नेपालको बागमती सफाइदेखि ग्रामीण पर्यटनसम्मको चर्चा क्यानडामा

ENGLISH

NRN GLOBAL

नेपालको बागमती सफाइदेखि ग्रामीण पर्यटनसम्मको चर्चा क्यानडामा

14 June, 2016 | Bipin Acharya | 850 Views | comments

क्यानडास्थित अल्बर्टा प्रान्तीय सरकार र युनिभर्सिटी अफ अल्बर्टामा कार्यरत नेपाली विज्ञहरु शनिवार नेपालको बागमती सफाइ, ग्रमीण पर्यटन विकासमा महिलाको भूमिका, विनाशकारी भूकम्पको क्षतिका कारण तथा महिला अधिकारका विषयक छलफलमा व्यस्त भए ।

13062016104611Canada-1000x0

युनिभर्सिटी अफ अल्बर्टाकास्थित नेपाली विद्यार्थीहरुको संस्था नेप्लिज स्कलर्स एसोसियशन एट युनिभर्सिटी अफ अल्बर्टा (नेसा)ले गरेको कार्यक्रममा उनीहरुले उस्तै विषयमा क्यानडाको प्रान्तीय सरकारले अपनाएको नमूना विकास र नेपालको समस्याबारे अनुसन्धानमा आधारित भएर चर्चा गरे ।

अल्बर्टा सरकारको अल्बर्टा इन्भारमेन्टका वैज्ञानिक डा कुशुमाकर शर्माले वागमती सफाइ, तयसका जटिलता र सम्भावना बारे बताए ।
सुनदरीजलदेखि चोभार सम्मको पानीको अवस्था विश्लेषण गर्दै उनले भने, वागमती सुधारका लागि प्रविधि भन्दा सुझबुझ सहित राजनीतिक चासो र सामाजिक चेतना विकास प्रमुख कुरा हो ।

उनले भएका नीतिको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, बढ्दो सहरी करणको व्यवस्थित मापदण्ड तयार गर्नुपर्ने, वागमती र सहायक नदीमा बढ्दो प्रदुषण नियन्त्रणकालागि राजनीतिक तथा सामाजिक प्रतिबद्धता तत्काल सुरु गर्नुपर्ने जरुरी रहेको औँल्याए । उनले भने, राजनीतिक प्रतिवद्धता र कडा नियमन हुने हो भने बागमती सफाइ असम्भव कुरा होइन ।

ज्ञान आदान प्रदान तथा नेपाली सान्दर्भिकतामा त्यसको हस्तान्तरणका लागि आयोजित एकदिने कार्यक्रममा प्रस्तुती दिँदै विद्यावारिधी अधययनरत वैकुनठप्रसाद आचार्यले नेपालको ग्रामिणपर्यटनमा देखिएको महिला सहभागिताले महिलालाइ आत्म निर्भर बनाउँदै लगेको, स्थानीय तह र नीति निर्माणमा उनीहरुले आफूलाई अगाडि ल्याएको, आन्तरिक रोजगारी बढाएको बताए । उनले घलेगाउँ तथा आसपासका होम स्टे तथा ग्रामिण पर्यटनबारेको अधययन प्रस्तुत गरेको थिए । उनले भने, ग्रामिण पर्यटन महिलाहरुलेनै धानेको देखिनछ । यसले उनीहरुको व्यक्तिगत अधिकार, आयर रोजगारी विकास तथा समान सहभागिताको अधयास भइरहेको छ भनने देखिन्छ ।

उनको अधययन अनुसार हरेक वर्ष ७ लाख ९० हजार ग्रमीणपर्यटक नेपाल सभागी हुने, यसबाट ग्रमीण पर्यटनमा सहभागी महिलाले दैनिक ४८ डलर आय आर्जन गर्ने र राष्ट्रको कुल जिडिपीमा यसबाट २ दशमलव ६ प्रतिशत आर्थिक योगदान हुने तथ्यांक प्रस्तुत गरेका थिए ।

अल्बर्टा सरकारको अल्बर्टा इनर्जीमा वरिष्ठ नीति विश्लेषकका रुपमा कार्यरत उर्जाविद् डा अर्जुन केसीले नेपालमा माइक्रो हाइड्रोको विकास तथा विस्तारले जनजीवनमा ल्याएको परिवर्तनबारे चर्चा गरे । सामुदायिक सहभागितामा निर्माण हुने हो भने माइक्रो हाइड्रोले व्यक्ति तथा परिवारको सामाजिक जीवनमा ठूलो बदलाव ल्याउन सक्छ, सिन्धुपाल्चोकको पहिलो माइक्रो हाइड्रो निर्माण र तयसको प्रभावबारे अध्ययन प्रस्तुत गदै डा केसीले सुनाए, यसले ग्रामिण क्षेत्रमा हुने दाउरा तथा मट्टितेलजस्ता उर्जाको खपतका लागि खर्चिनु पर्ने समय तथा स्रोतको बचत गर्छ ।
उनका अनुसार नेपालमा ८९ प्रतिशत उर्जा आवास क्षेत्रमा र बाँकी औधोगिक, कृषि लगाय क्षेत्रमा खर्च हुने पनि बताए ।

गोरखाको वारपाक र सिनधुपाल्चोक केन्द्र गरी गएको महाभूकम्प गएकै दिन नेपाल पुगेका विद्यावारिधी अध्ययनरत यन्जिनियर केशव शर्माले भूकम्पका कारण, तयसका जोखिम, नेपलाको कमजोर भवन निर्माण पद्यतीका कारण वेहोर्नु परेको विपत्तीबारे जानकारी गराए ।

भुकम्पबारे पूर्व जानकारी गराउन नसकिने भएकाले तयसबाट हुने क्षति कम गर्न पूर्वाधार विकासदेखिनै सचेत रहनु पर्ने उनको धारणा थियो ।
भूकम्पपछि मैले वालाजु र सिनधुपाल्चोक क्षेत्रको भवन र अनय भौतिक संरचना निर्माणको अधययन गर्दा आवश्यक मापदण्ड नपुर्याइ निर्माण गरिएकाले बढी क्षति भएको पाएँ, आफ्नो अधययन प्रस्तुत गर्दै उनले भने ।

कार्यक्रममा युनिभर्सिटी अफ अल्बर्टाका रिसर्च एसोसियट डा कृष्ण नयौपानेले जेनेटिक स्वास्थय बारे वाचिंग वायोमोलेक्युलस फोल्ड एन्ड अनफोल्ड बारे, अल्बर्टा सरकारको प्रइमरी हेल्थ केयर ब्रान्चको नीति विश्लेषक तथा कार्यानवयन सल्लाहकार डा सञ्जय ढकालले शरणार्थीका स्वास्थ्य समस्या तथा सरकारको प्राथमिकताबारे, माउन्ट रोयल विश्वविद्यालयकी एसोसिएट प्रोफेसर इशा शर्माले राज्य र नागरिकता राज्यको भूमिका बारे, अपराजिता प्याकुरेलले घरबार विहीनबारे र युनिभर्सिटी अफ कयालगरीका मदननाथले पारिवारिक भाइलेनसबारे आआफ्नो अधययन प्रस्तुत गरेका थिए ।

नेसाका खगेन्द्र बेलवासेले नेपालीविज्ञहरुको ज्ञान क्यानडा र निवासीहरुका लागि महत्वपूर्ण हुने भएकाले कार्यक्रम आयोजना गरेको बताए । नेसाले यसअघि नेपालका विभिन्न क्षेत्रमा स्वयंसेवा गरेर आएका कयानेडियनहरुको नेपाल अनुभवबारे तलफल आयोजना गरेको थियो ।

इकान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK