नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय : परराष्ट्रमन्त्री महत

ENGLISH

POLITICS

नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय : परराष्ट्रमन्त्री महत

16 February, 2017 | Sandeep Bhattarai | 900 Views | comments

ब्रसेल्स

दश वर्षे सशस्त्र विद्रोह आफ्नै ढंगले शान्तिमा रुपान्तरण गरी मुलुकमा अभूतपूर्व राजनीतिक परिवर्तन गर्न सफल नेपालको शान्ति प्रक्रिया विश्वका अन्य द्वन्द्वग्रस्त मुलुकका लागि उदाहरणीय कार्य भएको परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बताउनुभएको छ ।

ब्रसेल्समा आयोजित शान्ति र मध्यस्थतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई मंगलबार राति सम्बोधन गर्दै मन्त्री डा महतले शान्ति सम्झौतापछिको नेपालको यो पछिल्लो १० वर्ष नेपाललाई सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण प्रजातान्त्रिक अवस्थासम्म ल्याउनका लागि एक सफल घटना हो भनी चर्चा गर्नु भएको परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

उहाँले यो सफलताका लागि छिमेकी देशको सद्भाव, संयुक्त राष्ट्रसङ्घको संलग्नता र विश्व समुदायको सद्भाव एवम् सहयोग तथा नागरिक समाज, सञ्चारमाध्यम निजी क्षेत्रलगायत समाजका विभिन्न तह र तप्काको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।

समन्वय र सहयोग, पारस्पारिक विश्वास, राजनीतिक दलमा राष्ट्रियस्तरको एकता र सहमति तथा नागरिक समाजको सक्रियता र सहयोगबिना कुनै पनि देशमा शान्ति स्थापना असम्भव भएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “हाम्रा लागि सो शान्ति सम्झौताको कार्यान्वयन गरी सशस्त्र विद्रोही समूहकै संलग्नतामा संविधानसभाको निर्वाचन र त्यसमार्फत नयाँ संविधानको निर्माणको काम राष्ट्रिय राजनीतिको प्रमुख कामका रुपमा रहेको थियो ।” द्वन्द्वरत पक्षसँगको शान्ति सम्झौतामा भएको व्यवस्थाबमोजिम सत्य निरुपण तथा मेलमिलाप आयोगले काम गरिरहेको र यसले जघन्य अपराधमा संलग्नलाई कारबाहीका लागि सिफारिस गर्ने अधिकार रहेको पनि उहाँले जानकारी गराउनु भयो ।

नेपालमा शान्ति प्रक्रियाको पूर्णताका लागि नेपाल सरकारको प्रमुख कार्य भनेको माओवादी विद्रोहीलाई नेपाली सेनामा शान्तिपूर्ण समायोजन र केहीको पुनःस्थापना, संविधानसभाको निर्वाचन सम्पन्न गर्नु, सङ्क्रमणकालीन न्यायका लागि संयन्त्रको निर्माण गर्नु र नयाँ संविधान निर्माणगरी जारी गर्नुजस्ता प्राथमिकता रहेको उहाँले स्मरण गर्नुभयो । निकै कठिन र लामो प्रयासपछि हामीले सन् २०१५ मा नयाँ संविधान पनि जारी गर्यौ– उहाँले भन्नुभयो ।

मन्त्री डा महतले विगतमा शान्ति र प्रजातन्त्रका लागि गरेको सङ्घर्षको परिणामस्वरुप दशकौँपछि नेपाली जनताले संविधानसभामार्फत प्राप्त गरेको संविधान प्रजातान्त्रिक, समावेशी र सहभागितामूलक रहेको र नागरिकका मौलिक हकको उचित व्यवस्था गरेको बताउनु भयो ।

गैरआवासीय नेपालीलाई लगानी भित्र्याउन मन्त्री डा महतको आग्रह

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK