नेपालीे घरद्धारा दुई छात्राहरुलाई छात्रवृत्ति प्रदान

ENGLISH

NRN GLOBAL

नेपालीे घरद्धारा दुई छात्राहरुलाई छात्रवृत्ति प्रदान

नातिबाबु भट्ट, कोलोराडो, अमेरिका

8 October, 2018 | Sandeep Bhattarai | 2915 Views | comments

नेपालीे घरद्धारा दुई छात्राहरुलाई छात्रवृत्ति प्रदान

कोलोराडोमा सक्रिय सामाजिक संस्था नेपाली घरले १२ कक्षा पासगरि कलेज गएका जेहन्दार २ छात्राहरुलाई एक समारोहबीच छात्रवृत्ति प्रदान गरि सम्मान गरेको छ ।

नेपाली घरद्धारा गठित छात्रवृत्ति छनौट समितीलाई प्राप्त निवेदनहरु मध्येबाट यस बर्ष उत्कृष्ट २ जना छात्राहरुलाई छात्रवृत्ति दिने निर्यण गरेको हो । यसरी छात्रवृत्तिद्धारा पुरस्कृत हुनेहरुमा जोत्शीला ढकाल र ईशा कार्की रहेका छन् ।

सम्मानित छात्राहरुलाई नेपाली घरका सल्लाहकार तथा प्रेसिडिङ काउन्सिलका सदस्य रामप्रसाद श्रेष्ठ, कोलोराडोका लागी नेपालका अवैतनीक पर्यटन दू त तथा अन्तराष्ट्रिय कलाकार मन्चका अध्यक्ष साबु गदाल, नेपाली घरका अध्यक्ष लछुमन राना, ग्लोवल भुटनिज कम्यूनिटी अफ कोलोराडोका अध्यक्ष सोम बराल, एनआरएन कोलोराडो च्यप्टरका अध्यक्ष राज ढुङ्गाना, अरोरा हिमालयज् लायन्स क्लबका अध्यक्ष कपील सुबेदी नेपाली घरका पूर्व अध्यक्ष योगराज गौतमलगायतका अतिथीहरुले एक हजार डलर नगद, ट्रफी, प्रमाण पत्र प्रदानगरी खादा लगाईदिई सम्मान गरेका हुन् ।

नेपालीे घरद्धारा दुई छात्राहरुलाई छात्रवृत्ति प्रदान

नेपाल र अमेरिकाको राष्ट्रियगान गाएर सुरु गरिएको कार्यक्रममा नेपाली घरका सल्लाहकार रामप्रसाद श्रेष्ठ, प्रेसिडिङ काउन्सिलका सदस्य संगीता श्रोत्रीया, कोलोराडोका लागी नेपालका अवैतनीक पर्यटन दूत साबु गदाल, नेपाली घरका अध्यक्ष लछुमन राना, ग्लोवल भुटनिज कम्यूनिटी अफ कोलोराडोका अध्यक्ष सोम बराल, एनआरएन कोलोराडो च्यप्टरका अध्यक्ष राज ढुङ्गाना, युनिभर्सल पिस क्रेटर्स अध्यक्ष ईभेत लार्रेया, अरोरा हिमालयज् लायन्स क्लबका अध्यक्ष कपील सुबेदीले लगायतका वक्ताहरुले शुभकामना मन्तब्य दिएका थिए ।

उनीहरुले विजयी छात्राहरुलाई बधाई सहित उज्वल भविष्यको कामना गर्दै प्रवासमा हुर्केका नयाँ पुस्तालाई नेपाल, नेपाली संस्कृति र समुदायप्रति उत्तर दायित्व महशुस गराउने उत्तम प्रयास भन्दै कार्यक्रमको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा कोलोराडोका गन्यमान्य, बुद्धीजिवी, आयोजक संस्थाका पदाधिकारी, सर्वसाधारण तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

संस्थाका अध्यक्ष लछुमन रानाको सभापतित्वमा, अरोरा स्थित भिलेज एक्सचेन्ज सेन्टरमा सम्पन्न कार्यक्रमको संच्ँँलन छात्रवृत्ति छनौट समितीका संयोजक प्रमोद श्रेष्ठले गरेका थिए भने नेपाली घरका महासचिव निर्मल श्रेष्ठले कार्यक्रमको उद्देश्य प्रष्ट्याएका थिए । कार्यक्रममा कोषाध्यक्ष जगदिश ढकालले कार्यक्रम सम्पन्न गर्न नेपाली घरको खातामा रहेको पैसा खर्च नगरिएको जानाकारी गराउदै उक्त कार्यक्रमको लागि सहयोय गर्ने दाताहरुको नाम सार्वजनिक गरेका थिए ।

सम्मानित छात्राहरुबाट छनौट समितीले विशेष प्रावधान तोकेर निवेदन आह्वान गरेको थियो । जसमा यसै बर्ष १२ पास गरेको, कोलोराडोमा बसोवास गरेको, समुदायमा सामाजिक कृयाकलापमा भाग लिएको, फुल टाईम कलेज पढ्ने प्लान गरेको, थोरैमा ७५ प्रतिशत वा ३.० जिपीए भएको , कलेजले भर्नाको लागी छनौट गरेर पठाएको लिखित पत्र समावेश गर्नु पर्ने जस्ता प्रावधानहरु रहेका थिए ।

यसको साथै समितीले निवेदकहरुलाई ८ सय शब्द सम्मको निवन्ध लेखि समावेश गर्नुपर्ने सर्त राखेको थियो । नेपाली घरद्धारा प्रमोद श्रेष्ठको संयोजकत्वमा गठित समितिमा, लछुमन राना, नातिबाबु भट्ट, उत्तम राईले विजयी छात्राहरुको नाम सिफारिस गरेको हो ।कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई धन्यवाद दिदै नेपाली घरका अध्यक्ष लछुमन रानाले नेपाली घरले अमेरीकी कल्चरमा हुर्कदैै गरेका भावी पुस्तामा नेपाली संस्कृतीको जगेर्ना गराउन तथा उनीहरुलाई नेपाली समुदाय तर्फ आकर्षित गराउन यस्ता कार्यक्रम ल्याईएको बताए ।

नेपालीे घरद्धारा दुई छात्राहरुलाई छात्रवृत्ति प्रदान

यहाँ जन्मे हुर्केका बालबालिकाहरु माझ आगामी दिनमा यस्ता कार्यक्रमहरु अघि नसारे नेपाली भाषा संस्कृति जोगाउन कठिन हुने अवस्था आएको भन्दै यस्ता कार्यक्रमले केही हद सम्म बालबालिका र तिनिहरुको परिवारलाई नेपाली समुदायतर्फ आकर्षित गराउने धारणा राखे ।

नेपालीे घरद्धारा छात्रवृत्तिको लागि निवेदन दिने समय थप

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK