नेपालीका होस्टल होस्टलमा ‘दुई थोपा हाँसो’

ENGLISH

NRN GLOBAL

नेपालीका होस्टल होस्टलमा ‘दुई थोपा हाँसो’

24 March, 2016 | Bipin Acharya | 560 Views | comments

‘परदेशको भूमीमा पसिना बगाएर आफ्नो परिवार मात्र होइन, सिंगै नेपाललाई पालीरहेका आदरणीय नेपाली दाजुभाई तथा दिदी बहिनीहरु नमस्कार । यता तपाईंहरुलाई सञ्चै होला, उता हामीलाई पनि राम्रो छ । राम्रोमात्र होइन साह्रै राम्रो छ । तपाईंहरुले छाडेको भन्दा नेपाल बेग्लै भइसकेको छ । विकासको गतिमा दौडिरहेको छ । दौडिने मात्र होइन अब त उँड्लाजस्तो छ ।’

pra

शुक्रबार मलेसियाको बान्तिङमा रहेको नेपाली कामदार बस्ने होस्टलमै पुगेर एकजना व्यक्ति यस्तै खबर सुनाउँदै के थिए, सहभागीहरुले हलै गुञ्जिने गरि ताली पड्काए र मज्जैले हाँसे । दिनभरिको काम सकेर होस्टल फर्कीएका श्रमशील नेपालीहरुलाई ‘नेपालको खबर’ बारे व्यंग्यात्मक चिठी पढेर सुनाउँदैथिए, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नांगे । उनका बाङ्गा बाङ्गा ठट्यौली प्रस्तुतिले श्रमशील सीधा सादा नेपाली हाँसोले गुञ्जिए ।

परिवारको साथ छाडेर परदेशमा श्रम गरिरहेका नेपालीहरुको दु:खबीच हँसाउन दुई थोपा हाँसो लिएर मलेसिया आएका सिस्नुपानी नेपालको टिमले यसैगरि मलेसियाको राजधानी क्वालालम्पुर, निलाई, क्लाङ लगायत शहरहरुमा आफ्ना प्रस्तुतीले हँसाए । नेपालीहरुको बाहुल्यता भएको अर्को शहर जोहोरबारुमा आज कार्यक्रम रहेको छ । गत शुक्रबार निलाईको जिएस पेपर एण्ड प्याकेजिङ कम्पनी, शनिबार केलाङको टपग्लोब कम्पनीको होस्टल र आइतबार केएलस्थित फाइभ इलेमेन्ट्स होटल कार्यक्रम सम्पन्न भएको हो भने बुधबार जोहोरबारुको होटल जेए रेसिडेन्सीमा हुँदैछ ।

उक्त अवसरमा सिस्नुपानी नेपालका गाम्नांगे, मनोज गजुरेल, अर्जुन पराजुली, टंक आचार्य, डा राजु अधिकारी, धीरेन्द्र प्रेमर्षी र पत्रकार जगत तामाङ मलेसिया आएका थिए । उनीहरुले यहाँ कर्मशील नेपालीलाई पालैपालो हँसाए ।

कार्यक्रमको चाँजोपाँजो दुतावासका द्धितिय सचीव उत्तम कुमार शाही, एनआरएनका संरक्षक विश्व राई, व्यवसायी पासाङ लामा, नर बहादुर सुनार लगायतले मिलाएका थिए । श्रमशील नेपालीहरुका लागि जनचेतना बाँड्न सामाजिक अभियानस्वरुप गरिएको व्यंग्यात्मक हाँस्य कार्यक्रमले दर्शक दीर्घामा रहेका नेपालीहरु कम्ती हाँसेनन् । हाँस्यकलामा लोकप्रिय मनोजले आफ्नो ‘गजुरियल’ प्रहसनमार्फत भरपुर मनोरञ्जनका साथै सामाजिक सचेतनामूलक सन्देशहरु सुनाए । उनले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पुष्पकमल दाहालदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्मको क्यारिकेचर गर्दा दर्शकमा हाँसोको फोहोरा छुट्यो ।

‘अरुको बायुसेवा निगमले जहाज उडाउँछ,
हाम्रो वायुसेवा निगमलाई जहाजले उडाउँछ ।’

अर्जुन पराजुलीको व्यंग्यात्मक कविताका यस्तै हरफहरुले दर्शक नहाँसी रहन सकेनन् । मुलुक, नेता अझै धेरै सुध्रन बाँकी रहेको तर सकारात्मक आशा र विश्वास अझै बाँकी रहेको भाव झल्कने करिब आधा दर्जन कविता सुनाए ।

अर्का स्रष्टा डा राजु अधिकारीले योग र स्वस्थ रहने विभिन्न टिप्सहरु बाँडे । उनले कसरी स्वस्थ रहने भन्नेबारे विविध टिप्सहरु मात्रै बाँडेनन् सहभागीहरुलाई बीच बीचमा हँसाउँदै शारिरीक व्यायाम समेत गराउन सफल भए ।

त्यस्तै कार्यक्रमका अर्का आकर्षण धीरेन्द्रले रोचक र घोचक दुवैखाले प्यारोडी गीत र गजल गाएर दर्शक हँसाए । रेडियो कान्तिपुरबाट प्रसारण हुने ‘हेलो मिथिला’ कार्यक्रम संचालक समेत रहेका उनले मैथिली भाषामा समेत आफ्ना प्रस्तुती पस्किएर मैथिली भाषी दर्शकको मन बुझाउन भ्याए ।

व्यंग्यबाणको आडमा जनचेतना र हाँस्य मिश्रित उक्त कार्यक्रमका संयोजक एवं अर्का प्रस्तोता टंक आचार्य पनि कम्ती थिएनन् । व्यंग्य मिश्रित सटिक शैलीमा दर्शक रिझाउन जानेका उनले ठट्यौली शैलीमा सकारात्मक र चेतनामूलक खुराँकसमेत पस्किए ।

अरुबेला पैसा तिरेर कार्यक्रम हेर्ने गरेका नेपालीहरु यसपाली सित्तैमा हाँस्यव्यंग्य र ज्ञानगुनका कुरा थाहा पाउँदा मख्ख परे । ‘पैसा तिरेर १ घण्टा बसमा केएल पुगेर त कार्यक्रम हेरिन्थ्यो । तर आज आफ्नै होस्टलमै हेर्न पाइयो । त्यही पनि निशुल्क ।’ रौतहट घर भई २ बर्षअघि देखि क्लाङस्थित टपग्लोब कम्पनीमा कार्यरत बृजेश्वर यादवले खुशी हुँदै भने ‘अरुबेला भन्दा फरक हँसाउने कार्यक्रम हेर्न पाउँदा धेरै खुशी लाग्यो ।’

जति दु:ख भएपनि सकारात्मक सोचको विकास गर्न, आशा र उमंगमा रमाउन र सदभावना जगाउन कार्यक्रमले भरपुर मनोरञ्जन दियो । सामाजिक परिवर्तनका लागि हाँस्यव्यंग्य यात्रा गर्दै आएको सिस्नुपानी नेपालले बैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरेर उनीहरु भएकै ठाउँमा पुगेर गरेको यो पहिलो अभियान हो । यसअघि कतार र युएईमा कार्यक्रम सम्पन्न भइसकेको र नेपाली रोजगारीमा रहेका साउदी अरब, कुवेत लगायत मुलुकहरुमा छिटै आयोजना हुने कार्यक्रम संयोजक टंक आचार्यले जानकारी दिए ।

कार्यक्रममा नेपाली राजदुत डा निरञ्जनमानसिंह बस्न्यातसहित दुतावासका अन्य प्रतिनिधि, गैरआवासीय नेपाली संघ एवं अरु विभिन्न संघ संस्थाका प्रतिनिधी, श्रमिक र पत्राकारहरुको बाक्लो सहभागिता रह्यो । सिस्नुपानी नेपाल र इस्लिङ्टन कलेजको सहकार्य आयोजित यस कार्यक्रमलाई श्रम मन्त्रालय, पर्यटन बोर्ड, पर्यटन बोर्ड, अन्तर्राष्ट्यि श्रम संगठन, एयर एसियाले सघाएको हो ।

इकान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK