नेपालीहरुको समस्या समाधानका लागि यूएई दुतावास क्रियाशील

ENGLISH

NRN GLOBAL

नेपालीहरुको समस्या समाधानका लागि यूएई दुतावास क्रियाशील

रामप्रसाद ढुंगेल,युएई

3 July, 2017 | Bipin Acharya | 680 Views | comments

‘सेवामैत्री प्रसाशन, संघीयतामा सुशासन’ को अवधारणामा दूतावास दिनरात नेपालीहरुको समस्या समाधानार्थ क्रियाशील रहेको युएईका लागि कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनले बताएका छन् ।

आफू कार्यबाहक राजदूत भएपछि मजदुर केन्द्रीत भएर दैनिक कामकारबाही अगाडि बढाएको,दूताबास निरन्तर सेवामुखी भएकोे र दूतावासले प्रदान गर्ने सेवाहरु छिटोछरितो ढंगले सम्पादन भइरको उनले दाबी गरेका छन् ।

राजदूतावासको कन्सुलर सम्बन्धी कार्यविधि तथा आप्रबासी नेपाली कामदारहरुका लागि सचेतना कार्यक्रम लिएर अलएन शहरमा दूतावासले आयोजना गरेको छलफल तथा अन्तक्रिया कार्यक्रममा नेपाली कामदारहरुका समस्या समाधानमा नेपाली राजदूतावास युएईले गरिआएका प्रयासहरुबारे जानकारी दिइएको थियो ।

गत जुन ३० तारिक शुक्रबार अलऐनको आयला ग्रान्ड होटेलमा नेपाली कामदारहरुका समस्या र समाधानको विषयमा विशेष छलफल र अन्तक्रिर्या कार्यक्रममा दूतावासले हालसम्म गरेका कामहरुको फेहरिस्त समेत प्रस्तुत गरिएको थियो ।

नेपालीहरुका समस्या समाधान गर्न युएईमा रहेका नेपाली संघसंस्था तथा पत्रकारहरुको भूमिका उच्च रहने भन्दै सहकार्यका लागि कार्यवाहक राजदूत टण्डनले सबैलाई आहृवान गरेका गरे ।

नेपाली दूतावास अबुधावीले आयोजना गरेको कार्यक्रमको सञ्चालन द्वितीय सचिव तथा सूचना अधिकारी कृष्ण अर्यालले गरेका थिए । कार्यक्रमको सुरुमै नेपाली राष्ट्रगान प्रस्तुत गरिएको थियो ।

कार्यवाहक राजदूत टन्डनले कार्यक्रममा सहभागी सबैलाई स्वागत मन्तब्य प्रस्तुत गरेका थिए । राजदूतावासको कार्यसञ्चान सम्बन्धी कार्यविधि तृतीय सचिव संगीता न्यौपानेले प्रस्तुत गरेकी थिइन् ।

दूतावासका सहचारी केशवराज पोख्रेलले आप्रवासी नेपाली कामदाहरूका लागि सचेतनामूलक सामग्री प्रस्तुत गरेका थिए । उनले युएईको कानुनसँग अन्तर्गत रहेर वैदेशिक रोजगारमा रहेका कामदारहरुले के गर्दा आफ्नो लागि राम्रो हुने र के गर्दा नराम्रो हुने भन्नेमा विषेश जोड दिएका थिए ।

कार्यक्रममा अलएनमा रहेका विभिन्न संघसंस्थाहरुले गरेका कार्य प्रतिवेदन र उक्त क्षेत्रमा रहेका मजदुरका समस्याहरुको बारेमा अन्तक्रिर्या भएको थियो । दूतावासका प्रतिनिधिहरुले आफ्नो क्षमता र साधनश्रोतले भ्याएसम्म युएईको नीतिनियम, धर्म, कानुनको परिधिभित्र रहेर सक्दो सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएका थिए ।

अलएन क्षेत्रमा मजदुरहरुबीच समस्या र समाधानका विषयमा राजदूतावासका सम्पूर्ण कूटनीतिज्ञहरु र उपस्थितीहरुबीच खुल्ला अन्तक्रिर्या कार्यक्रम भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा भिजिट भिसा अनि विभिन्न कारणबाट युएईको कारागारमा कैदी जीवनयापन गर्न बाध्य भएका नेपालीहरुको उद्धारका लागि लागि राजदूतावासले खेल्ने भूमिका, नेपाली चेलीहरुको घर बिदा जान/आउन भएको कठिनाइ, हुण्डी कारोबार नियन्त्रण, म्यानपावरको आवरणमा हुने दलालीकरण लगायतको विषयमा अन्तक्रिर्या कार्यक्रममा चर्चा भएको थियो ।

कार्यबाहक राजदूत टन्डनले सबैको समस्याप्रति दूतावास गम्भीर रहेको बताए पनि विविध कारणवश सबै नेपालीहरुका समस्या एकैपटक समाधान हुन नसक्ने कानुनी बाध्यता बुझिदिन आग्रह गरेका थिए ।

उनले सबै हुण्डी कारोबार गर्नेहरुलाई युएई प्रशासन समक्ष रिपोर्ट गर्न सुझाव दिँदै भिजिट भिसा प्रकरणबाट ठगी हुने समस्यालाई रोक्न कूटनैतिक पहल भइरहे पनि सम्बन्धित निकायलाई पूर्णतया रोक्न नसकेको स्वीकारेका थिए ।

कार्यक्रममा केही घरेलु महिला कामदारहरुले समयमा तलब नपाएको समस्या लिएर उपस्थित भएका थिए । आफ्नो समस्या सुनाउँदै गर्दा त्रिशूलीकी ४५ वषिर्य कल्पना नगरकोटी रोएकी थिइन् ।

उनी काम गर्ने कम्पनीले कहिले काम दिने कहिले काम नदिने र विगत चार महिनादेखि तलब समेत नदिएको र घर जान पनि नदिएको समस्या कार्यक्रममा राख्दै समाधानका लागि सहयोग गरिदिन दूतावासलाई आग्रह गरेकी थिइन् । त्यस्तै समस्याबाट पीडित रामेछापकी शान्ता श्रेष्ठ पनि आफ्नो समस्या दुतावासको पहलमा समाधान होस् भनी माग गरेकी थिइन् ।

कार्यबहाक राजदूत टन्डनले उनीहरुको समस्या समाधानका लागि आवश्यक प्रक्रिया अगाडि वडाउने सार्वजनिक रुपमा प्रतिबद्धता गरेका छन् ।

अन्तक्रिर्या कार्यक्रमको अन्त्यमा काउन्सिलर भेषबहादुर कार्कीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सुझाएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK