‘नेपालीले पाउने तलव श्रम–सम्झौतामै लेखियोस्’ : एनआरएनए उम्मेदवार

ENGLISH

‘नेपालीले पाउने तलव श्रम–सम्झौतामै लेखियोस्’ : एनआरएनए उम्मेदवार

11 October, 2017 | Bipin Acharya | 685 Views | comments

खाडी क्षेत्रका एनआरएन अभियान्ताहरुले मध्यपुर्वमा कार्यरत नेपालीले सरकारले निर्धारण गरेको तलव पाउन नसकेको भन्दै त्यसलाई कार्यान्वयन गराउन श्रम सम्झौतामै लेखिनुपर्नेमा जोड दिएका छन् ।

अक्टोवर १४ देखि काठमाडौंमा हुन गइरहेका गैरआवसीय नेपालीको विश्वसम्मेलनमा सहभागी हुन काठमाडौं आइपुगेका उनीहरुले वैदेशिक रोजगार पत्रकार समाजको समन्वयमा सोमवार काठमाडौंमा आयोजित अन्तरक्रियामा श्रम सम्झौतामा तलव तोकिएपछि मात्रै कम्पनीहरुले मागपत्रमा लेखिने तलव दिन बाध्य हुने वताएका हुन् ।

नेपालमा करारपत्र गरी लगिएका कामदारलाई गन्तब्य देशमा पुगेपछि कम तलव दिने गरेको छ । कतारमा खाना सहित १२ सय रियाल र खाडीका अरु देशमा एक हजार रियाल दिने भएपछि मात्रै श्रमस्वीकृति दिने गरेको छ ।

‘दूतावासले तलव तोक्ने वेला देखि नै हामीले गन्तब्य देशसँग गर्ने श्रम सम्झौतामा तलव उल्लेख गर्नुपर्छ भनिरहेका थियौ । त्यो नहुदाँ नेपालले निर्धारण गरेको तलव पुर्ण रुपमा कार्यान्वयनमा आएको छैन’, उपाध्यक्षका उम्मेदवारी दिएका नरेन्द्र भाटले भने,‘हरेक बर्षजस्तो नेपालीले पाएका समस्याहरु फेरिदै गइरहेको छ । पछिल्लो समयमा आजाद भिसा र भिजिट भिसाको रुपमा कामदारको तस्करी भइरहेको छ । दोहोरो करारपत्र र न्युन तलवमा काम गर्नुपर्ने बाध्यता छदैछ ।’

सचिवका उम्मेदवार रहेका मध्यपुर्व संयोजक डिवी क्षेत्रीले सरकारले वैदेशिक रोजगारमा जाने कामदारको सामाजीक सुरक्षाको ग्यारेन्टी गर्न ढिला भएको वताए । ‘हामीले विदेशमा काम गर्ने नेपालीसँग महिनाको एक हजार बचत गर्ने गरी हजारे अभियान शुरु गरेका छौं । यसमा योगदान गर्ने कामदारलाई पेन्सन दिने देखि राज्यले भनेको आयोजनाहरुमा लगानी गर्न सकिन्छ,’ उनले भने,‘कामदारको सामाजीक सुरक्षा गर्ने नै यो उचित माध्यम हो ।’

पटक पटक सरकार फेरिदा आफुहरुले उठाएको बिषयलाई सम्बोधन हुन ढिलाई भएको वताए । ‘दोश्रो संबिधानपछि बनेका चार वटै प्रधानमन्त्रीलाई भेटेर कामदारको सामाजीक सुरक्षाको ग्यारेन्टीको लागि हजारे अभियान लागु गरौ भन्यौ । सवै सकारात्मक पनि भए । तर कार्यान्वयन भएन,’ उनले भने,‘यसलाई जसरी पनि कार्यान्वयन गर्न हामी लागेका छौं ।’

कतारमा ब्यबसाय समेत गर्दै आइरहेका मध्यपुर्व संयोजकमा उम्मेदवारीका घोषणा गरेका आरके शर्माले मध्यपुर्वमा नेपालीले भागेका समस्यालाई समाधान गराउनको लागि सही सचेतना सवैभन्दा महत्वपुर्ण रहेको वताए । ‘कामदार कसरी सुरक्षीत रहने ? कसरी स्वस्थ हुने ? भन्ने बिषय निकै महत्वपुर्ण छ,’ उनले भने,‘यस्तो बिषयमा सुचना दिन सकेमात्रै सकुशल नेपाल पठाउन सकिन्छ । मैले यही बिषयमा काम गर्ने योजना वनाएको छु ।’

शर्माले खाडीबाट खर्चालु पर्यटक भित्राउने, नेपाली स्कुल स्थापना गर्ने र इराक, लेवनान, जोर्डन जस्ता देशमा कुटनीतिक निकायको स्थापनामा सक्रिय भुमिका निर्वाह गर्नेमा जोड दिए ।

उपसंयोजकका उम्मेदवारी दिएका प्रविण गुरुङले नेपाली कामदारको हितको लागि दूतावासको भुमिका निकै महत्वपुर्ण रहेको वताउदै भने,‘सरकार जिम्मेवारी भए खाडीमा नेपालीले भोगेका समस्यालाई हल गर्न सकिन्छ । त्यसको लागि एकिकृत कार्यायोजना वनाउनु पर्छ ।’

कार्यक्रममा गैरआवसीय नेपाली संघ, कतारका अध्यक्ष नविन पोखरेलले कतारमा काम गर्ने नेपालीको २४ घण्टा बिमा नहुने, दोहोरो करारपत्रमा आउनुपर्ने जस्ता प्रमुख समस्या रहेको वताए ।

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK