नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर २’ कोलोराडोमा प्रर्दशन

ENGLISH

NRN GLOBAL

नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर २’ कोलोराडोमा प्रर्दशन

नातिबाबु भट्ट, कोलोराडो, अमेरिका

13 March, 2018 | Sandeep Bhattarai | 3150 Views | comments

नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर २‘ कोलोराडोको बोल्डरमा प्रदर्शन गरिएको छ ।

बोल्डर नेपाल र ब्रमुण्डा ईन्टरटेन्टको संयूक्त आयोजनामा तथा चलचित्र निर्देशक झरना थापाको उपस्थितीमा चलचित्र प्रदर्शन गरिएको हो । निर्देशक झरना थापालाई कार्यक्रम स्थलमा परंपरागत धिमेबाजा, फूलका गुच्छा र खादाद्धारा स्वागत गरिएको थियो ।

कार्यक्रममा समाजसेवी डा. बिष्णुबहादुर श्रेष्ठ तथा सबिता श्रेष्ठले निर्देशक झरना थापालाई मायाको चिनो प्रदान गरेका थिए, भने लङमन्ट हिमालयज् लायन्स क्लवका अध्यक्ष प्रमोद श्रेष्ठ, बौद्ध समाज कोलोराडोका अध्यक्ष अक्कल तमाङ्ग, बोल्डर नेपालका बिके श्रेष्ठलगायतका व्यक्तिहरुले खादा पहिराएर सम्मान गरेका थिए । त्यस्तै कार्यक्रममा उपस्थित अभिनेता सुनिल क्षेत्री, नायिका साहारा कार्कि, चलचित्र निर्देशक कृष्णमुरारी ढुङ्गेल, पूर्व मिस नेपाल ईशानी श्रेष्ठ, मिष्टर नेपाल युएसए आशिस श्रेष्ठ लगायतका कलाकारहरुलाई खादा पहिराएर सम्मान गरिएको थियो ।

बोल्डर नेपालका बिके श्रेष्ठले फिल्महेर्न उपस्थित सबैलाई धन्यवाद दिदै यस प्रर्दशनबाट उठेको ५० प्रतिषद रकम मेकअप आर्टिष्ट ईन्द्रलामा र भर्जिनिया उठेको २५ प्रतिशत चितवनका विवेक परियारको उपचारमा खर्च गरिने घोषणा गर्दै अन्य ठाउँको रकम पनि त्यस्तै सामाजिक क्षेत्रमा खर्च गरिने प्रतिबद्धता जनाएका थिए । कार्यक्रम दिनेश कार्कीले सचालन गरेका थिए ।

कार्यक्रमको दोश्रो चरणमा निर्देशक कृष्णमुरारी ढुङ्गेल स्विच थिचेर फिल्मको प्रदर्शन सुरु गरेका थिए । हरिहर अधिकारीद्धारा लिखित तथा सुनिल थापाद्धारा निर्मित यस चलचित्र झरना थापाद्धारा निर्देशित पहिलो चलचित्र हो । यसमा सम्राज्ञी राज्यलक्ष्मी शाह, सलिममान बानिया, अमर सुवेदी, बुद्धि तमाङ लगायतका कलाकारहरुको उल्लेखनिय भूमिका रहेको छ ।

विश्वको अग्लो स्थानमा रहेको तिलिचोताल, जोमसोम, फेवाताल र नेपालको सुन्दर तथा प्राकृतिक मनमोहक पहाडी श्रृखलाहरु समेटिएको प्रेम कथामा आधारित चलचित्र एक पटक हेर्नै पर्ने दर्शकहरुले प्रतिकृया दिएका छन् ।

सच्चा प्रेमको प्रतिबिम्ब : चलचित्र ‘ए मेरो हजुर २’ (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK