नेपालमा पर्यटन प्रवर्द्धनका लागि बीबीसी र सिएनएनमा विज्ञापन

ENGLISH

TRAVEL

नेपालमा पर्यटन प्रवर्द्धनका लागि बीबीसी र सिएनएनमा विज्ञापन

22 July, 2016 | arjun baral | 2720 Views | comments

nepal

सरकारले घोषणा गरेको घुमफिर वर्ष–२०७३ र सन् २०१८ को नेपाल भ्रमण वर्षलाई प्रभावकारी र परिणाममुखी बनाउन बोर्डले योजनाबद्ध कार्यक्रम ल्याउने तयारी गरेको हो । सरकारको नीति तथा कार्यक्रममै घुमफिर र भ्रमण वर्षलाई समावेश गरी सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाई १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

घुमफिर र नेपाल भ्रमण वर्षलाई पर्यटन पुनरुत्थानको महत्वपूर्ण अभियानका रुपमा अघि बढाइने बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बताए । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्र २०७२ वैशाख १२ को गोरखा भूकम्प र भारतीय नाकाबन्दीले मुलुकको पर्यटन क्षेत्र चौपट हुन पुग्यो । पछिल्लो समय पर्यटनले गति लिन थालेको पर्वतारोहण र पदयात्रा क्षेत्रमा देखिएको छ ।

पर्यटन विभागको विवरणअनुसार वसन्त ऋतुमा ९८ आरोहण दलका एक हजार ३७५ जनाले हिमाल आरोहण अनुमति लिएका थिए । यसमध्ये ६१८ जनाले आरोहण गरेका छन् । सो याममा ४५२ स्वदेशी तथा विदेशी आरोहीले सर्वोच्च शिखर सगरमाथाकोे आरोहण गरेका छन् । यसबाट झन्डै २६ करोड राजस्व (सलामी दस्तुर) सङ्कलन भएको छ । विदेशी पर्यटकलाई आकर्षित गर्न बिबिसी, सिएनएनजस्ता सञ्चारमाध्यममा सन्देश प्रसारण गरेर प्रवर्द्धनात्मक अभियान चलाउने बोर्डको तयारी छ ।

बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले प्रवर्द्धनात्मक कार्यक्रमलाई प्रभावकारी बनाई विदेशी पर्यटक बढाउन लागिपरेको बताए । “नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट प्रवर्द्धनका लागि लागि गत आवमा आठ करोड बजेट विनियोजन गरिएको थियो, यस आवमा अझै थपिन्छ,” उनले भने । बोर्डले गत आवमा रु ८४ करोड बजेट विनियोजन गरेको थियो भने यस आवमा रु ९० करोडभन्दा बढी बजेट विनियोजन गर्ने तयारी गरेको छ ।

यान्त्रिक प्रणालीबाट प्रवर्द्धन

घुमफिर वर्षलाई सामाजिक सञ्जालामार्फत प्रवर्द्धनात्मक काम गरिरहेको बोर्डले अब उच्चतम प्रविधिको प्रयोग गरी प्रचारात्मक अभियानलाई प्रभावकारी बनाउने जनाएको छ । सञ्चालक समिति सदस्य सापकोटाले विगतमा मेनुअल (मानिसले चलाउने) प्रणालीद्वारा गरिँदै आएको बोर्डको प्रवद्र्धनात्मक कार्यलाई यस पटक डिजिटल (यान्त्रिक) प्रणालीबाट गरिने बताए ।

पहिला देश त्यसपछि विदेश’ नाराका साथ घुमफिर वर्षलाई प्रभावकारी बनाउने र यसलाई सन् २०१८ को नेपाल भ्रमण वर्षको आधार तयार गर्ने रुपमा लिइएको छ । भारत र चीनका पर्यटकलाई आकर्षण गर्न विशेष कार्यक्रम ल्याइनेछ । “आफ्नै देशमा घुमफिर गर्न सचेतना फैलाउने मुख्य उद्देश्य हो, अहिले विदेशीभन्दा नेपालीले बढी घुम्ने र खर्च गर्न थालेका छन्,” उनले भने । घुमफिर वर्षलाई लक्षित गरी आन्तरिक पर्यटकलाई गन्तव्य व्यवस्थापक र सेवा प्रदायक होटल, ट्राभल एसोसिएसनबाट प्याकेज मगाइएको बोर्डले जनाएको छ ।

सन् २०१८ लाई प्रभावकारी बनाउन भिन्नै सचिवालय गठन गरी काम अघि बढाइने छ । घुमफिर वर्षको उद्देश्य घुम्न जाने वातावरण सिर्जना गर्ने, सन् २०१८ लाई घोषणा गरिएको नेपाल भ्रमण वर्षको तयारीका लागि पूर्वअभ्यास पनि हो ।

के छन् बोर्डका चुनौती

करिब छ महिनाअघि बोर्डको सिइओमा नियुक्त हुँदा दीपकराज जोशीले निकै महत्वकाङ्क्षी तर सान्दर्भिक कार्ययोजना अघि सारेका थिए । तर, बोर्डको विद्यमान संरचना, कानुनी उल्झन इत्यादिले सोचेअनुरुप कार्य हुन सकेन ।

बोर्डमा जनशक्ति अभाव छ । नौ वर्षदेखि बोर्डमा कुनै नियुक्ति भएकै छैन भने ६२ दरबन्दी रहेकामा २० जनाले मात्र काम गर्नुपर्ने बाध्यता छ । “देशकै वातावरणले पनि कतिपय काम गर्न सकिएन, अहिले बोर्डमा ७१ दरबन्दी नयाँ सिर्जना गरेका छौँ, पदपूर्ति समिति गठन भइसकेको छ, तीन महिनाभित्र टुङ्गो लाग्छ, नयाँ बजेटले थप दिशानिर्देश गर्छ” जोशीले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको सन् २०१५ को ‘नेपाल पर्यटन तथ्याङ्क’ अनुसार सन् २०१५ मा पाँच लाख ३८ हजार ९७० पर्यटक नेपाल भ्रमणका लागि आएका थिए । सन् २०१४ मा सात लाख ९० हजार ११८ पर्यटकले नेपालको भ्रमण गरेका थिए । रासस

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

मोना कतारद्वारा स्मार्ट टिभी सहयोग

बेनी, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पर्यटक सूचना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK