नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

ENGLISH

NRN GLOBAL

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

24 June, 2018 | Kabi Adhikari | 1435 Views | comments

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया गरेको छ । नेपालीद्वारा सञ्चालित पाम्पास स्टेक हाउसमा सम्पन्न अन्तरक्रियामा कार्यसमिति, सल्लाहकार र संरक्षक समितिको सहभागिता थियाे ।कार्यक्रममा कन्सुल जनरल कमलप्रसाद भट्टराईले देशको बजेटको बारेमा प्रवासमा अन्तरक्रिया हुनु स्वागतयोग्य भन्दै प्रशंसा गरेका थिए। उनले संघीय संरचनापछिको पहिलो बजेट भएकाले विगत भन्दा फरक रहेको बताए।

भट्टराईले स्वदेशमा रोजगार बृद्धि गर्न विभिन्न योजनाको व्यवस्था गरिएको र गैर–आवासीय नेपाली (एनआरए) को संख्या घटाउनेतर्फ बजेट केन्द्रित रहेको बताए।

भन्सार तिरेर सय ग्रामसम्म सुन लैजान पाउने व्यवस्थाले एनआरएनलाई राहत पुगेको बताउादै उनले वैदेशिक रोजगारबाट फर्किएकालाई सीप प्रमाणिकरण गरी ऋण उपलब्ध गराउने व्यवस्थाको सुरुवातलाई सकरात्मक रुपमा लिन आग्रह गरेका थिए।

च्याम्बरका पूर्व अध्यक्ष जगन्नाथ ज्ञवालीले विदेशबाट अवकास जीवनका लागि फर्कनेलाई निजी प्रयोगका सवारी साधन र घरेलु प्रयोजनका सामग्रीमा भन्सार छुटका लागि आगामी बजेटमा व्यवस्था हुन आवश्यक रहेको सुझाव पेश गरेका थिए। उनले बजेट समग्रमा सकरात्मक रहेको प्रतिक्रिया दिएका थिए।

उपाध्यक्ष लवकुमार गुरुङले विदेशमा बसोबास गर्नेले पनि स्वदेशको बजेटप्रति चासो राख्न आवश्यक रहेकोमा जोड दिए।

अध्यक्ष डासुराम पराजुलीले बजेटबाट राजनीतिक स्थिरताको आभास मिलेको बताउँदै विकासको गति बढ्ने आशा व्यक्त गरे। लोकप्रियतामा नभएर आधारभूत विकासमा जोड दिइएकोले बजेटबाट सन्तुष्ट हुन सकिएको उनको प्रतिक्रिया थियो।
-कान्तिपुरबाट ।

१३ खर्ब १५ अर्बको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

डा. केसी

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK