नेपालीनेपालीको बार्षिकोत्सवमा,बीबीसी पुर्व प्रमुख नेपाली सहभागी हुने

ENGLISH

NRN GLOBAL

नेपालीनेपालीको बार्षिकोत्सवमा,बीबीसी पुर्व प्रमुख नेपाली सहभागी हुने

बार्सिलोना

19 July, 2017 | Bipin Acharya | 720 Views | comments

युरोपको लोकप्रिय अनलाईन पत्रिका नेपालीनेपाली डटकमको तेस्रो बार्षिकोत्सव समारोहमा बीबीसी नेपाली सेवाका पुर्व प्रमुख खगेन्द्र नेपाली सहभागी बन्ने भएका छन्।आगामी जुलाई २८ तारिख जर्मनीको फ्रयाङ्कफर्टमा आयोजना हुने बिशेष कार्यक्रममा बरिष्ट संचारकर्मी नेपाली सहभागी बन्ने भएका हुन्।

सन् १९७९ देखि झन्डै २७ बर्ष बीबीसी नेपाली सेबामा काम गरेर अबकास लिएका नेपालीलाई गत बर्षको कार्यक्रममा नेपालीनेपाली डटकमले सम्मान गरेको थियो।

मिडियाको तेस्रो बार्षिकोत्सव समारोहलाई जर्मनीका लागि नेपाली महामहिम राजदूत रमेश प्रसाद खनालले उद्घघाटन गर्ने भएका छन्। उद्घघाटन समारोहमा गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछाने,संघका संस्थापक अभियन्ता तथा अवैतानिक बाणिज्य दूत रामप्रताप थापा,केन्द्रिय उपाध्यक्ष कुमार पन्त,महासचिव डा.बद्री केसी सहभागी बन्ने निश्चित भईसकेको छ।

यस्तै संघका सचिव अर्जुन कुमार श्रेष्ठ,महिला संयोजक सपीला राजभण्डारी,युवा उप संयोजक लोकराज शर्मा,संघका प्रबक्ता रन्जु थापा वाग्ले,युरोप संयोजक कुल आचार्य लगायतका अभियन्ताहरुले पनि सहभागिता जनाउने पक्का भएको छ।

मिडियाले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो,बर्तमान अध्यक्ष डा. शेष घले,उपाध्यक्ष भवन भट्टलाई पनि निमन्त्रणा पठाएको छ। एनआरएनको युरोपेली बैठकको अघिल्लो दिन कार्यक्रम भएको हुँदा महतो,घले र भट्ट पनि सहभागी बन्ने सम्भावना रहेता पनि निश्चित भईसकेको छैन।

यसैबीच नेपालीनेपाली डटकमले बीबीसी विश्वसेवामा वातावरण संवाददाताको रुपमा कार्यरत पत्रकार नवीन सिं खडका बिशेष समारोह बीच सम्मानित गर्ने भएको छ। दुई दशक देखि वातावरण र जलवायु परिवर्तनबाट हिमाली क्षेत्रको जनजीविकामा परिरहेको प्रभावका सम्बन्धमा पत्रकारिताको माध्यमबाट विश्वब्यापी जागरुकता सृजना गर्न पुर्याएको योगदानको कदर गर्दै मिडियाले खडकालाई सम्मान गर्न लागेको हो।

यस्तै हरेक बर्ष प्रदान गर्दै आएको युरोप बर्ष व्यक्तित्व सम्मान यस बर्ष पनि घोषणा गर्ने भएको छ। युरोपको नेपाली समुदायमा रही सामाजिक रुपमा काम गर्दै आएका एक जनालाई “युरोप बर्ष व्यक्तित्व” को नाममा मिडियाले सम्मान गर्दै आएको छ।

नेपालीनेपाली डटकमले कार्यक्रमलाई दुई चरणमा बिभाजन गरेको जनाएको छ। पहिलो चरणमा ‘हाम्रो भाषा र संस्कृति, पहिचानको आधार स्तम्भ’ भन्दै युरोपभर नेपाली भाषा सिकाउन भएका प्रयासबारे विशेष भिडियो रिपोर्ट प्रस्तुत गरिदै छ।

दोस्रो चरणमा युरोपमा नेपाली पत्रकारिताको सम्भावना र चुनौती विषयमा मिडियाले प्यानल छलफल गर्दै छ। छलफल कार्यक्रममा नेपाल र प्रबासमा रही सक्रिय रुपमा कलम चलाईरहेका पत्रकारहरुले सहभागिता जनाउने भएका छन्।

युरोपमा नेपाली पत्रकारिताको बर्तमान अबस्था,भविष्य,सम्भावना र चुनौतीलाई केन्द्रित गर्दै नेपाली समुदाय साँझ हुने छलफलले सार्थकता पाउने बिश्वास मिडियाले राखेको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK