नेपालकै सबैभन्दा ठुलो राष्ट्रिय झन्डा सार्वजनिक

ENGLISH

नेपालकै सबैभन्दा ठुलो राष्ट्रिय झन्डा सार्वजनिक

27 January, 2017 | arjun baral | 1030 Views | comments

flag

नेपाली देशभक्त युवा समाजले रिपोर्टर्स क्लब नेपालको केन्द्रीय कार्यालय भृकुटीमण्डपमा नेपालको इतिहासमै ठुलो राष्ट्रिय झन्डा सार्वजनिक गरेकोे छ।

शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समाजका अध्यक्ष नारायणप्रसाद ढुङ्गाना, रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमला, समाजका उपाध्यक्ष भोजराज तिमल्सिना, सदस्यहरू नवराज गौतम, राधिका सापकोटा लगायतले अहिलेसम्मकै ठुलो अर्थात् १० मिटर अग्लो र साढे सात मिटर चौडाई रहेको नेपालको राष्ट्रिय झन्डा सार्वजनिक गरेका हुन् ।

करिब आठ किलो वजन रहेको उक्त झन्डा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडाले बनाइएको आयोजकले जनाएको छ।

अध्यक्ष ढुंगागानाका अनुसार उक्त झन्डा आउँदो १६ गते सहिद दिवसको अवसमा काठमाडौँको माइतीघर मण्डलमा फहराइने छ।  अध्यक्ष ढुङ्गनाले सहिदहरूलाई सम्झनाका लागि सहिदगेट पुग्नैपर्छ भन्ने भावना हटाएर सहिदलाई मनदेखि सम्मान गर्नुपर्ने बताए।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुपु र छुपु हिलोमा धान

छुपु र छुपु हिलोमा धान

काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–४ किसिगालमा धान रोप्दै किसान...

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK