नेपालमा भित्रिने रेमिट्यान्समध्ये करिब ७१ प्रतिशत खाडी मुलुकबाट

ENGLISH

BUSINESS

नेपालमा भित्रिने रेमिट्यान्समध्ये करिब ७१ प्रतिशत खाडी मुलुकबाट

 विकसित मुलुकबाट आउने अधिकांश रकम हुन्डीमार्फत

20 July, 2016 | arjun baral | 3080 Views | comments

khadi
मुलुक भित्रिने रेमिट्यान्समध्ये बर्सेनि करिब ७१ प्रतिशत खाडी मुलुकबाट आउने गरेको छ । यो रकम करिब खर्ब ९४ अर्ब ७० करोड रुपैयाँ हुन आउँछ ।

खाडी राष्ट्रहरूमध्ये पनि साउदी अरब, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स र बहराइनबाट मात्र त्यति रकम आउने गरेको हो । विश्व बैंकको तथ्यांकअनुसार नेपालको कुल रेमिट्यान्समा सबैभन्दा धेरै (करिब २९ प्रतिशत) कतारबाट आउँछ ।

साउदी अरबबाट २६ दशमलव ५६ प्रतिशत, युनाइटेड अरब इमिरेट्स (यूएई) बाट साढे ११ प्रतिशत, कुवेतबाट दशमलव ८४ प्रतिशत र बहराइनबाट दशमलव ०३ रेमिट्यान्स भित्रिँदै आएको छ । यो तथ्यांक सन् २०१५ मा भएको आप्रवाहका आधारमा विश्व बैंकले तयार पारेको हो । उक्त वर्ष करिब ६ खर्ब ५७ अर्व ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

तुलनात्मक रूपमा ती राष्ट्रहरूमा कामदारका रूपमा गएका नेपालीको संख्या धेरै छ । यसैले कुल रेमिट्यान्सको अधिकांश हिस्सा खाडी मुलुकबाट आउने गरेको केन्द्रीय बैंक राष्ट्र ऋण व्यवस्थापन विभाग प्रमुख मीनबहादुर श्रेष्ठले बताए ।

गत जेठसम्ममा खर्ब ९८ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो साढे प्रतिशतको वृद्धि हो । अघिल्लो जेठसम्म रेमिट्यान्स आप्रवाह वृद्धिदर १२ दशमलव प्रतिशत थियो । रेमिट्यान्सलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएकाले रेमिट्यान्स वृद्धिदर घट्दै गएको राष्ट्र बैंकको बुझाइ छ ।

अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष ०७२/७३ को एघार महिनामा गत वर्षको सोही अवधिको तुलनामा २० दशमलव प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दशमलव प्रतिशतले बढेको थियो ।

अर्थतन्त्रका हिसाबले ठूला र धेरै कमाइ हुने भनिएका राष्ट्र (अमेरिका, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, क्यानडा आदि) हरूको योगदान रेमिट्यान्समा कम मात्र रहँदै आएको छ ।

खाडी राष्ट्रहरूको तुलनामा ती मुलुकमा नेपाली कामदारको संख्या कम भए पनि आम्दानी निकै धेरै हुन्छ । त्यो आम्दानीको ठूलो हिस्सा नेपाल पनि भित्रिन्छ । तर, ती मुलुकबाट अधिकांश रकम हुन्डीमार्फत आउँछ ।

यसले एकातिर नेपालमा अनौपचारिक अर्थतन्त्रले प्रश्रय पाइरहेको छ भने अर्कातिर रेमिट्यान्सको वास्तविक अवस्था र योगदानको सही मूल्यांकन हुन पाएको छैन । राष्ट्र बैंकले अनेक प्रयास गर्दा पनि ठूला र विकसित मानिएका (अमेरिका, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, क्यानडा आदि) राष्ट्रबाट ठूलो मात्रामा रेमिट्यान्स नेपाल आउन नसकेको श्रेष्ठले बताए । ती राष्ट्रहरूमा बैंक र रेमिट्यान्स कम्पनीहरूको सम्पर्क कार्यालय खोल्न जटिल कानुनी व्यवस्था रहेकाले अपेक्षित रूपमा रेमिट्यान्स भित्र्याउन समस्या भएको उनले जनाए । ‘ती राष्ट्रका केन्द्रीय बैंकहरूले नै अनुमति दिएका छैनन्,’ उनले भने, ‘तर, वातावरण सहज बनाउन राष्ट्र बैंकले नियमित रूपमा प्रयास गरिरहेको छ ।’

हाल करिब ३६ मुलुकबाट रेमिट्यान्स भित्रिँदै आएको छ । तीमध्ये सबैभन्दा धेरै रेमिट्यान्स आउने राष्ट्र कतार हो । अस्ट्रेलिया, भियतनाम, क्यानडा, अमेरिका, भारतलगायत राष्ट्रबाट निकै थोरै मात्र रेमिट्यान्स आउने गरेको विश्व बैंकको तथ्यांकमा उल्लेख छ । ती राष्ट्रहरूबाट नेपाल भित्रिने रेमिट्यान्स हुन्डीलगायत अन्य गैरकानुनी मार्गबाट आउने गरेको पनि यसले पुष्टि गर्छ ।

यस्तै, रेमिट्यान्समा निकै उतारचढाव आउने गरेको छ । कामदारको संख्यामा हुने घटबढ र विदेशी विनिमय दरको परिवर्तनलगायत कारण रेमिट्यान्स आप्रवाहमा उतारचढाव आउने गरेकोअध्ययनहरूले देखाएका छन् ।

राष्ट्र बैंकका कर्मचारीद्वय भुवनेश पन्त र वीरेन्द्र बुढाले गरेको एक अध्ययनअनुसार अमेरिकी डलरको मूल्य बढेको समयमा डलरकै रूपमा पनि धेरै रेमिट्यान्स नेपाल आउने गर्छ ।

अध्ययन प्रतिवेदनअनुसार अमेरिकी डलरको मूल्य एक प्रतिशतले बढदा रेमिट्यान्स आप्रवाहमा १ दशमलव १७ प्रतिशतले वृद्धि हुँदै आएको छ । डलरको मूल्य बढदा व्यक्तिको वास्तविक आम्दानीमा वृद्धि हुने र उक्त समयमा व्यक्ति ऋण/सापटी गरेर भए पनि स्वदेशमा रकम पठाउन खोज्ने भएकाले रेमिट्यान्स आप्रवाह बढ्ने अध्ययनको निष्कर्ष छ ।स्रोत:कान्तिपुर 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

मोना कतारद्वारा स्मार्ट टिभी सहयोग

बेनी, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पर्यटक सूचना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK