नेपालको पर्यटन प्रवर्द्धनका लागि स्विीट्जरल्याण्डको जोड

ENGLISH

NRN GLOBAL

नेपालको पर्यटन प्रवर्द्धनका लागि स्विीट्जरल्याण्डको जोड

बसन्त रानाभाट, बार्सिलोना

5 July, 2017 | Sandeep Bhattarai | 580 Views | comments

स्विीट्जरल्याण्ड

नेपालको पर्यटन प्रवर्द्धनका लागि एक बिशेष कार्यक्रम सम्पन्न भएको छ ।नेपाली राजदूतावास जेनेभा तथा एनआरएनए स्विीट्जरल्याण्डको संयुक्त आयोजनामा शनिबार राजधानी बेर्नमा कार्यक्रम सम्पन्न भएको हो ।

‘हिमालहरुः संस्कृति र मानिसहरुबीचको संगमविन्द’ नाम दिइएको कार्यक्रममा,स्वीट्जरल्याण्डको विदेश विभाग एसिया प्यासिफिक क्षेत्र प्रमुख योहानेस माट्टअिासी प्रमुख अतिथिको रुपमा सहभागी भए ।

कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी ब्यक्त गर्दै माट्टअिासीले दुई देश बीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालको पर्यटन बिकासमा लागि स्वीटजरल्याण्डको सधै सहयोग र सद्भभाव रहने बताए । उनले दुई देशको कुट्नीतिक सम्बन्ध र सहकार्यको चर्चा गरे ।

स्वीटजरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले दुवै देश हिमाली राष्ट्र्रहरु भएकाले पनि विविध समानता रहेको बताउँदै नेपालको पर्यटन प्रवर्द्धनमा स्वीट्जरल्याण्डले खेलेको भूमिको प्रशंसा गरे ।

राजदूत धितालले नेपालको राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै नयाँ संबिधान अन्तर्गत स्थानीय निकायका निर्वाचनहरू सम्पन्न भैरहेकोमा जानकारी समेत गराए ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य डा. विनय श्रेष्ठले एनआरएनएले जारी राखेको ‘अतिथिदेवो भव’ कार्यक्रमको चर्चा गरे । उनले थपे-‘दुई साँस्कृतिक र दुई प्राकृतिक युनेस्को विश्व सम्पदाहरु हुनु मात्र पनि पर्यटन प्रबर्द्धनका लागि अपर्याप्त हुन सक्छ । त्यसैले प्रतिस्पर्धापूर्ण पर्यटकीय क्षेत्रका कारण नेपाल जाने सम्भावित पर्यटकहरुलाई विश्वस्त पार्न सक्ने र संगठित तबरको बजार उपस्थिति अपरिहार्य छ ।’

कार्यक्रममा नेपाल पर्यटन बोर्डर्का प्रतिनीधि कमल भट्टले नेपाल कहिले र किन घुम्ने भन्ने विषयमा जानकारी गराए । यस्तै नेपाली समाजका अध्यक्ष मार्कुस रुकस्थुलले पनि नेपालको पर्यटन प्रबर्द्धनका बिषयमा बोले ।

स्विीट्जरल्याण्ड

कार्यक्रममा स्विस नागरिकहरु र नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । नेपालमा पर्यटन प्रबर्द्धन गर्ने उदेद्दयसहित केही वर्षदेखि यो कार्यक्रम नियमित आयोजना हुँदै आएको छ । नेपाली सँस्कृति झल्कने नृत्य र गीत-संगितसहित नेपाली खानाका परिकारहरु पनि राखिएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK