नेपालको नाम उच्च पारे नेदरल्याण्डका नेपाली कलाकारले

ENGLISH

NRN GLOBAL

नेपालको नाम उच्च पारे नेदरल्याण्डका नेपाली कलाकारले

द्रोण रिजाल, नेदरल्याण्ड

27 February, 2017 | Sandeep Bhattarai | 1095 Views | comments
नेदरल्याण्डका नेपाली
नेदरल्याण्डका नेपालीले अन्तर्राष्ट्रिय कार्यक्रममा उत्कृष्ट रुपमा नेपालको सहभागिता गराएर नेपालको नाम उच्च बनाएका छन् । 
२५ फेब्रुअरीको दिन बंगलादेश राजदूतावासले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा नेपालको शानदार प्रदर्शन मात्रै गराएनन उपस्थित सबैबाट वाहवाही पनि बटुले ।

नेदरल्याण्डको द हेगमा भएको उक्त कार्यक्रममा नेपालको तर्फबाट इनास नेदरल्याण्डकी कलाकार सरिता हमागाईले प्रदर्शन गरेको झ्याउरे लोक नृत्य कार्यक्रमकै मुख्य आकर्षण बन्यो । इनास नेदरल्याण्डकी उपाध्यक्ष समेत रहेकी कलाकार हुमागाई  सन २०१२ की यूरोप महादेशस्तरीय नृत्य प्रतियोगिताकी बिजेता पनि हुन। गत वर्ष जस्तै यस वर्ष पनि नेपालको प्रतिनिधित्व अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास नेदरल्याण्ड र गैर आवासीय नेपाली संघ अन्तर्गत संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिले गरेको थियो।

नेपाल सहित भारत, श्रीलंका, भूटान, बंगलादेश, म्यानमार, थाइल्याण्ड, मलेशिया, नेदरल्यान्ड्स लगायतका दर्जनौं देशहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा आफ्नो सहभागिता सबैको आकर्षण बने पछि नेपाली टोली निकै हर्षित देखिएको थियो । यसपटक नेपाल सांस्कृतिक माध्यमबाट नेपाली पर्यटन प्रवर्द्धनमा सहयोग भन्ने मूल उद्देश्यको साथ प्रस्तुत भएको थियो।

यसको नेतृत्व गैर आवासीय नेपाली संघ सम्पदा प्रवर्द्धन समितिका संयोजक समेत रहेका नेदरल्याण्डका लागि पर्यटन प्रतिनिधि पुष्प बरुवाल र इनास नेदरल्यान्डसका अध्यक्ष अर्पण पोखरेलले गरेका थिए।  नेपाल सरकार पर्यटन बोर्डद्वारा चलाइने पर्यटन प्रवर्द्धन वर्ष २०१७ यूरोप’ को अभियानमा संस्थागत रुपमै सहयोग गर्ने निर्णय भए अनुसार यस सहभागितालाई अलिक फरक किसिमले प्रस्तुत गरिएको सहभागी मध्ये एक इनास नेदरल्याण्डका सदस्य बिबेक गौतमले बताए।  यसपटक नेपालका तर्फबाट सहभागी टोलीले सांस्कृतिक प्रदर्शन गर्नुका साथै  नेपालको  प्राकृतिक र सांस्कृतिक विविधताको समेत चर्चा गर्दै नेपाल भ्रमणका लागि उपस्थित सबैलाई आग्रह समेत गरेका थिए।

नेदरल्याण्डका पूजा, सूर्य र मित्रले यूरोपस्तरीय प्रतिष्पर्धामा भाग लिने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

raja-rani-nepali-movie

‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली...

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK