नेपलिज अमेरिकन सम्मेलन सफलतापूर्वक सम्पन्न

ENGLISH

NRN GLOBAL

नेपलिज अमेरिकन सम्मेलन सफलतापूर्वक सम्पन्न

6 July, 2016 | Sandeep Bhattarai | 1680 Views | comments

विजय थापा ,वाशिंगटन डिसी – गत जुलाई २- ४ तारिख सम्म लस एन्जेलसमा युनाइटेड नेपलिज एसोसिएसनले आयोजना गरेको प्रथम नेपलीज अमेरिकन सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ l

n

युवाहरुको नेतृत्वमा संचालन भएको तीन दिने सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा युवाहरुले खुशी व्यक्त गरेका छन् lअमेरिका रहेका युवा तथा दोश्रा पिढीलाई अमेरिकाको मूलधारमा ल्याउने मुख्य हेतुले सम्मेलनको आयोजना गरेको युनाइटेड नेप्लिज एसोसिएसनका संस्थापक अध्यक्ष पासांग लामाले दिएका छन् l

उद्घाटन कार्यक्रममा नेपालबाट आएका युवा नेता विश्व प्रकास शर्मा ,अर्थविद डा स्वर्णिम वाग्ले , वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल, ओबामाकि दक्षिण एसिया हेर्ने सल्लाहाकार समितिकी सदस्य संजिता प्रधान लगायत बिभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो l उक्त सम्मेलनमा बिबिध बिषयका संगोष्ठी कार्यक्रमहरु संचालन भएका थिए l

n1

नेपलिज अमेरिकन सम्मेलनमा आसन ग्रहण नगराई अतिथि तथा वक्ताहरुलाई मंचको अघिल्लो पंक्तिका कुर्शीमा राखीएको थियो l समुद्घाटन पनि बालिकाबाट गरिएको थियो l तीन दिन सम्म चलेको सम्मेलनमा खेलकुदमा भकुण्डो ,भलिबल ,क्रिकेट ,बास्केटबल ,टेबुल टेनिस ,गल्फ लगायतका प्रतियोगितात्मक खेलहरु राखिएको थियो l

n2

सम्मेलन भर बिशेष सास्कृतिक कार्यक्रमका लागि नेपालका हास्यकलाकार सन्दिप क्षेत्री ,स्थानीय कलाकारहरु ,नायिका प्रियंका कार्की ,फिरोज स्याङ्गदेन ,प्रज्वल बज्राचार्य ,राजेन्द्र कर्ण ,दिवस गुरुङ ,गायक बिपुल क्षेत्री तथा टोलीले सांगीतिक प्रस्तुति गरेको थियो l प्रथम नेपलिज अमेरिकन सम्मेलनमा पहिलो पटक भेषभुषा प्रदर्शन पनि गरिएको थियो l

नेपलिज अमेरिकन सम्मेलन २०१७ मा टेक्सासको डालसमा र २०१८ मा न्युयोर्कमा हुने भएको छ l संस्थापक लामा अगाडी भने युवाहरुलाई जिम्मेबारी दिएको सम्मेलन सफलता हुन् सकेकोमा हर्ष व्यक्त गर्दै २०१७ मा टेक्सासमा हुने सम्मेलन अझ व्यापक तथा सफलता प्राप्त गर्ने कुरामा आफु बिश्वस्त रहेको बताए l

n4

यो पनि हेर्नुस – ६ बुँदे घोषणा सहित एएनए एटलांटा सम्मेलन सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याडिसनमा ‘नाफा साहित्य साँझ २०७४’ सम्पन्न

गत नोभेम्बर १८ शनिवारका दिन संयुक्त राज्य अमेरिकाको विस्कन्सिन...

यान कुमारी

यानकुमारीले टोरन्टो करातेमा स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले...

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक...

कन्चन अमात्य क्लिन्टन फाउन्डेशन को ‘ प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

विजय थापा, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा सञ्चालित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK