नेपालको उत्कृष्ट प्रदर्शन थाइल्याण्ड २५५ रनले पराजित : सन्दीपले लिए ७ विकेट

ENGLISH

SPORTS

नेपालको उत्कृष्ट प्रदर्शन थाइल्याण्ड २५५ रनले पराजित : सन्दीपले लिए ७ विकेट

11 September, 2017 | Sandeep Bhattarai | 2405 Views | comments

एसीसी यू-१९ एसिया कप

आगामी नोभेम्बरमा हुने एसीसी यू-१९ एसिया कपको पूर्वी क्षेत्र छनोट क्रिकेट अन्तर्गतको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई २५५ रनको भारी अन्तरले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै २८१ रन बनायो । नेपालको लागि अनिलकुमारले ९१ रन्को अर्धशतकीय पारी खेले । ७४ बलको सामना गरेका उनले ६ चौका र ५ छक्का हाने । त्यस्तै प्रनित थापाले ५० रन बनाए भने सन्दिप सुनारले ३२ रन जोडे ।

यसै गरि रोहितकुमार पौडेलले २८, दिपेन्द्र सिंह ऐरी र पवन सरार्फले समान २२ रन बनाउदा आसिफ शेखले २१ रन जोडे ।

२८२ रनको चुनौतिपूर्ण लक्ष्य लिएर मैदान उत्रेको थाइल्याण्ड १० ओभरमा २६ रन जोड्दा अलआउट भयो । नेपाली बलर सामू थाइल्याण्डका कुनै पनि ब्याट्सम्यान खुलेर खेल्न सकेन ।

नेपालका लागि सन्दीप लामिछाने एक्लैले ७ विकेट लिए । ४ ओभर बलिंग गरेका सन्दीपले केवल ६ रन खर्चे ।

नेपालले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको छ । प्रतियोगिताको उपाधि बिजेताले आगामी नोभेम्बरमा हुने एसीसी यू-१९ एसिया कपमा स्थान बनाउनेछ । इस्टर्न रिजन र वेस्टर्न रिजनका बिजेता टोलीले एसिया कपमा टेष्ट मान्यताप्राप्त श्रीलंका, भारत, बंगलादेश र पाकिस्तानका युवा टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । यस समूहमा नेपालसँगै भुटान, सिंगापुर र थाइल्याण्ड छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित चीन, हङकङ र म्यानमार छन् ।

नेपालद्वारा थाइल्याण्ड सामू २८२ रनको लक्ष्य प्रस्तुत

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK