नेपालीलाई ओमानमा यातना : घर फर्किन पनि छैन सजिलो

ENGLISH

NRN GLOBAL

नेपालीलाई ओमानमा यातना : घर फर्किन पनि छैन सजिलो

31 August, 2017 | Sandeep Bhattarai | 1515 Views | comments

ओमान

एक ओमानी नागरिक रिसाउँदै मस्कटस्थित नेपाली दूतावास आइपुगे ।उनको घरमा काम गनेृ झापाकी २३ बर्षीया युवती दूतावासको आश्रयमा थिइन् ।

मस्कटबाट हजार किलोमिटर टाढा सललाहबाट भागेर उनी दूतावासको शरणमा आएकी थिइन् ।दूतावासले उनलाई नेपाल पठाउन लागेको विषय ओमानीलाई चित्त बुझेको थिएन ।

‘मैले किनेर ल्याएको खद्यामालाई किन पठाउने ?’ उनी भन्दै थिए, ‘उनलाई नेपाल होइन, मैले नै घर लैजान पाउनुपर्छ ।’आफूलाई ती ओमानीले कुटपिट र मानसिक यातना दिएको भन्दे दूतावास आएकी ती युवती भने फर्केर उसकै घरमा जाने पक्षमा थिइनन् ।

दूतावासले युवतीलाई नेपाल पठाउन निकै प्रयास गरे पनि ओमानीले मान्दै मानेनन् ।

ती ओमानीले भने,
-मैले उनलाई ल्याउन निकै दुख गरेको छु ।
-१८ सय रियाल (चार लाख ७८ हजार रुपैयाँ) तिरेको छु ।
-(खल्तीबाट बिल देखाउँदै भने) यो रकम कसले फिर्ता दिन्छ ?

भारत, यूएई र ओमान
ती युवती दलालमार्फत भारत हुँदै संयुक्त अरब इमिरेट्स (यूएई) को अजमान पुगेकी थिइन् । त्यहाँको घरेलु कामदार बिक्री गर्ने एजेन्सीबाट ती ओमानीले उनलाई खरिद गरेर आफ्नो घर लगेका थिए । ‘उनलाई नेपाल पठाउने भए मैले तिरेको रकम दूतावासले दिनुपर्छ,’ ओमानीले जिद्दी गरिरहे । ‘दूतावासमा आइसकेको नेपालीलाई फिर्ता पठाउन मिल्दैन,’ ओमानीलाई सम्झाउँदै राजदूत शर्मिला पराजुलीले भनिन्, ‘नेपालबाट घरेलु कामदार ल्याउन रोकिएको छ । त्यसरी रकम तिरेर ल्याउने काम गैरकानुनी हो ।’

ओमानीले धम्क्याए र बाटो लागे
तैपनि ओमानी मान्ने सुरमा देखिएनन् । ‘लान नदिने हो भने यिनलाई म चोरीको मुद्दा हाल्छु, नेपाल फर्कनै दिन्नँ,’ ओमानीले धम्क्याए । र, युवतीको राहदानी फिर्ता नदिई आफ्नो बाटो लागे ।

दूतावासलाई अप्ठ्यारो
बिल देखाउँदै आफ्ना घरेलु कामदार लिन आउनेहरू धेरै भएको दूतावासका कर्मचारी बताउँछन् । ‘यसरी बिल देखाउँदा दूतावासलाई अप्ठ्यारो पर्ने गरेको छ । भागेर दूतावास आइपुगेका हाउसमेडलाई स्पोन्सरको सहयोगबिना पठाउन मुस्किल नै हुन्छ । उनीहरूले चोरीको मुद्दा हालिदिए झन् समस्या आइपर्छ,’ दूतावासका कर्मचारी भन्छन् । दूतावासले त्यसरी आउनेलाई सकभर सम्झाएर फर्काउने प्रयास गरिरहेको छ ।

कामदार पठाउन रोक, तर तस्करी बढ्यो
सरकारले घरेलु कामदार पठाउन रोक लगाए पनि दलालमार्फत महिलाको तस्करी बढिरहेको छ । सललाहमा त झन् एक घर एक नेपाली कामदारझैं अवस्था छ । ओमानी निकायका अनुसार झन्डै ५ हजारभन्दा बढी नेपाली महिला घरेलु कामदार छन् । ओमान पुग्ने प्राय: सबै घरेलु कामदार यूएईबाट लगिन्छन् । त्यसरी ओमान पुग्ने र पछि नेपाल जाने भन्दै भागेर दूतावास आउने नेपालीको संख्या बढिरहेको दूतावासले जनाएको छ ।

७५ जनाको उद्धार
आश्रयस्थलमा आएका ७५ जनालाई दूतावासले उद्धार गरी नेपाल पठाएको छ । अवैध बाटोबाट नेपाली ल्याउने क्रम झन् बढेपछि दूतावासले नेपाल र ओमानबीच श्रम सम्झौता नभएसम्म नेपाली महिलालाई घरेलु कामदारको भिसा नदिन पनि ओमान सरकारलाई अनुरोध गरेको छ । ‘ओमानसँग श्रम सम्झौताको प्रक्रिया अगाडि बढिसकेको छ । त्यो सम्झौतामा घरेलु कामदारका विषय पनि छन् । श्रम सम्झौता नभएसम्म भिसा जारी नगर्न ओमान सरकारको ध्यानाकर्षण गराइएको छ,’ राजदूत पराजुलीले भनिन् ।

कान्तिपुर

‘सरकारले आफ्नालाई डुबाएर अरुलाई बचायो’ :ओमानमा कार्यरत नेपाली

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन

भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार पाँच बजेर ५...

साफ

महिला यू-१५ साफ फुटबल सेमिफाइनल : भारतसंग नेपाल २-१ ले पराजित

भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपाल...

फुटबल

एसियाड फुटबलमा नेपाल भियतनामसंग २-० ले पराजित

इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा...

नेपाल फिफा वरियतामा १६१ औं स्थानमा यथावत

विश्व फुटबल महासंघ (फिफा) को नयाँ वरियतामा नेपाल १...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK