नेपालीद्वारा कतारमा नयाँ होटेल संचालन

ENGLISH

NRN GLOBAL

नेपालीद्वारा कतारमा नयाँ होटेल संचालन

चिरन्जिबी तिम्सिना, कतार

30 January, 2017 | Sandeep Bhattarai | 1095 Views | comments

नयाँ होटेल

करिब दश बर्ष पहिले व्यवसायीक उद्देश्यले कतार प्रवेश गरेका बिकाश प्रसाई तथा अनु भट्टराई प्रसाई कतारमा नेपाली ब्यवसायी मध्य उत्कृस्ट व्यवसायीको रुपमा स्थापित छन् ।

कतारमा मात्र आधा दर्जन भन्दा बढी कम्पनि स्थापना गरेका छन | जस्तै अल अरब ट्रेडीङ एण्ड कन्ट्रयाक्टिङ , अल अरब फ्रेस मार्ट , ग्रीन भिजन ट्रेडीङ एण्ड कन्ट्रयाक्टिङ, बर्षा इन्टरनेसनल, अलियाज ब्युटी सैलुन लगायत विभिन्न कम्पनि हरु स्थापना गरेका छन भने पछिल्लो चरणमा नेपाली श्रमिकहरुलाई लक्षित गरि कान्तिपुर मेडीकलसेन्टर लाइ पनि संचालन गर्न लागेका छन ।

विभिन्न खाले ब्यबसाय हरु गर्दै अब नया अनुभब समेट्ने उद्देश्यले दोहाबाट करिब २० किलोमिटर टाढा अल वाक्रा मनिसिपिलिटि परिसर भित्र एक सुबिधा सम्पन्न “रुमान रेस्टुरेन्ट” को स्थापना गरेका छन। उक्त होटलमा बिशेष अरबी खानालाई प्रथामिकता दिदै नेपाली, इन्डियन, चाइनिज लगायत विभिन्न देशका खानाहरुको परिकार अडर अनुसारको निर्माण गर्ने गरेका छन ।

औपचारिक रुपमा तय गरिएको सो कार्यक्रमलाइ समाजसेवी श्री क्रान्ति सिंह द्वारा संचालन गरिएको थियो भने प्रमुख अतिथि कतारका नेपालि नियोग कार्यबाहक प्रमुख महामाहीम राजदुत श्री मणिरत्न शर्मा द्वारा केक तथा रिबन काटेर होटेलको समुद्घाटन गरिएको थियो ।

विशेष अतिथि तथा अथितिहरुमा नेपालि राजदुतावास कतारका द्वितीय सचिब श्री नितेश सापकोटा, श्री गायत्री पौडेल, तृतीय सचिब श्री तुलसी कोइराला श्रम सहचारी नरेन्द्र ज्ञवाली NRNA NCC कतारका उपाध्यक्ष श्री नबिन पोख्रेल, ब्यबसायी राज रेग्मी, समाजसेवी बिमल सुबेदी, जनसम्पर्क समीति कतारका सभापति केशब भुसाल, जनसम्पर्क समीति कतारका माहामन्त्री अजिज अलि लगायत विभिन्न व्यक्तिहरुको समुपस्थिति रहेको थियो ।

सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै श्रीमती अनु प्रसाईले विभिन्न कामहरु गरेको अनुभबलाई समेटेर नेपालि स्वाद का साथै अरबी लगायत अन्य परिकारका खानाहरु पस्कने उद्देश्यले हामीले यो रेस्टुरेन्टको सुरुवात गरेका छौ भन्दै स्वागत मन्तब्य राखेकि थिइन भने कार्यक्रममा शुभकामना दिदै बिमल सुबेदीले कतार राष्ट्र निर्माणमा बुमिङ भएको र अब बिस्तारै खेल को सहर शिक्षा तथा सेमिनार र पर्यटन सहरको रुपमा बिकाश गर्दै लैजाने योजना अनुसार अब नेपाली ब्यबसायी ले निर्माण सग सम्बन्धित व्यवसाय न्दा फरक खाल्को व्यवसायलाई अगाडि बडाउन सके अझ राम्रो फाइदा लिन सक्ने हुनले व्यवसायी हरुले फरक सोच र दृस्टिकोण बाट ब्यव्सायमा हात हाले सफल हुने दूतावास ले पनि व्यवसायीहरुले नयाँ लगानीका क्षेत्र पत्ता लगाइ लगानीको बाताबरण बनाउन कानुनी सुझाब सल्लाह दिन सहयोग गर्नुपपर्ने मा जोड दिएका थिए भने कार्यक्रम प्रमुख अथिति राजदुत श्री मणिरत्न शर्मा ले जहाँ रिक्स छैन त्यहा नाफा छैन नेपाल को लगानी ऐन मा प्रत्यक्ष लगानी गरेर सुरु गरिने ब्यबसाय यी र यस्तै लाई व्यवसाय भनिन्छ । दुताबास ले नेपाली व्यवसायीलाई आवस्यक कानुनी र प्रकृयागत सहयोग गर्न सदै तत्पर रहने छ भन्दै सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

अन्तमा होटल संचालक बिकाश प्रसाइले मन्तव्यमा सम्बोधन गर्दै सबैको सहयोग सुझाब मेरो लागि मार्ग दर्शन हुने छ भन्दै उपस्थित सम्पूर्ण महानु भाब हरुमा धन्यवाद ज्ञापन गर्दै सबैलाई रात्री भोजमा सरिक हुन आग्रह गर्दै कार्यक्रमको समापन गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

म्याग्दीको घोडेपानी

म्याग्दीको घोडेपानी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी गाउँ र पृष्ठभूमिमा...

पप गायिका जोन्सले लगाइन् म्युजिकको नाममा वेश्यावृत्ति गराएको आरोप

  अमेरिकन पप गायिका काया जोन्सले ‘पुसीक्याट डल्स’ नामक...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK