नेपालका चर्चित कलाकारहरुको साथमा एनआरएनए फ्रान्सको तीज कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

नेपालका चर्चित कलाकारहरुको साथमा एनआरएनए फ्रान्सको तीज कार्यक्रम सम्पन्न

प्रकाश सापकोटा, पेरिस, फ्रान्स

5 September, 2018 | Sandeep Bhattarai | 5880 Views | comments

तीज

एनआरएनए फ्रान्सको अायोजनामा २ सेप्टेम्बर २०१८ का दिन तीज धमाका कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।

तीन जना ख्यातीप्राप्त नेपाली गायककारहरु नलिना चित्रकार, मिलन लामा र रिता के. सी. को उपस्थिति तथा प्रस्तुति रहेको उक्त कार्यक्रममा उल्लेख्यरुपमा नेपालीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सभापतित्व एनआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्लले गरेका थिए भने प्रमुख अतिथिमा फ्रान्सस्थित राजदूत अम्बिका देवी लुइँटेल थिइन।

एनआरएनए फ्रान्सका पूर्व तथा वर्तमान पदाधिकारीहरु, अन्य संघ संस्थाका पदाधिकारीहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। महिला दिदिबहिनीहरुको बढी बाहुल्यता रहेको उक्त कार्यक्रममा पुरुषहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।

गायिका रिता के सीले आफ्ना तीजका गीतहरु गाएर महिलाहरूलाइ नचाएकी थिइन् भने ख्यातिप्राप्त गायिका नलिना चित्रकार र गायक मिलन लामाले आफ्ना लगायत विभन्न चिरपरिचित गीतहरु गएर सबैलाई नचाएका थिए । नलिना चित्रकारको “पानी पनि भयो मेरो मन पनि“ गीत बाट सुरु भएको सांस्कृतिक कार्यक्रममा रिता केसी को “बम बम भोले” हुँदै मिलन लामाको “माझीदाई पोखरा फेवातालको” गीत सम्म आउदा पनि दर्शकहरु पुरै जोशका साथ नाचेर मनोरन्जन लिएका थिए ।

फ्रान्समा रहेका नेपाली महिला दिदी बहिनिहरुलाई नि:शुल्क तीजको दर खुवाउने, नेपालको झल्को मेटाउने, नेपाली भाषा, कला संस्कृति, रितिरिवाजको संरक्षण र नेपाली परम्परालाई आत्मसाथ साथ गर्दै नेपाली समाजमा एकता, भातृत्व र सदभावलाई निरन्तरता दिने उद्देस्यले कार्यक्रलाई प्रस्तुत गरिएको संस्थाका प्रवक्ता प्रकाश सापकोटाले बताएका छन् ।

प्रकाश सापकोटा, पेरिस, फ्रान्स

अध्यक्ष मल्लले कार्यक्रम सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट अहोरात्र खटिएका सबैलाई एक सूचना मार्फत धन्यवाद दिएका छन।

सेप्टेम्बर ८ मा नागोयामा तीज विशेष एकल नृत्य प्रतियोगिता हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK