थामा अदालतसम्म पुग्दा झन्झटिलो हुने भएकोले श्रम मन्त्रालयअन्तर्गत नै एक संयन्त्र स्थापना गरी त्यहीँबाट समस्या समाधान गर्ने बिषयमा छलफल भएको उहाँका प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभयो ।

नेपालमा एक पोलिटेक्निकल कलेज स्थापना गरी दक्ष जनशक्ति उत्पादन गर्न र नेपालको पर्यटन, हाइड्रोपावर तथा टेलिकममा कतारले लगानी गर्ने विषयमा पनि छलफल भएको प्रेस संयोजक पाठकले बताउनुभयो ।

भेटमा नेपालले आगामी चैतमा गर्न लागेको लगानी समिटमा कतारले एक अनुसन्धान टोली पठाउने र त्यसले नेपालका कुन कुन क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने बारेमा दिएको सुझावका आधारमा कतारले नेपालमा लगानी गर्ने बारेमासमेत छलफल भएको थियो ।

छलफलका क्रममा कतारमा रहेका ठूलो संख्याका नेपालीको हकहित तथा उनीहरूले पाउनुपर्ने सुविधा र सुरक्षामा नेपालले राखेको चासोप्रति कतार अत्यन्तै सकारात्मक भएको बताइएको छ । अन्तर्राष्ट्रिय मापदण्ड तथा परिवर्तित सन्दर्भमा कतारको श्रम कानुनमा गरिएको सुधारलाई मन्त्री डा महतले खुलेर स्वागत गर्नुभएको प्रेस संयोजक पाठकले जनाएको छ ।

भेटमा मन्त्री डा महतले कतारका अमिरलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्नुभएको र अमिर थानीले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको तथा नेपाली कामदारको हकहितका लागि कतारले सधै विशेष ध्यान पुर्याउने बताउनुभयो ।

उहाँले कतारमा कर्यरत नेपालीहरू परिश्रमी र इमान्दार रहेका भन्दै नेपालीको उच्च प्रशंसा गर्नुभएको थियो । त्यस अवसरमा मन्त्री डा महतले दक्ष जनशक्तिको रोजगारीमा नेपालीको कोटा बढाउन गर्नुभएको मागप्रति उहाँ सकारात्मक हुनुभएको थियो ।

यसै गरी मन्त्री डाा. महतले त्यहाँका विदेशमन्त्री सेख मोहम्मद विन अवदुल्रमानसँग पनि दुई देशबीचको हितका बारेमा कुराकानी भएको थियो । उहाँहरुको भेटमा सम्बन्धको सुदृढिकरणका साथै अन्य आपसी फाइदाका बारेमा आगामी दिनमा उच्चस्तरीय भेटलाई थप अभिबृद्धि गर्ने बारेमा छलफल भएको थियो ।

त्यसै कतारका श्रम मन्त्री डा. इस्सा विन साद अल जफालीसँग कतारमा रहेका नेपालीहरूको श्रमिकको हकहित र सेवा सुविधाका विभिन्न पक्षमा विस्तृत छलफल भएको थियो ।

भेटमा नेपालका दक्ष तथा अर्धदक्ष कामदारको कोटा बढाउने, चौविस घन्टे विमा सुविधा लागू गराउने, सन् २००५ मा भएको श्रम सम्झौतामा आवश्यक परिमार्जन गर्ने, श्रमिकको विभिन्न समस्या तथा गुनासोको छिटोछ्रन्दा छिटो समाधानका लागि अलग्गै संयन्त्र बनाउने, सुरक्षित आवस गृहको व्यवस्था गर्ने, कतारको श्रम मन्त्रालय र नेपाली दूताबासबीच समन्वय र सहकार्य बढाउनेलगायतका विषयमासमेत छलफल भयो ।

सो अवसरमा कतारका श्रम राज्यमन्त्री पनि उपस्थित हुनुहुन्थ्यो । यी सबै मुद्दामा कतार सरकार सकारात्मक रहेको र आवश्यक सहयोग गर्ने प्रतिबद्धता उहाँहरूले व्यक्त गर्नुभएको थियो । भेटमा श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि भूर्तेल पनि सहभागी हुनुहुन्थ्यो ।

यी द्विपक्षीय भेटहरूमा परराष्ट्र सचिव शंकरदास बैरागी, कतारका लागि नेपाली कार्यबाहक राजदूत मणिरत्न शर्मा, परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखाका कौशलकिशोर राय पनि सहभागी हुनुहुन्थ्यो ।

नेपाली कामदारको मानवअधिकार रक्षार्थ नेपाल–कतारबीच समझदारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK