नेपाली अमेरिकी डाक्टर शाह अमेरिकामा स्पिरिट अफ मेडिसिन पुरस्कारद्वारा सम्मानित 

ENGLISH

NRN GLOBAL

नेपाली अमेरिकी डाक्टर शाह अमेरिकामा स्पिरिट अफ मेडिसिन पुरस्कारद्वारा सम्मानित 

21 September, 2016 | Sandeep Bhattarai | 1185 Views | comments

एक नेपली अमेरिकी क्यान्सर चिकित्सक डा. विनय शाह स्वेनी स्पिरिट अफ मेडिसिन पुरस्कारबाट सम्मानित भएका छन् । विपन्न वर्गमा स्वास्थ्य सेवाको पहुँच पुर्याउनको लागि मानवीय कार्य गरेबापत शाहलाई इलिनोइस विश्वविद्दालयले यो पुरस्कार प्रदान गरेको हो । सेप्टेम्बर १७, सन् २०१६ का दिन इलिनोइस गालामा सो कार्यक्रम सम्पन्न भयो ।

 डा. विनय शाह

इलिनोइस विश्वविद्दालय अन्तर्गत कलेज अफ मेडिसिन अमेरिकाकै सबैभन्दा ठूलो मेडिसिन कलेज हो । स्पिरिट अफ मेडिसिन पुरस्कार इलिनोइस विश्वविद्दालय कलेज अफ मेडिसिनसँगको सहकार्यमा सामुदायिक सेवाका निम्ति काम गर्ने समुदाय साझेदार, व्यक्ति, निगम वा संस्थालाई हरेक वर्ष प्रदान गरिंदै आएको छ । सो पुरस्कार्र चिकित्सा शिक्षा, नागरिक संलग्नता लगायत समुदायको सम्पूर्ण स्वास्थ्य सुधारमा अग्रसरता तथा नेतृत्व लिएका व्यक्ति या संस्थाहरुलाई प्रदान गरिंदै आएको छ ।

नेपालमा पहिलो बोनम्यारो प्रत्यारोपण केन्द्र (बिएमटि) स्थापनामा डा. शाहले अहम् भूमिका निभाएका छन् । सिभिल सर्भिस अस्पताल काठमाडौंमा सो प्रत्यारोपण केन्द्र स्थापित गरिएको छ । उनको संस्था विनयतारा फाउण्डेशन (बिटिएफ) ले नेपालको बिएमटि टीमलाई सिकागो (अमेरिका) स्थित इलिनोइस विश्वविद्दालयमा तालिम प्रदान गर्नको लागि आर्थिक सहयोग गर्यो । सो तालिम दुई चिकित्सक र एक नर्सलाई दिइएको थियो । हाल कोलम्बो विश्वविद्दालय (श्री लंका) मा अध्ययनरत एक चिकित्सकलाई क्लिनिकल जेनेटिक्समा तालिमका निम्ति बिटिएफ आर्थिक सहयोग गरिरहेको छ ।

यी चिकित्सक सन् २०१७ मा सिभिल सर्भिस अस्पतालको बिएमटि टिममा आवद्य हुने आशा छ । क्यान्सर केयर नेपालसँगको सहकार्यमा विनयतारा फाउण्डेशनले ललितपूर जिल्लामा होम हस्पिस कार्यक्रम पनि स्थापना गरेको छ । विटिएफले हस्पिस केयर टीमलाई तालिम दिलाउनुका साथै चिकित्सकिय तथा बिमारीको हेरचाह गर्ने कर्मचारीको तलब, उपकरण, मोटरसाइकल यातायात, एवम् इलेक्ट्रोनिक चिकित्सा रेकर्डको खर्च व्यहोरी बिमारीको घरैमा निशुल्क सेवा प्रदान गराएको छ ।

डा. शाह नेपालमा हुर्के । वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिकित्सा विज्ञान अध्ययन गरेका शाहले अमेरिकाको लंग आइल्याण्ड कलेज अस्पताल, न्यू योर्कमा इन्टर्नल मेडिसिन रेसिडेन्सि तथा इलिनोइस विश्वविद्दालय सिकागोमा हेमाटोलोजी अन्कोलोजी फेलोसिप गरेका थिए ।

विनयतारा फाउन्डेसन ( BTF) इलिनोइसको आन्तरिक राजस्व कानूनको दफा ५०१ (ग) (३) बमोजिम करछूट हुने गैर मुनाफायुक्त संस्था हो । बिटिएफ लोक कल्याणकारी योजना भित्र बोनम्यारो प्रत्यारोपण केन्द्र (बोनम्यारो ट्रान्सप्लान्ट सेन्टर ), होम हस्पिस कार्यक्रम (होम हस्पिस प्रोग्राम), क्यान्सर स्क्रिनिङ, श्रोतसाधन नपुगेका समुदायका लागि चिकित्सा अनुसन्धान अनुदान जस्ता कुराहरु पर्छन् । बिटिएफका अन्य कार्यक्रमका जानकारी लिनका लागि, www.binayafoundation.org मा गएर बुझ्न सक्नु हुनेछ ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK