नेपालद्वारा मलेसिया पाँच विकेटले पराजित

ENGLISH

SPORTS

नेपालद्वारा मलेसिया पाँच विकेटले पराजित

24 July, 2017 | Sandeep Bhattarai | 925 Views | comments

नेपाल

सिंगापुरमा जारी यू-१९ विश्वकप छनोट खेलको दोस्रो राउण्डको दोस्रो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको छ । आफ्नो पाँचौ खेलमा सोमबार इण्डियन एसोशियसन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको मलेसियाले ३५.१ ओभरमा सबै विकेट गुमाउदै ८९ रन बनायो ।

उसको लागि सायिद अजिजले ४६ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन । नेपाली बलर सामू मलेसियाली ब्याट्सम्यान खुलेर खेल्न सकेनन । नेपालको लागि सन्दीप लामिछानेले ७ विकेट लिए भने शाहब अलामले २विकेट लिए । मलेसियाका ४ ब्याट्सम्यान खाता नखोली पेभेलियन फर्केका थिए । ९० रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले २२.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य भेट्टायो ।

पहिलो विकेटका लागि सन्दीप सुनार र अनिल शाहले ३० रनको साझेदारी गर्दै ठोस सुरुवात गराए पनि त्यसपछि नेपालको इनिंग धर्मराएको थियो । अदिल खान र प्रकाश केसीले खाता नखोली आउट भएपछि नेपाल थप संकटमा परेको थियो । तर दीपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेलले छैटौं विकेटका लागि अविजित ५२ रनको साझेदारी गरेपछि नेपालको जित सहज बनेको थियो । रोहित ३४ र दीपेन्द्र १९ रनमा अविजित रहे ।

त्यस्तै सन्दीप सुनारले १५ रन बनाए भने अनिले १२ रन जोडे । प्रनित थापा भने ८ रनमा आउट भए मलेसियाका लागि विरान्दीप सिंहले ३ र हाफिजुद्दिनले २ विकेट लिएका थिए ।

पहिलो राउण्डको खेलमा पनि नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो ।सिंगापुरमा जारी ४ राष्ट्र सम्मलित एसिया क्षेत्रको छनोट डबल राउण्ड रोबिनका आधारमा हुने छ । छनोटको शिर्ष टोली अर्को बर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू-१९ विश्वकपका लागि छनोट हुने छन् । नेपालले अहिलेसम्म ७ पटक यु-१९ को विश्वकप खेलिसकेको छ । नेपालले गत बर्ष बंगलादेशमा भएको विश्वकप खेलेको थियो ।

यू-१९ विश्वकप छनोट : नेपाल सामू मलेसियाद्वारा ९० रनको लक्ष्य प्रस्तुत(लाइभ स्कोर)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा (टिपिएस )लाई नविकरण गराउन डिसीमा भेटघाट तीव्रपार्दै

अमेरिकन सरकारद्धारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपिएस )सुबिधा...

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपाल फाइनलमा,उपाधिको लागि सिंगापुरसंग खेल्ने

नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको...

लाउनेले माया

बिन्दु परियारको ‘लाउनेले माया’ सार्वजनिक(भिडियो सहित)

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK