नेपाली एकता समाज ओमानले सरकारलाई बुझायो ज्ञापनपत्र

ENGLISH

NRN GLOBAL

नेपाली एकता समाज ओमानले सरकारलाई बुझायो ज्ञापनपत्र

बिनेश खनाल मस्कट ,ओमान

8 May, 2017 | Sandeep Bhattarai | 710 Views | comments

ज्ञापनपत्र

ओमान नेपाली एकता समाजले खाडी मुलुकमा कार्यरत कामदारहरुको विषयमा विभिन्न माग राख्दै नेपाली राजदुतावास मस्कट मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

गत बिहीबार अन्तराष्ट्रिय नेपाली एकता समाजका शोभाकान्त लामिछाने , नेपाली एकता समाज ओमानका अध्यक्ष छबिलाल बस्नेत र महिला बिभाग प्रमुख गिता लिम्बू लगायतको प्रतिनिधि मन्डलले अध्यक्ष बस्नेतको हस्ताक्षर भएको ज्ञापनपत्र कार्यबाहक राजदुत रोजिना ताम्राकार मार्फत नेपाल सरकारलाई पठाएको हो ।

जारी ज्ञापन पत्रमा नेपाल सरकारले बिदामा नेपाल फर्केर पुन रोजगारमा फर्कन चाहने घरेलु कामदारहरुको श्रम स्वीकृतिमा रोक लगाएको गलत भएको भन्दै पुन श्रम स्वीकृति दिने कार्य सुचारु गर्न माग गरिएको छ ।यस्तो कदमले प्रवासमा श्रम गरि परिवार पाल्ने महिलाहरुको रोजिरोटि नै बन्दभई आश्रीत परिवार समेत प्रभावित भएको बताएका छन् ।

ज्ञापन पत्रमा भनिएको छ- जेनतेन बालबच्चाहरु पढाई रहेका जिविका निर्वाह गरिरहेका महिलाहरुलाई रोजगारबाट बन्चित गराउनु राम्रो कार्य नहुने र अधिकांश महिलाहरु अशिक्षित र बिपन्न बर्गको भएको हुनाले उनिहरुले तत्काल कुनै जागीर वा ब्यवसाय गर्न पनि असक्षम हुनेहुंदा अनि त्यसको लागि सरकारले तत्काल त्यस्तो कुनै बैकल्पिक ब्यवस्था गर्न पनि सक्ने अवस्था नभएको हुँदा यसलाई तत्काल फिर्ता लिएर बिदामा घर गएर फेरि फर्केर काम गर्न चाहने महिलाहरुको निम्ति सहज वातावरण तय गर्न समेत सरकारसंग जोडदार माग गर्दछ।

साथै महिलाहरुलाई विभिन्न देशको विमानस्थल प्रयोग गरी सेटिङमार्फत महिला ओसार-पसार गर्ने काम सरकारले अझै रोक्न नसकेको र खाडीमा महिलाहरुको समस्यामा कुनै कमि नआएकोले नयाँ आउन चाहने महिलाहरुलाई सरकारको संरक्षकत्वमा संभावना भएका देशमा पठाउने ब्यवस्था गर्न पनि भनीएको छ ।

लाखौंको संख्यामा प्रवासमा रहेका युवाहरुलाई प्रवासबाट नै सबै प्रकारका चुनावहरुमा मतदान र प्रतिनिधित्वको ब्यवस्था गर्न पनि माग गरिएको छ । यस्तै सरकारले मलेसिया लगाएत खाडी मुलुकमा जान चाहनेहरुलाई लागू गरिएको फ्री भिसालाई कडाई पूर्वक लागू गर्न पनि माग गरेको छ ।

उक्त ज्ञापन पत्रमा साउदी स्थित नेपाली राजदूत उदय राज पान्डेको कार्यकाल देखिको प्रयासमा ओमानमा बहाल रहेका पूर्व राजदूतहरुको रोहवरमा नेपाली संघसंस्थाहरुबीच भएको छलफलमा ओमानमा सबै नेपालीहरुलाई समेट्ने गरी नेपाली सोसियल क्लब दर्ता गर्ने सहमति भएको तर हाल आएर गैर आवासीय नेपाली संघ ओमानले एक्लौटी ढङ्गबाट गैर आवासीय नेपाली सोसियल क्लब दर्ता गरेकोमा आपत्ति जनाउँदै ओमान सरकारको कानुन अनुसार कुनै एक क्लब मात्र दर्ता गर्न मिल्ने भएको हुंदा कुनै एक संस्था विशेषको नाममा नभई सबै नेपालीको साझा नेपाली सोसियल क्लब दर्ता गर्नको लागि पहल गर्न पनि दूतावास मार्फत नेपाल सरकार संग माग गरेको छ।

सो अवसरमा कार्यबाहक राजदूत ताम्राकार र सहचारी लाल बहादुर अर्यालले सम्बन्धित बिषयमा सहभागी टोलिद्वारा सोधिएको जिज्ञासामाथी प्रकाश पारेका थिए ।

ओमानबाट नेपाली महिलाको समस्या दिनदिनै बढेको भन्दै सरकारलाई ज्ञापनपत्र

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK