नेपालद्वारा बंगलादेशमाथि सानदार जित

ENGLISH

SPORTS

नेपालद्वारा बंगलादेशमाथि सानदार जित

6 November, 2017 | Sandeep Bhattarai | 1775 Views | comments

यू-१९ क्रिकेट टोली

यू – १९ एसिया कपको अन्तिम तयारीको लागि बंगलादेश पुगेको नेपाली यू-१९ क्रिकेट टोलीले आफ्नो तेस्रो अभ्यास खेलमा सानदार जित निकालेको छ । आइतबार भएको खेलमा उसले टेस्ट मान्यता राष्ट्र बंग्लादेशलाई ६ विकेटले पराजित गरेको हो ।

बंगलादेशको साभारमा टस जितेर पहिले ब्याटिंग गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै २२५ रन बनायो । उसका लागि अमिनुल इस्लामले अविजित रहदै ८० रन बनाए भने महमद रकिबले ३९ रन जोडे । त्यस्तै पिनक घोषले २३ रन बनाउदा रोबियुल हक २१ रनमा अविजित रहे । नेपालको लागि शाहब आलमले ३ विकेट लिए भने अनिल कुमार शाहले २ तथा कप्तान दिपेन्द्रले १ विकेट लिए ।

२२६ रनको चुनौतिपूर्ण लक्ष्य लिएर मैदान उत्रेको नेपालले ४६.३ ओभरमा ४ विकेट गुमाउदै सानदार जित निकाल्यो । नेपालको लागि ८८ बल खेलेका आसिफ शेखले ९ चौका र ३ छक्का प्रहार गर्दै ९० रन बनाए भने जितेन्द्र सिंहले ४५ रन बनाए । सुरुवात निकै राम्रो गरेको नेपालले पहिलो विकेटको आरिफ र जितेन्द्रले लागि १ सय ३९ रनको शतकीय साझेदारी गरे । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरी २७ र भिम सार्की १३ रनमा अविजित रहे ।

बंगलादेशका रोनी हुसेन, काजी अनिक इस्लाम, शाखावात हुसेन र सैफ हसनले समान १-१ विकेट लिए । यसअघि नेपालले नेपालले सन् २००२ मा न्युजिल्यान्डमा भएको आईसीसी यू–१९ विश्वकपको प्लेट सेमिफाइनलमा बंगलादेशलाई २३ रनले पराजित गरेको थियो ।

२३ कात्तिकदेखि मलेसियामा हुने यू-१९ एसिया कपमा नेपालसहित ८ टिमको सहभागिता हुनेछ। प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र मलेसिया छन्। एसिसी पश्चिम क्षेत्रबाट एक टिम छनोट हुन बाँकी छ।

यू-१९ क्रिकेट टोली

गत महिना मलेसियामा भएको प्रतियोगिताको फाइनलमा हङकङलाई ५ विकेटले पराजित गरेर नेपाली टिम च्याम्पियन बनेको थियो। उपाधिसँगै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको थियो। नेपाली टिम दिपेन्द्रसिंह ऐरीको कप्तानीमा पहिलो पटक उत्रिएको थियो।

यू – १९ एसिया कप : अभ्यास खेलमा नेपालको लगातार दोस्रो हार

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK