नेपालका अर्बपति चौधरी क्यालिफोर्नियामा: वृहत अन्तरक्रिया कार्यक्रम हुने

ENGLISH

NRN GLOBAL

नेपालका अर्बपति चौधरी क्यालिफोर्नियामा: वृहत अन्तरक्रिया कार्यक्रम हुने

17 June, 2016 | Sandeep Bhattarai | 660 Views | comments

intनेपालका अन्तरराष्ट्रिय ख्याती र सम्मान प्राप्त अर्बपति  तथा चर्चित समाजसेवी बिनोद चौधरी अचानक क्यालिफोर्निया आइपुग्नु भएको समाचार छ। उहाँ कि धर्मपत्नी, एक फिलिपिनो मित्र तथा सानो समूहका साथ उहाँ एक नितान्त निजी भ्रमणमा हुनु हुन्छ।

उहाँलाई पश्चिम अमेरिका नेपाली महा संघका अध्यक्ष, एनएएनसि का निवर्तमान अध्यक्ष तथा च्याम्पियन अफ कम्युनिटी सेन्टर उत्तम कार्की तथा एउटा सानो समूहले गत साता स्वागत गरेको थियो। सो अवसरमा नेपाल विश्व सहयोग संघ एनएजिसि का अध्यक्ष मणी नेपाली पनेरु, नेपाली जनसंपर्क समितीकी उपसभापती लक्ष्मी चौधरी, नेपाली जनसंपर्क समितिका महासचिव हरी भट्ट तथा बिनोद चौधरी सँग एउटै कलेज तथा एउटै कक्षामा पढ्ने दिपक प्रधान पनि सरीक हुनुहुन्थ्यो। सो अवसरमा उहाँको व्यस्त समयको बाबुजुद नेपालीहरुसँग भेट्घाट तथा अन्तरक्रिया गर्न अनुरोध गरिएको र उहाँको सम्मतिले एक ब्रिहत अन्तर्कृया कार्यक्रम तर्जुमा समेटा हुन लागेको कुरा थाहा भएको छ।

यसैबीच ०६/१४/२०१६ का दिन पूर्व निर्धारित नलिना चित्रकार म्युजिकल नाइटको प्रमुख अतिथीको रुपमा विश्वको अर्बपतिको सूचीमा पर्न सफल नेपालका उद्योगपति श्री बिनोद कुमार चौधरी हुनुहुन्थ्यो। सो साङेतिक कार्यक्रम सुरु हुनु भन्दा पहिला एनआरएनए एनसिसि अफ युएसए क्यालिफोर्निया च्याप्टरको अगुवाइमा उद्योगपति चौधरी सङ्ग भेटघाट तथा लघु अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। एनआरएनए एनसिसि क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण बानियाँको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उल्लेख्य सँख्यामा नेपाली संघ सँस्थाका अध्यक्षहरु, कम्युनिटी लिडरहरु तथा युवा, महिला, बुद्दिजिवी, व्यापारी र पत्रकारहरुको बाक्लो उपस्थिती थियो।

प्रमुख अतिथीको आसनबाट बोल्दै उद्योगपति चौधरिले आफ्ना सुरुका संघर्षमय दिनहरुको स्मरण गर्दै सफल हुन दिउँसो सपना देख्ने पर्ने बताउनु भयो। उहाँले सपना देख्ने मात्र होइन त्यसलाई निरन्तर पछ्याइ रहन पर्ने र परीआउने बिघ्न बाधा र समस्यासँग धैर्यता साथ जुध्न पर्ने बताउँदै आफूले नेपालको नाम विश्वमा चिनाउन चाहेको र केही हद सम्म सफल भएको बताउनु भएको छ। त्यसैगरी उक्त कार्यक्रममा नेपाली कांग्रेस रामेछापका सभापती लब श्री न्यौपानेले पनि बिशेष अथितीको रुपमा बोल्नु भएको थियो।

धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ गरिएको सो कार्यक्रमको आयोजक श्री इन्डियन कुजिनका संचालक द्वय कमल कंडेल तथा बिष्णु रिजालले चौधरिको भावपूर्ण स्वागत गर्नु भएको थियो। नेपालकी ख्याती प्राप्त गायिका नलिना चित्राकारले प्रस्तुत गर्नुभएको सांगीतिक साझ भब्य रुपमा सफल भएको थियो । धुर्मुश सुन्तली फाउन्डेसनको लागि ७०० डलर उठेको र सो को हस्तानन्त्रण प्रत्यक्ष धुर्मुस सुन्तलीलाई नै गर्ने कार्यक्रम सँयोजक तथा श्री इन्डियन कुजिन का संचालक कमल कंडेलले बताउनु भयो।

भर्खरै प्राप्त समाचार अनुसार उद्योगपति बिनोद चौधरीसँग यही शुक्रबार जुन १७, २०१६ का दिन सान फ्रान्सिस्को मा एक स्वागत तथा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिँदै छ। एनआरएनए क्यालिफोर्निया च्याप्टर, नेपाली कम्युनिटी सेन्टर, जनसंपर्क समिती नर्दन क्यालिफोर्निया च्याप्टर,नेपाली असो सियसन अफ नर्दन क्यालिफोर्निया पश्चिम अमेरिका नेपाली महा संघ, नेपाल विश्व सहयोग संघ तथा व्हाइट जोन लगायत यस क्षेत्रमा सकृय प्रभावशाली संस्थाहरुको संयुक्त आयोजनामा हुने सो कार्यक्रम को व्यवस्थापना गर्न यस नेपाली कम्युनिटी सेन्टरका अध्यक्ष तथा सम्मानित समाज सेवी उत्तम कार्कीलाई दिईेएको छ।

un

यस कार्यक्रमलाई फलदायी र प्रभावकारी बनाउन जुन १५, २०१६ का दिन सहभागी संस्थाहरुबीच कन्फेरेन्स कल मार्फत ब्यापक छलफल भएको छ। आयोजक संघ संस्थाहरुको तर्फबाट व्यवस्थापक उत्तम कार्की ले सो कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पार्न यस क्षेत्रमा रहने सम्पूर्णलाई आव्हान गरेको कुरा थाहा भएको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK