नेपालको पर्यटन प्रवर्द्धनका लागि अस्ट्रेलियामा कार र्‍याली

ENGLISH

NRN GLOBAL

नेपालको पर्यटन प्रवर्द्धनका लागि अस्ट्रेलियामा कार र्‍याली

– नारायण खड्का, अस्ट्रेलिया

27 February, 2017 | Sandeep Bhattarai | 1460 Views | comments

कार

करिब दुई दर्जन नेपालमय बनेका गाडीहरु जब अस्ट्रेलियाको सडकमा दौडिए आसपासमा रहेका विदेशीहरुले समेत तालीले स्वागत गरे ।

पहिलोपटक नेपालको प्रवर्द्धन गर्दै साउथ अस्ट्रेलियाको सडकमा दौडिएका गाडीहरुको लस्कर देखेर नेपालको बारेमा थप जिज्ञासा राख्ने विदेशीहरु प्रशस्तै देखिए । उनीहरु आफ्नै भाषामा सोधिरहेका थिए, ‘के नेपाल जान अहिले सुरक्षित र सहज छ त ?’

नेपालीको बसोबासको हिसाबले पनि पाँचौ सहरका रुपमा चिनिने साउथ अस्ट्रेलियाको एडिलेडमा पहिलोपटक नेपाल र नेपालको पर्यटन प्रवर्द्धन गर्दै दुई दर्जन गाडीहरु सडकमा दौडाइएको थियो । मुख्य उद्देश्य नै पर्यटन प्रवर्द्धन गर्ने रहेको यो कार र्‍याली यहाँको मुख्य सहरहरुमा दौडाइएको थियो । ‘हाम्रो मुख्य उद्देश्य नै नेपाल पर्यटनको लागि सुरक्षित र सहज छ भनेर जानकारी दिने नै हो । आयोजक जय नेपाल फाउण्डेसनका विष्णु सापकोटाले कान्तिपुरसँग भने – यो अभियानमार्फत भूकम्पपछि केही सुस्ताएको नेपाली पर्यटनमा केही योगदान पुग्ने हाम्रो आशा र विश्वास हो ।’

सबैले स्वयंसेवकको रुपमा १ सय ३० डलर खर्च गरेर आफ्नो गाडीमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने विभिन्न सन्देशमूलक स्टिकर टाँसिएको छ । ‘आफ्नो अर्को होलिडे नेपाललाई बनाउनुस्’ भन्ने मुख्य सन्देश समेटिएको उक्त स्टिकरमा बुद्ध नेपालमा जन्मिएको सन्देशसहित कुमारी, सगरमाथा, नेपालमा मात्र पाइने एकसिंगे गैंडा, र्‍याफ्टिङ्ग लगायतको चित्रहरु राखिएको छ । ‘हामीले सामान्य रुपमा केही गर्दा आफ्नो देश र देशको पर्यटन क्षेत्रको विकास हुन्छ भने किन नगर्ने भन्ने सोचले यो अभियानलाई अघि बढाइएको हो’ र्‍यालीमा सहभागी अशोक केसीले बताए ।

एडिलेडको कुराल्टा पार्कबाट सुरु भएको कार र्‍याली यहाँको पर्यटकीय क्षेत्रहरु ग्लेनेल बीच हुँदै समरटन बीचबाट सहरका मुख्य स्थानहरु नर्थ ट्यारेस, संसद भवन हुँदै एलिजाबेथ पार्कमा गएर टुङ्गिएको थियो । २ घण्टासम्म ५० किलोमिटर यात्रा गरेर टुङ्गिएको कार र्‍यालीको समाप्तिमा नेपालको बारेमा जानकारी लिन चाहने विदेशीहरुलाई नेपाल र नेपालको पर्यटकीय क्षेत्रहरुको बारेमा जानकारी दिइएको थियो ।

अस्ट्रेलियाका युवाहरुको संस्था जय नेपाल फाउण्डेसन र नेपाली युथ फोरमले ३ महिनाअघि सुरु गरेको यो अभियानअन्तर्गत सिड्नीमा कार्यक्रम सम्पन्न भइसकेको छ भने मेलबर्न, ब्रिसबन, क्यानबेरामा चाँडै आयोजना गरिने भएको छ ।

कान्तिपुरबाट

नेपाल फेस्टिभल मेलबर्न सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK