नेपालको पर्यटन प्रवर्धन गर्न न्युयोर्कमा साइकल र्याली गरिने

ENGLISH

NRN GLOBAL

नेपालको पर्यटन प्रवर्धन गर्न न्युयोर्कमा साइकल र्याली गरिने

विजय थापा

16 May, 2017 | Bipin Acharya | 650 Views | comments

विश्व कै सम्राट राज्य न्युयोर्कमा नेपालको पर्यटन प्रवर्धन गर्न साइकल र्याली गरिने भएको छ । न्यूयोर्कको लागी नेपाली पर्यटनदूतको कार्यलयको आयोजनामा नेपालको प्राकृतीक सुन्दरता, एैतिहासिक, पुरातात्विक र धार्मीक सम्पदा र मौलिक कला संस्कृती झल्किने व्यानर सहितका —याली न्यूयोर्कको म्यानह्याटनको विभिन्न गल्लि हुदै टाइम्स स्क्वायरमा पुगेर समापन गरिने भएको छ ।

–्यालीको लागी अनुमती प्रकृया अन्तिम चरणमा पुगेको न्यूयोर्कका लागी अवैतनिक पर्यटनदूत प्रदीप श्रेष्ठले जानकारि दिए । “साइकलको लागी सिटी व्यांकसंग र सडकको अनुमतीको लागी सरकारि निकायसंग अनुमतीको काम अघि बढीसकेको छ ।” उनले भने । अमेरिकी समुदाय मात्र नभै विश्वसामु नै नेपालको प्रचार गर्न यो उत्तम उपाय हो भएको श्रेष्ठको दाबी छ । आगामी जुनको अन्तिम साता आयोजना गरिने साइकल –यालीमा न्यूयोर्कका विभिन्न ३ वटा अमेरिकन साइकल राइडरर्स क्लवहरुको पनि सहभागीता रहने छ ।

न्यूयोर्कको ज्याक्सन हाइटमा नेपाली महाबाणिज्य दूतावास र अवैतनिक पर्यटनदूतद्धारा संयूक्तरुपमा आइतबार आयोजीत, “नेपालको पर्यटन प्रवर्धनमा न्यूयोर्कका नेपाली संस्थाहरुको भूमिका” विषयक अन्तरक्रियामा कार्यक्रममा महाबाणिज्यदूत पुष्पराज भट्टराइले नेपाल र अन्य मुलुकको पर्यटन पुर्वाधारको तुलनात्मक अध्यायन प्रस्तुत गर्नुभएको थियो । नेपाली कन्सुलर कृष्णकुमार सुवेदीले नेपालको अर्थतन्त्रको मेरुदण्ड रहेको पर्यटनलाइ अमेरिकी पर्यटनले दहे टेवा दिनसक्ने बताउनु भयो । “अमेरिकी पर्यटकहरु संसारमै सबैभन्दा धेरै खर्चालु मानिन्छन् , हामीले अहिलेको संख्यामा उल्लेख्यबृद्धि गर्न जरुरि छ ।” सुवेदीले भन्नुभयो ।

नेपाली समुदायका अगुवाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा पर्यटनदुत श्रेष्ठले नेपाली महाबाणिज्य दूतावास न्यूयोर्कको सहकार्यमा पर्यटन प्रवर्धनका लागी नौँ बुँदे कार्ययोजना सार्वजनिक गरेका थिए । नेपाली विद्यार्थी अध्यायन गर्ने विद्यालय तथा कलेजहरुमा नेपाल चिनाउने विभिन्न पोस्टर पम्प्लेटहरु वितरण गर्ने र संस्कृतिक कार्यक्रम गर्ने, न्यूयोर्कका ट्याक्सिहरुमा भिजिट नेपालको स्टिकर टास्न पहल गर्ने लगायतका कार्यक्रमहरु कार्ययोजनामा समेटिएका छन् ।

त्यसैगरि, अमेरिकी मुलधारका पत्रकारहरुलाई नेपाल भ्रमणमा लागि विभिन्न प्रचारात्मक सामग्री प्रकाशन, प्रशारणको लागी पहल गर्ने, गैरआवासिय नेपालीसंगको समन्वयमा अतिथि देवो भवः कार्यक्रमलाई अभियानको रुपमा विकास गर्ने तथा अमेरिकी सरकारी तथा गैरसरकारी निकायले संचालन गर्ने सडक महोत्सव तथा फुड फेस्टिवलहरुमा सहभागिता जनाउने कार्यक्रम कार्ययोजनामा समेटिएको छ ।

कार्य योजनामा प्राध्यापक डा. तारा निरौला, आरोहि एवं पर्यटन व्यवसायी अप्पा शेर्पा, पासागं शेर्पा राजनीतिकर्मी संजय थापा र टेक गुरुगं, अच्युत सिग्देल, प्रमोद शिटौला, अमित शाह, रामहरि अधिकारी र पत्रकारहरु दिनेशजंग शाह, आंगछिरिगं शेर्पा, संजोग आचार्य, अनुज थापा, शैलेश श्रेष्ठ लगायतले टिप्पणी गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK