नेपालका चर्चित कलाकार तथा सञ्चारकर्मीलाई अन्तराष्ट्रिय अवार्ड

ENGLISH

ENTERTAINMENT

नेपालका चर्चित कलाकार तथा सञ्चारकर्मीलाई अन्तराष्ट्रिय अवार्ड

21 May, 2017 | Sandeep Bhattarai | 640 Views | comments

इन्डो नेपाल हार्मोनी अवार्ड २०१७

नेपालका चर्चित कलाकार तथा सञ्चारकर्मीले अन्तराष्ट्रिय अवार्ड पाएका छन् ।

राजधानीको होटल अन्नपूर्णमा नेशनल इन्स्टिच्युट फर एजुकेशन भारत र एसिएस मिडिया कर्पोरेसनको संयुक्त आयोजनामा भएको इन्डो नेपाल हार्मोनी अवार्ड २०१७ नायक सरोज खनाल, हास्य कलाकार किरण केसी, नायिका सारिका घिमिरे तथा सञ्चारकर्मी तथा कलाकार राजेन्द्र लुईटेलले पाएका छन् । त्यसैगरी भारतका वरिष्ठ व्युटिसियन भारती तनेजा, ज्योतिष जय मदान लगायतका नेपाल तथा भारतका विभिन्न पेशा तथा व्यवसायमा संलग्न व्यक्तिहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो ।

प्रमख अतिथी पशुपतिनाथका मुख्य पुजारी रावल श्री गणेश मुल भट् तथा विशेष अतिथी नेपाल केशरी डा. श्रीमनी भद्र मुनीजी महाराज रहेका थिए । यो वर्ष नेपालमा अवार्ड वितरण गरिएको छ भने अर्को वर्ष भारतमा गर्ने आयोजक संस्थाले जनाएको छ । कार्यक्रमका मुख्य आयोजक संस्थाका प्रमुख प्रो. डा. अभिराम कुलश्रेष्थले नेपाल भारत संस्कृतिलाई निकट एवं दुवै देशका नागरिकहरु विच आत्मियता, सद्भाव कायम राख्न मद्धत पुग्ने अपेक्षा विश्वास व्यक्त गरे ।

कार्यक्रममा आयोजक कमिटी उपाध्यक्ष तथा नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष डा.श्याम खड्काले कार्यक्रमका उद्देश्य वारेमा प्रष्ट पार्दै यो कार्यक्रमले दुवै देशका नागरिक विच आपसी समझदारी भाईचारा प्रगाढ हुने विस्वास व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल तथा भारतका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK