नेपालको जस्तै पिडा जापानमा पनि

ENGLISH

NRN GLOBAL

नेपालको जस्तै पिडा जापानमा पनि

9 June, 2016 | Bipin Acharya | 560 Views | comments

जापानमा दुई महिना अघि गएको ७ दशमलव ३ रेक्टरस्केलको शक्तिशाली भूकम्पबाट प्रभावित क्षेत्र कुमामोतोमा पीडितहरुको समस्या नेपालको जस्तै रहेको छ । त्यहाँ रहेकाहरुलाई सहायता गर्न गत साता टोकियोबाट गएको नेपाली समुदायको एकटोलीले धनी र सम्पन्न मुलुक भएर पनि पिडा नेपालका भूकम्प पीडितकै जस्तो रहेको बताएका छन् ।

japan

भूकम्प प्रभावित अधिकांश बृद्धहरु भएकाले न बल छ, न त आफन्त नै । छन त केवल टुलुटुलु हेर्नेहरु । उनीहरुलाई खानका लागि मात्रै होइन लगाउने लत्ताकपडा देखी बिछौनासम्मको समस्याले पिरोलिरहेको अवस्था हेरेर फर्किएकाहरुले बताए । यो अवस्था देखेर कुमामोतो सरकारले नेपाली समुदाय सहितलाई सहायताका लागि आग्रह गरेको थियो ।

भूकम्प प्रभावित क्षेत्रका अधिकासको घरमा निलो, पहेलो र रातो रङको प्रयोग सुचनाको रुपमा गरिएको छ । घरको छानामाथि निलो रङका त्रिपालहरु प्रयोग गरिएका छन् । जसको अर्थ आफ्नै घरमा जान चाहन्छु भन्ने हुन्छ । भूकम्पले घरहरु भत्किएका छन् । च्यापिएका र पुरिएका सामान तानिरहेकाहरुमा ८०/८५ बर्षका बृद्धहरुमात्र छन् । तान्दा कपडाको एक/एकधर्साहरुमात्र निस्किएको देखेको उनीहरुले बताए ।

सो क्षेत्रमा गैरआवासिय नेपाली सघंको नेतृत्वमा १० जना टोकियोबाट गएको टोलीले प्रभावित बासिन्दालाई सहयोग गरेको थियो । कुमामोतोको मास्सीकीसहरु भूकम्पबाट प्रमुख प्रभावित क्षेत्र हो । सबैजसो घरहरु भत्कीएका छन् । चर्किएका र भत्किएको घरलाई रातो रङ लगाएर खतरा संकेत दिइएको छ । खतरा छ बस्नु हुदैन भनेर ठूलो सुचना झुण्ड्याइए पनि ९०/९२ बर्षिय बृद्धहरु छेउमा पाल टागेर बसेका छन् । अझैपनि प्रभावित झण्डै ११ सय स्थानीय सोकुरियोउ टेक्नीकल बिद्यालय आसपासमा पाल टागेर बस्न बाध्य छन । उनीहरुमा आफ्ना छोराछोरी र आफन्तको अभाव प्रष्ट देखिएको देख्नेहरुले बताए ।

रातो ज्याकेटमा जापानी भन्दा फरक अनुहार भएका नेपालीटोली देखेपछि ९३ बर्षीय बृद्ध वातानाबे मिच्चीले सोधे को हो तपाईहरु ? किन आउनु भएको हो ? हामी नेपाली हो तपाइहरुलाई सहयोग गर्न आएका हौं भन्दा आखाभरी आसु झार्दै भने नेपालमा के यो भन्दा कम अवस्था थियो र ? जसबाट हामीसमेत स्तब्ध भयौं नेपाली टोलीमा सहभागी व्यवसायी प्रलादसिंह महतले भने । मिच्चीको आखा कमजोर भएकाले लठ्ठीको साहामामा कुर्चिमा बसेका थिए । उनकी पत्नी ९० बर्षीय ओओकाले सुत्नेठाउ साघुरो भएकाले फ्रिज सार्न खोजीरहेका थिए ।

गैरआवासिय नेपाली सघं जापानका अध्यक्ष सुदन थापाले बैशाख १२ मा नेपालमा गएको शक्तिशाली भूकम्पपछि यी र यस्तै बृद्ध तथा साना स्कुले बालबालिका सहितबाट उठाएको सहयोगको कुम्लो बोकेर गोरखा,धादिङ ,सिन्धुली लगायतका जिल्लामा पुग्दा देखेका दृष्यहरु पाएको बताए । सहयोगी कोही छैनन् । दुधे बच्चा र आमाहरु अनि बृद्धहरुमात्र भएपछि कुमामोतो राज्यले खाना र बस्नका लागि अस्थायी पाल टागेर व्यवस्था मिलाएपनि भत्किएका घरहरुमा निलो त्रिपाल मार्फत पुन:आफ्नै घर फर्किन चाहेको बताएका छन् । जसका लागि उनीहरुले सकिनसकि बल प्रयोग गर्दापनि च्यापिएका र पुरिएका सामान निकाल्न सकेका छैनन् ।

गाउमा बृद्धहरुलाई सेवा गर्न भनेर आउने सघंसस्थालाई त्यहाको स्थानीय सरकारले स्विकृती दिएको छैन । उचित व्यवस्था मिलाउन भनेर सहर पसेकाहरु भूकम्प गएको डेढ महिनासम्म घर फर्किएका छैनन् । जसका कारण भूकम्प प्रभावितक्षेत्रका बृद्ध तथा बालबालिकहरु समस्यामा परेको पाइएको टोकियोबाट सहायता गर्न भनेर गएका युवाव्यवसायी सरोजकुमार खत्रीले बताए । जापानजस्तो सम्पन्न ठाउमा यो बिचित्रको बिजोग छ । नेपालका भूकम्प पीडितको अवस्था कस्तो होला ? भन्दै उनीहरुले गुनासो गरेका छन । जापान सरकारले भूकम्प प्रभावित क्षेत्रको संरचना हटाउन अझै महिनौं लाग्ने जनाएको छ ।

इकान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

धूम ३

सेन्सर बोर्डले दियो ‘धूम ३’लाई पिजी सर्टिफिकेट : असोज ५ मा अल नेपाल

नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य...

बरिखा

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK