नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

ENGLISH

POLITICS

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

यादब देवकोटा

20 November, 2018 | Sandeep Bhattarai | 1340 Views | comments

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट गुज्रिरहेको छ । देशमा भएका सबै किसिमका राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसको विगतको इतिहास वर्तमानमा स्खलित भएको छ र यस्तै अवस्था रहने हो भने यसको भविष्य के हुने भन्ने प्रश्न उठेको छ ।

लामो समयदेखि नेताहरुको व्यक्तिगत स्वार्थले जन्माएको गुटबन्दीका कारण तीनवटै तहको निर्वाचनमा कांग्रेस नराम्रोसंग पराजित भयो । अर्थात् कांग्रेसले भोट त पायो तर त्यो भोट अरुलाई उछिन्न काफी भएन । अहिले कांग्रेसभित्र यसैको समीक्षा हुने क्रममा छ– महासमिति बैठक मार्फत ।

कांग्रेस पुरानै अवस्थाबाट चल्ने कि नयाँ धार समात्ने ? अहिलेको जल्दोबल्दो प्रश्न हो यो । हुन त कांग्रेसमा मात्र हैन सबै दलहरुमा यस्तै समस्या छ । नेतृत्व हस्तान्तरण र पुस्ता हस्तान्तरणको सम्भावना अहिलेसम्म कुनै दलमा देखिएको छैन । अरु दल र कांग्रेसमा के भिन्नता छ भने कांग्रेस जन्मजात प्रजातान्त्रिक पार्टी भएकाले उसले लिने प्रजातान्त्रिक अभ्यास, नीति र रणनीति अरुका लागि पनि मार्गदर्शन बन्न पक्कै सक्छ ।

अहिले मुलुकमा वामपन्थी नेतृत्वको दुई तिहाईको सरकार छ । यो सरकारका कतिपय निर्णयहरु प्रजातान्त्रिक बिधिभन्दा बाहिरको छ भन्ने आरोप छ । सरकारमा जे गरे पनि हुन्छ भन्ने दम्भ विकास भएको छ । यसको कारण प्रतिपक्षी बलियो नहुनु हो । आजसम्म कांग्रेसले सरकारलाई ‘लाइन’मा ल्याउने गरी भूमिका निर्वाह गर्न सकेको छैन । नेतृत्वमा रहेका नेताहरु कसरी भावी नेतृत्व हत्याउने र जोगाउने भन्ने खेलमा रुल्मुलिइरहेका छन् । यसले कांग्रेसको प्रभावकारिता दिन प्रतिदिन कमजोर बन्दै गएको छ ।

नेपाली कांग्रेसमा नेताको कमी छैन तर सही नेतृत्वको भने अभाव छ । कांग्रेस अहिले पनि समर्थकहरुको भरमा टिकेको छ । नेताको भर छैन । नेताहरुलाई पार्टीकोभन्दा आफ्नो र आफ्नो गुटको चिन्ता छ । अहिले केही युवा पुस्ताका नेताहरु जुर्मुराएर उठेको जस्तो देखिन्छ तर, उनीहरु पनि कुनै न कुनै गुटको शिकार नहोलान् भन्न सकिन्न । देउवा गुट, पौडेल गुट, सिटौला गुटले पार्टीलाई थिलथिलो बनाइरहेको छ । एकले अर्कोको आलोचनमाा समय खर्चेर मुलुकको समग्र राजनीतिक अवस्थाप्रति कांग्रेस बेखबर जस्तै छ । मुलुक संचालनमा कांग्रेसको भूमिका शून्य देखिएको छ ।

कुनै पनि राजनीतिक दल कमजोर हुने र कुनै दल चाहिनेभन्दा शक्तिशाली हुनु प्रजातान्त्रिक पद्धतिका लागि राम्रो मानिंदैन । अहिले त्यस्तै भैरहेको छ । चुनावमा पार्टी किन हार्यो भन्ने प्रश्नको उत्तर खोज्ने नेताहरुले एकले अर्कोलाई दोष दिइरहेका छन् । समस्या यहीबाट उत्पन्न हो । उम्मेदवार कांग्रेसको नभएर गुटको मात्र बन्न पुग्दा चाहिने जति सहयोग भएन । सरकारमा बसेर निर्वाचन गराएको कांग्रेसले यति लाजमर्दो नतिजा ल्याउने कल्पना कसैले पनि गरेका थिएनन् । तर आपसी सहयोग र गुटबन्दीका कारणा कांग्रेस थलापर्यो ।

समय बितिसकेको छैन । अब नेतृत्व हस्तान्तरणको बेला आएको छ । देउवालाई अब किन सभापति बन्नु प¥यो । रामचन्द्र पौडेलको राजनीतिक जीवन पार्टी सभापति नहुँदा समाप्त हुने हैन । राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा स्थापित भैसकेका नेताहरुले पार्टीको सभापति र केन्द्रीय सदस्यका लागि मरिहत्ते गरेर गुटबन्दी सिर्जना गर्दा निम्तिएको संकटलाई चिर्ने दायित्व अब अर्को पुस्ताले लिनैपर्छ । त्यो पुस्तामा भएको क्षमता र लोकप्रियताको उपयोग उनीहरुले गर्नैपर्छ ।

लोकतान्त्रिक पद्धतिमा शक्तिमा बस्ने एउटा निश्चित अवधि हुन्छ– कांग्रेसले पनि त्यो अबधि तोक्नुपर्छ । अझ एक फड्को अघि बढ्ने हो भने नेतृत्वका लागि उमेरहद तोके झन जाति । ७० कटेका नेताहरु अभिभावकका रुपमा पार्टीमा बसेर निस्वार्थ ढंगले नयाँ पुस्तालाई सघाउने दिशातिर लाग्ने हो भने कांग्रेसको अवस्था अबको चार वर्षमा अहिलेको नेकपाको जस्तो बन्दैन भन्न सकिन्न । यसका लागि त्याग चाहिन्छ । नेताहरुले त्याग नगर्दा नै नेपाल विग्रिएको हो । आफ्नो र पराई छुट्याएर व्यवहार गर्दा सिंगो देश असफलताको दलदलमा फस्दै गएको छ ।

सरकार असफल हुनु र सरकारले मनलाग्दी गर्नुमा उसको दम्भ जति जिम्मेवार छ प्रमुख पतिपक्षी दलको भूमिका पनि उत्तिकै जिम्मेवार छ । सरकार निरन्तर संवादमा रहेर गलत र सही कुराको समीक्षा गर्न कांग्रेसलाई कसले रोक्यो ? सामाजिक संजाल र पत्रपत्रिकामा बोलेर वा लेखेर मात्रै जिम्मेवारी पूरा हुँदैन । नेतृत्व हस्तान्तरण गर्न नेताहरु तयार हुनुपर्छ । नेतृत्व हस्तान्तरण पनि बुढो पुस्तामा हैन नयाँ पुस्तामा हुनुपर्छ, जोसंग क्षमता, दक्षता र काम गर्ने जाँगर छ ।

महासमिति बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव पारित हुनेछ र त्यसलाई आगामी महाधिवेशनले अनुमोदन गर्नेछ । के यसबीचमा पार्टीलाई शुद्धिकरण अभियानतर्फ नेताहरु एकढिक्का भएर लैजान्छन् कि गुटबन्दीमा केन्द्रित भएर नेतृत्व हत्याउने खेलमा लाग्छन् ? कांग्रेसको भविष्य यसैमा टिकेको छ । समग्रमा भन्दा कांग्रेसको गौरबशाली इतिहास जोगाएर मुलुकको प्रजातान्त्रिक पद्धतिलाई मजबुत पार्ने जिम्मा अब युवा पुस्ताले लिनैपर्छ । यसले मात्रै कांग्रेस टिक्नेछ ।

(प्रस्तुत विचार युगसम्वाद साप्ताहिबाट साभार गरिएको हो)

प्रक्रिया पुर्याएर सत्ता हस्तान्तरण गर्न कांग्रेस आतुर छः प्रकाशमान सिंह

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ओसाका-काठमाडौं हवाई उडान फेब्रुअरीबाट

लामो समयपछि काठमाडौं र जापानबचि सिधा हवाई सेवा सुरु...

गायिका नित्याशिवाको रोमान्टिक गीत ’पिरतिको धार ले’ सार्वजनिक (भिडियो सहित)

गायिक नित्याशिवाकोे आवाजमा रहेको नयाँ गित ’पिरतिको धार ले’...

एनआरएनए तेस्रो अफ्रिका बैठकको तयारी पूरा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को तेस्रो अफ्रिका क्षेत्रीय बैठकको सबै...

‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यान्वयन उपसमितिले पूर्ण

सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को कार्यक्रम कार्यान्वयन उपसमितिलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK